By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    झुटा प्रचार-प्रसार गरेको आरोपमा दुई सामाजिक सञ्जाल प्रोफाइलहरू विरुद्ध प्राथमिकी
    May 9, 2026
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सांसद सुब्बाले उपराष्ट्रपति राधाकृष्णनसॅंग भेट गरे, सिक्किम सम्बन्धित प्रमुख मुद्दाहरूबारे अवगत गराए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > सांसद सुब्बाले उपराष्ट्रपति राधाकृष्णनसॅंग भेट गरे, सिक्किम सम्बन्धित प्रमुख मुद्दाहरूबारे अवगत गराए
NationalPoliticianSA NepaliTourism

सांसद सुब्बाले उपराष्ट्रपति राधाकृष्णनसॅंग भेट गरे, सिक्किम सम्बन्धित प्रमुख मुद्दाहरूबारे अवगत गराए

Aaron Rai
Last updated: October 14, 2025 4:04 pm
Aaron Rai Published October 14, 2025
Share
SHARE


गान्तोक, 14 अक्टोबर । सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले आज नयाँ दिल्लीमा भारतका उपराष्ट्रपति सीपी राधाकृष्णनलाई भेटेर उपराष्ट्रपतिको रूपमा निर्वाचित भएकोमा हार्दिक बधाई दिए। उपराष्ट्रपतिसॅंग भएको भेट अवधि सांसद सुब्बाले सिक्किम राज्यसँग सम्बन्धित धेरै प्रमुख मुद्दाहरू उल्लेखित ज्ञापनपत्र पनि बुझाएका छन्।
सांसद सुब्बाले सिक्किमका जनता र मुख्यमन्त्री प्रेमसिंह तामाङको तर्फबाट उपराष्ट्रपतिमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपतिको नेतृत्वमा राष्ट्रले लोकतन्त्र, सद्भाव र समावेशी विकासको मूल्यमान्यतालाई निरन्तरता दिनेछ भनी विश्वास व्यक्त गरे। उनले उपराष्ट्रपतिलाई बुझाएको ज्ञापनपत्रमा सिक्किम सम्बन्धित आठ प्रमुख मुद्दाहरू सामेल रहेको प्रेस विज्ञप्तिमा उल्लेख छन्, जसलाई राष्ट्रिय ध्यान र केन्द्र सरकारको हस्तक्षेप आवश्यक छ।
उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा सिक्किम सरकारले लामो समयदेखि थॉंती रहेका यी सरोकारहरूलाई सम्बोधन गर्न निरन्तर प्रयास र केन्द्र सरकारसँग निरन्तर संलग्न रहेको अवगत गराए। सांसद सुब्बाले उपराष्ट्रपतिको सकारात्मक विचार र हस्तक्षेप यी मुद्दाहरूलाई निर्णायक रूपमा समाधान गर्न महत्वपूर्ण हुने बताए।
सांसद सुब्बाले पेश गरेका प्रमुख मुद्दाहरूमा सिक्किमका 12 छुटेका समुदायहरूलाई अनुसूचित जनजातिको सूचीमा समावेश गर्ने, लिम्बू र तामाङ समुदायका लागि विधानसभा सिट आरक्षण, परम पावनको 17औं कर्मापाको सिक्किम भ्रमण, राष्ट्रिय राजमार्ग-10 कनेक्टिभिटी समस्याहरू, रेलवे कनेक्टिभिटी र विस्तार, उत्तर सिक्किम राजमार्ग (लाचेन-लाचुङ) को पुनर्स्थापना, पश्चिम सिक्किम सम्पर्क एवं चिवाभञ्ज्याङमा भारत-नेपाल सीमा विकास र पाकिम विमानस्थलको सञ्चालन सामेल छन्।
सांसद सुब्बाले उपराष्ट्रपतिसँगको वार्ताका क्रममा यी मुद्दाहरू सन्तुलित क्षेत्रीय विकास सुनिश्चित गर्न, कनेक्टिभिटी सुदृढ पार्न र राष्ट्रिय मुख्यधारासँग सिक्किमको एकीकरणलाई गहिरो बनाउन महत्त्वपूर्ण रहेको बताए। उपराष्ट्रपतिले उक्त मागहरूप्रति सकारात्मक प्रतिक्रिया दिएको र आफ्नो कार्यालयबाट सबै सम्भव सहयोगको आश्वासन दिएको कुरा प्रेस विज्ञप्तिमा उल्लेख छ।

You Might Also Like

सिङताम बजारमा भएको सडक दुर्घटनाप्रति एसडीएफ पार्टीद्वारा गहिरो चिन्ता एवं दु:ख प्रकट

सांसद सुब्बाले दुर्गादास उइकेसॅंग जनजाति र लिम्बू तामाङको सीट आरक्षणबारे चर्चा गरे

वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित

Glacial Hazard Commission visits Singtam to assess flood damage

City Runner offers Gangtok a chance to rethink public transport

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSikkim

Central funds for flood-affected States: Sikkim allocated Rs. 23.60 cr

PIB PIB October 1, 2024
जूम सालघारीमा 117 जना एसकेएम पार्टीमा सामेल भएको दाबी
‘मेरो रुख मेरो सन्तति’ पहल देशका अन्य राज्यहरूको लागि उदाहरण: राज्यपाल
पोप फ्रान्सिसको निधनमा सिक्किम सरकारद्वारा तीन दिवसीय राजकीय शोकको घोषणा
राज्यपाल माथुरले राष्ट्रपति द्रौपदी मुर्मूसॅंग शिष्टाचार भेट गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?