By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
    December 9, 2025
    योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
    December 9, 2025
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
  • Politics
    PoliticsShow More
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
    सरकारले महिलाहरूको भोट हत्याउन मात्र योजनाहरू बनाएको सीएपीको आरोप
    December 6, 2025
    भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy
    November 29, 2025
    एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न
    November 17, 2025
    एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न
    November 15, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सोरेङ जिल्ला पुलिस डिजिटल अरेस्ट साइबर ठगी प्रकरण समाधान गर्न सफल, आरोपी पक्राउ
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > सोरेङ जिल्ला पुलिस डिजिटल अरेस्ट साइबर ठगी प्रकरण समाधान गर्न सफल, आरोपी पक्राउ
InsiderLatest NewsNationalSA NepaliSikkim

सोरेङ जिल्ला पुलिस डिजिटल अरेस्ट साइबर ठगी प्रकरण समाधान गर्न सफल, आरोपी पक्राउ

Aaron Rai
Last updated: November 19, 2025 4:33 pm
Aaron Rai Published November 19, 2025
Share
SHARE

सोरेङ, 19 नोभेम्बर। सोरेङ जिल्ला पुलिस एउटा डिजिटल अरेस्ट साइबर ठगी प्रकरण समाधान गरी आरोपीलाई पक्राउ गर्न सफल भएको छ। उक्त प्रकरणमा लगभग दश लाख रुपियाँको ठगी भएको थियो। यस सम्बन्धमा यसै वर्ष 22 अगस्तमा सोम्बारिया पुलिस थानामा मामिला दर्ता गरिएको थियो।सोरेङ जिल्लाका पुलिस अधीक्षक नहकुल प्रधानले आज जारी प्रेस विज्ञप्तिमा भने, विश्वभर साइबर अपराधका घटनाहरू तीव्र रूपमा बढिरहेका छन् र सिक्किम पनि यस जोखिमबाट अछुतो छैन। धेरै नागरिकहरू यस किसिमका अपराधको शिकार बनेका छन्, जसका कारण उनीहरूले ठूलो आर्थिक क्षति र मानसिक पीडा बेहोर्नु परेको छ। यस समस्यालाई नियन्त्रण गर्न सिक्किम पुलिसले राज्यभरि निरन्तर साइबर अपराध नियन्त्रण अभियान सञ्चालन गरिरहेको छ। यस अन्तर्गत शैक्षिक संस्था, नागरिक समाज संगठन र गैर–सरकारी संस्थाहरूमा जनचेतना कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेका छन्।सोरेङ जिल्ला पुलिसले पञ्जाबस्थित अन्तरराज्यीय साइबर आपराधिक नेटवर्कसँग सम्बद्ध एक अआरोपीलाई सफलतापूर्वक ट्र्याक गरी पक्राउ गरेको पुलिस अधीक्षकले बताएका छन्। यस प्रकरणमा एक अवकाशप्राप्त सरकारी कर्मचारीबाट “डिजिटल अरेस्ट” प्रविधिबाट दश लाख रुपियाँ ठगी गरिएको थियो। शिकायतकर्ताले आधिकारिक साइबर अपराध रिपोर्टिङ पोर्टलमार्फत मामिला दर्ता गरेका थिए। उनले सबैलाई साइबर अपराध सम्बन्धी घटना तुरुन्तै www.cybercrime.gov.in मा अथवा हेल्पलाइन: १९३० मा अथवा नजिकको पुलिस थानामा शिकायत गर्न अनुरोध गरेका छन्। उनले सोरेङ जिल्ला पुलिसले साइबर ठगीविरुद्धको आफ्नो अटुट प्रतिबद्धता दोहोर्‍याउंदै नागरिकहरूलाई अनलाइन सुरक्षाका अभ्यास अपनाउन तथा सजग रहन अपील गरेका छन्।

You Might Also Like

प्रधानमन्त्री मोदीको सिक्किम भ्रमणलाई लिएर समीक्षा बैठक सम्पन्न

मन्त्री लामाले केन्द्रिय जल शक्ति मन्त्री सीआर पाटिलसॅंग भेट गरे

Government Makes Significant Progress in Strengthening Mobile Connectivity in Border Areas of Sikkim and Northeast Region

केन्द्रिय राज्य मन्त्री रामदास आठवले सिक्किम भ्रमणमा

सांसद सुब्बाले आङ्गनवाडी केन्द्रहरूको पूर्वाधार सुधारका लागि तत्काल कारबाही गर्न आह्वान गरे

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Art & LiteratureCultureNationalSikkim

पद्मश्री काजी सिंहको सम्मानमा ‘श्रद्धाञ्जलि’ कार्यक्रम आयोजना गरिने

Aaron Rai Aaron Rai July 22, 2025
आधुनिक पुलिस प्रशासनका उदीयमान चुनौतीहरूको सामना गर्न सिक्किम तयार: मुख्यमन्त्री
मन्त्री लामाले गरे नव पुनर्निर्मित थाक्टोक गुम्बाको उद्घाटन
मुख्यमन्त्री ‘विकसित सिक्किमदेखि विकसित भारत@2047’ कार्यशालाको समापन समारोहमा सहभागी बने
देन्तामको सोममा नयॉं पुलिस पिकेट पोस्टको उद्घाटन
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?