By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    सिक्किम राज्य महिला आयोगमा नयॉं सदस्यहरू नियुक्त
    August 7, 2025
    Latest News
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
    वरिष्ठ साहित्यकार सुकराज सुब्बालाई भानु पुरस्कार 2026 प्रदान गरिने
    June 17, 2026
    सांसद सुब्बाले दिल्लीमा संयुक्त संसदीय समितिको अध्ययन भ्रमणमा भाग लिए
    June 17, 2026
  • Politics
    PoliticsShow More
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
    भाजपा सिक्किमको समन्वय बैठक, जनकेन्द्रित कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन आग्रह
    June 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राज्य आपदा जोखिम न्यूनीकरण दिवस पालनमुख्यमन्त्रीद्वारा आपदा-प्रतिरोधी सिक्किम निर्माण गर्ने प्रतिबद्धता प्रकट
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > राज्य आपदा जोखिम न्यूनीकरण दिवस पालनमुख्यमन्त्रीद्वारा आपदा-प्रतिरोधी सिक्किम निर्माण गर्ने प्रतिबद्धता प्रकट
EnvironmentLatest NewsSA NepaliSikkim

राज्य आपदा जोखिम न्यूनीकरण दिवस पालनमुख्यमन्त्रीद्वारा आपदा-प्रतिरोधी सिक्किम निर्माण गर्ने प्रतिबद्धता प्रकट

Aaron Rai
Last updated: September 18, 2025 2:46 pm
Aaron Rai Published September 18, 2025
Share
SHARE


गान्तोक, 18 सेप्टेम्बर। राज्य भू राजस्व एवं आपदा प्रबन्धन विभाग अन्तर्गत सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणले आज राजधानीको चिन्तन भवनमा राज्य आपदा जोखिम न्यूनीकरण दिवस पालन गऱ्यो। 18 सेप्टेम्बर, 2011 मा आएको भुॅंइचालोको सम्झानामा आयोजन गरिएको कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि थिए। कार्यक्रममा पीएचई मन्त्री सोनाम लामा, विधायक एलबी दास, मुख्य सचिव आर. तेलाङ तथा अन्य विभिन्न विभागका वरिष्ठ अधिकारीहरू पनि उपस्थित थिए।
सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणका चेयरपर्सन समेत रहेका मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा 18 सेप्टेम्बरलाई राज्य आपदा जोखिम न्यूनीकरण दिवस पालन गर्नुको महत्वमाथि प्रकाश पारे। उनले 2011 मा आएको विनाशकारी भुॅंइचालो र 3-4 अक्टोबर, 2023 को हिमनदी ताल फुटेर आएको बाढी (जीएलओएफ) ले सिक्किमका जनताको शक्तिको परीक्षण मात्र गरेन, तर उनीहरूको लचिलोपनलाई पनि उजागर गरेको बताएका छन्।
मुख्यमन्त्रीले भुॅंइचालो, पैह्रो र हिमनदी जोखिमसहित सिक्किमको अद्वितीय भौगोलिक संवेदनशीलताहरूमाथि प्रकाश पार्दै सुरक्षा र दिगो प्रथाहरूको संस्कृतिमाथि जोड दिए। उनले प्राधिकरण अन्तर्गत विकास योजनामा आपदा जोखिम न्यूनीकरणलाई एकीकृत गर्न महत्वपूर्ण प्रगति भएको जानकारी गराए। उनले एनडीएमए र अन्य राष्ट्रिय र अन्तरराष्ट्रिय संस्थानहरूको सहकार्यमा बहु-खतरा जोखिम मूल्याङ्कन, पैह्रो अध्ययन र हिमनदी तालहरूको वैज्ञानिक अनुगमन जस्ता पहलहरू शुरू गरिएको पनि बताए।
मुख्यमन्त्रीले पूर्व चेताउनी प्रणाली, उच्च-उचाई अभियानहरू र क्षमता-विकास कार्यक्रमहरूले राज्यको तयारी र प्रतिक्रिया ढाँचालाई बलियो बनाइरहेको बताए। उनले आपदा मित्र योजना र विभिन्न तहमा आपदा व्यवस्थापन संयोजक, पर्यवेक्षक र सहायकहरूको समावेशीकरण मार्फत तल्लो तहमा पनि आपदा तयारी सुनिश्चित गरिएको बताए। उनले प्राधिकरणमा 1,185 जना अधिकारीहरूलाई सामेल गरिएको र सिक्किमको आपदा व्यवस्थापन सञ्जालको मेरुदण्डको रूपमा काम गर्न कठोर अभ्यासहरू मार्फत प्रशिक्षित गरिएको बताए।
मुख्यमन्त्रीले जीएलओएफको उल्लेख गर्दै यसले जीवन, पूर्वाधार र पर्यटन क्षेत्रमा व्यापक प्रभाव परेको छ भने। उनले आपदापछिको आकलनपछि भारत सरकारले राहत र पुनर्निर्माणका लागि पर्याप्त आर्थिक सहयोग प्रदान गरेको र पुनर्स्थापना कार्यहरू चलिरहेको जानकारी गराए। उनले सिक्किमको कमजोर हिमालयी पारिस्थितिक प्रणालीले निरन्तर ध्यान र स्रोतहरूको माग गर्दछ र राज्यले आफ्नो आपदा प्रतिक्रिया क्षमतालाई सुदृढ पार्न भारत सरकारबाट थप सहयोग प्राप्त गर्ने प्रयास गरिरहेको अवगत गराए।
उनले प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार, एनडीएमए, एसडीआरएफ, एनडीआरएफ, सशस्त्र बल, राज्य सरकारका विभागहरू र नागरिक समाजप्रति आपदाको समयमा निरन्तर समर्थनको लागि कृतज्ञता प्रकट गरे। उनले प्रत्येक घरपरिवार, वार्ड र समुदायलाई सुरक्षित निर्माण अभ्यासहरू अपनाउन, तयारी अभ्यासमा भाग लिन र दिगो पर्यावरणीय उपायहरू अपनाउन आग्रह गरे। मुख्यमन्त्रीले जीविकोपार्जन र पर्यावरणको रक्षा गर्न सामूहिक कार्यको लागि आह्वान गर्दै आपदा-प्रतिरोधी सिक्किम निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

