By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
  • Politics
    PoliticsShow More
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: प्रतिष्ठित जोरथाङ माघे संक्रान्ति मेलाको अवसरमा प्रतियोगितात्मक कार्यक्रमहरू आकर्षणको केन्द्र बन्ने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Culture > प्रतिष्ठित जोरथाङ माघे संक्रान्ति मेलाको अवसरमा प्रतियोगितात्मक कार्यक्रमहरू आकर्षणको केन्द्र बन्ने
Art & LiteratureCultureEconomyInvestment

प्रतिष्ठित जोरथाङ माघे संक्रान्ति मेलाको अवसरमा प्रतियोगितात्मक कार्यक्रमहरू आकर्षणको केन्द्र बन्ने

Aaron Rai
Last updated: December 6, 2025 5:31 pm
Aaron Rai Published December 6, 2025
Share
SHARE


गान्तोक, 6 दिसम्बर । सिक्किम सरकारले कला-संस्कृतिको संरक्षण एवं प्रवर्द्धनका साथै स्थानीय कलाकारहरूलाई मञ्च प्रदान गर्ने महत् उद्देश्यका साथ प्रतियोगितात्मक कार्यक्रमहरूको घोषणा गरेको छ। उक्त कार्यक्रमहरू आगामी 71औं माघे संक्रान्ति मेलाको अवसरमा सम्पन्न गरिने छन्। प्रतिष्ठित माघे संक्रान्ति मेला आगामी वर्ष 2026 को 14 जनवरीदेखि जोरथाङमा शुरू भइरहेको छ।
राजधानीमा आज आयोजित एक पत्रकार सम्मेलनमा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ लगायत अन्यहरूले आगामी माघे संक्रान्ति मेलाको अवसरमा आयोजना गरिने प्रतियोगितात्मक कार्यक्रमहरूको बारेमा विस्तृत रूपमा जानकारी गराए। उनले कला-संस्कृतिको संरक्षण एवं प्रवर्द्धनका साथै स्थानीय कलाकारहरूलाई मञ्च प्रदान गर्ने उद्देश्यका साथ मुख्यमन्त्री प्रेमसिंह तामाङको भिजन र मार्गदर्शनमा चारवटा प्रतियोगिताहरू आयोजना गरिने बताए। उनले यी प्रतियोगिताहरूको मुख्य उद्देश्य प्रतीभा सम्पन्न युवाहरूलाई अगाडि बढ्न र कला क्षेत्रलाई पनि पेशाको रूपमा अपनाउन प्रोत्साहित गर्नु रहेको बताए।
उनले माघे संक्रान्ति मेलाको अवसरमा सिक्किम सरकारको संस्कृति विभागको तत्वावधानमा गोल्डन भोइस अफ् सिक्किम, गोल्डन फीट अफ् सिक्किम, गोल्डन बिट अफ् सिक्किम र क्लासिक ट्र्याडिशनल शोकेस आयोजना गरिने घोषणा गरे। उनले गोल्डन भोइस अफ् सिक्किमका प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने गायक/गायिकालाई क्रमश: 7 लाख, 5 लाख र 3 लाख रूपियॉं प्रदान गरिने बताए। यसरी नै गोल्डन फीट अफ् सिक्किमका प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने नर्तकहरूलाई क्रमश: 30 लाख, 20 लाख र 10 लाख रूपियॉं प्रदान गरिने छ। यस विधामा भाग लिने प्रतिभागीहरूको संख्या 30 देखि 35 जना हुनुपर्नेछ।
यस अतिरिक्त, गोल्डन बिट अफ् सिक्किमका प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने ब्याण्डहरूलाई क्रमश: 10 लाख, 7 लाख र 5 लाख रूपियॉं प्रदान गरिने छ। यस विधामा भाग लिने प्रतिभागीहरूको संख्या 5 देखि 10 जना हुनुपर्नेछ। क्लासिक ट्र्याडिशनल शोकेस प्रतियोगितालाई लिएर आगामी दिनहरूमा पुरस्कार राशि घोषणा गरिने राजनीतिक सचिव खालिङले बताए। उनले यो प्रतियोगिता विशेषगरि राज्यका 21 जाति समुदायको परम्परागत भेषभुषालाई लिएर आयोजना गरिने अवगत गराए।
उनले गोल्डन भोइस अफ् सिक्किम र गोल्ड फीट अफ् सिक्किमको अडिशन आगामी 27 दिसम्बर का दिन सोरेङ र पाकिम जिल्लामा, 28 दिसम्बरका दिन गेजिङ र मङ्गन जिल्लामा र 29 दिसम्बरका दिन नाम्ची र गान्तोकमा सम्पन्न गरिने जानकारी गराए। यी अडिशनहरूमा चयनित हुने प्रतिभागीहरूलाई लिएर 10 जनवरी, 2026 का दिन जोरथाङमा मेगा अडिशन सम्पन्न गरिने छ, जसबाट 10-10 जनालाई चयनित गरिने छ। उनीहरूले 20 जनवरी, 2026 का दिन माघे संक्रान्ति मेलाको समापनको एक दिन अघि सम्पन्न हुने फाइनलमा उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन्।
यसैगरी, गोल्डन बिट अफ् सिक्किमको निम्ति 3/4 जनवरी, 2026 मा गान्तोकमा अडिशन सम्पन्न गरिने छ। सोही दिन 5 वटा ब्याण्डलाई चयनित गरिनेछ, जसले पनि 20 जनवरीका दिन फाइनलमा आफ्नो प्रस्तुति दिने छन्। उनले क्लासिक ट्र्याडिशनल शोकेस प्रतियोगिता सम्बन्धित अडिशन मितिहरू चॉंड़ै सार्वजनिक गर्ने जानकारी गराए। उनले यी प्रतियोगिताहरूका लागि निर्णायकहरू सिक्किम लगायत कालेबुङ, दार्जिलिङ, मुम्बई र काठमाडौंबाट रहने पनि बताए।
पत्रकार सम्मेलनमा सिक्किम फिल्म बोर्डका चेयरमेन टाशी छिरिङ भोटिया, मुख्यमन्त्रीका प्रेस सचिव योगेन तामाङ र डा. मनोज राईले प्राविधिक पक्षमाथि जानकारी गराएका थिए। उनीहरूले बताए अनुसार, यी प्रतियोगिताहरूमा नि:शुल्क भाग लिन सकिने छन् भने केवल सिक्किमका नागरिकहरूले मात्र भाग लिने पाउनेछन्। प्रतिभागीहरूले नेपालीका साथै क्षेत्रीय गीत-सङ्गीतमा आफ्नो कला प्रस्तुत गर्न सक्नेछन्। गोल्डन भोइस अफ् सिक्किममा 15 वर्ष र त्यसभन्दा माथि उमेरका प्रतिभागीहरूले भाग लिने सक्नेछन्।

राज्यपालले भने, सिक्किमजस्तो बहुभाषिक र बहुसांस्कृतिक राज्यमा हिन्दी संवादको पुल हो

सरकार परिश्रमी व्यक्तिहरूलाई समर्थन गर्न प्रतिबद्ध: मुख्यमन्त्री

मुख्यमन्त्रीले धरोहर संरक्षक पुरस्कार गठन गर्ने घोषणा गरे, महत्वपूर्ण योगदान दिने व्यक्तिलाई प्रदान गरिने

Dr. Shova Kanti Thegim (Lepcha) Memorial Award for Prabin Khaling

Cho-La and Dok-La Pass Opened Under Ran Bhoomi Darshan Initiative

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News

सिक्किममा साइबर ठगीको मामिला बढ्दै

Aaron Rai Aaron Rai March 7, 2026
सांसद सुब्बाले राज्यपालसॅंग गरे शिष्टाचार भेट
Prerna Sthal to be inaugurated by Defence Minister
सिक्किम राज्य महिला आयोगमा नयॉं सदस्यहरू नियुक्त
निमन्त्रणा स्वीकार गरेकोमा एसकेएम पार्टीद्वारा प्रधानमन्त्रीप्रति आभार प्रकट
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?