माङशिलामा सिक्किम अमेचुअर बक्सिङ एसोसिएशनको विशेष आम सभा सम्पन्न

एसडीएफद्वारा चन्द्रहाङ सुब्बामाथि भएको आक्रमणको निन्दा, मास्टर माइण्डलाई पक्राउ गर्नु पर्ने माग

भाजपाले दोहोऱ्यायो एसजीएवाईका लाभार्थीहरूको पारदर्शी पुन: प्रमाणीकरणको माग

केन्द्रिय रक्षा राज्यमन्त्रीले उत्तर सिक्किममा चुङथाङ र लाचेनलाई जोड्ने तरम चु स्टिल ब्रिजको उद्घाटन गरे

सिक्किम भ्रमणमा रहेका छत्तीसगढ़का पत्रकारहरूले राज्यपालसॅंग शिष्टाचार भेट गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Art & LiteratureCultureEconomyInvestment

प्रतिष्ठित जोरथाङ माघे संक्रान्ति मेलाको अवसरमा प्रतियोगितात्मक कार्यक्रमहरू आकर्षणको केन्द्र बन्ने

Aaron Rai Aaron Rai December 6, 2025
सीएपी अध्यक्षले सिक्किमका जनतालाई शिवरात्रिको शुभकामना दिए
हामी जनताको दु:ख हटाउनेछौं र सुशासनको नयाँ युगको सुरुवात गर्नेछौं: गणेश राई
राजधानीमा गान्तोक गट ट्यालेन्ट सम्पन्न, राज्यपाल र मुख्यमन्त्री सहभागी
राज्यपालले विद्यार्थीहरूलाई समाजको हितमा शिक्षा आर्जन गर्न आग्रह गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?