By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीको अवसरमा ₹50 को चाँदीको सिक्का र स्मारक डाक टिकट जारी
    May 29, 2025
    Latest News
    नक्कली पत्र सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै भाजपाद्वारा कारबाहीको माग
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    Chief Minister and Chief Justice Jointly Inaugurates Additional Court of District & Session Judge at Namchi
    September 21, 2026
    लिङचोममा ‘विकसित भारतका लागि नशामुक्त युवा’
    September 20, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: “जन आन्दोलनदेखि जनसरकार” नाराका साथ १४औं एसकेएम स्थापना दिवस पालन गरिने घोषणा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > “जन आन्दोलनदेखि जनसरकार” नाराका साथ १४औं एसकेएम स्थापना दिवस पालन गरिने घोषणा
OpinionPoliticianSikkim

“जन आन्दोलनदेखि जनसरकार” नाराका साथ १४औं एसकेएम स्थापना दिवस पालन गरिने घोषणा

Suk Raj Aaron Rai
Last updated: January 12, 2026 3:17 pm
Suk Raj Aaron Rai Published January 12, 2026
Share
SHARE

गान्तोक, 12 जनवरी । सिक्किम क्रान्तिकारी मोर्चा पार्टी (एसकेएम) को 14औँ स्थापना दिवसलाई लिएर आज राजधानीको मनन केन्द्रमा दोस्रो समन्वय बैठक आयोजन गरियो। एसकेएम पार्टी अध्यक्ष प्रेमसिंह तामाङको अध्यक्षतामा आयोजित सभामा 14औँ स्थापना दिवस पालन सम्बन्धमा अहिलेसम्म भएका तयारी र आगामी दिनमा गरिनुपर्ने काम कुराहरूमाथि व्यापक चर्चा गरियो। उक्त जानकारी आज एसकेएम सोशल मिडिया प्रकोष्ठका उपाध्यक्ष प्रभारी विकास बस्नेतले प्रेस विज्ञप्तिमा दिएका छन्।बैठकमा पार्टीका सेक्रेटेरी जेनरल अरुण कुमार उप्रेतीले 14औँ स्थापना दिवसलाई लिएर आजसम्म भएको तयारीबारे विस्तृत रूपमा जानकारी गराए। उनले समारोहका लागि गठित समिति लगायत विभिन्न भातृ सङ्गठन अनि व्यक्ति विशेषलाई दिइएको जिम्मेवारीबारे सभालाई अवगत गराए। बैठकलाई सम्बोधन गर्ने क्रममा पार्टीका अध्यक्ष तथा मुख्यमन्त्री प्रेमसिंह तामाङले 14औँ स्थापना दिवस सफलतापूर्वक सम्पन्न गराउन सामूहिक रूपमा अनि समर्पित भएर काम गर्न उपस्थित सम्पूर्ण प्रतिनिधिहरूलाई आह्वान गरे। उनले पार्टीको स्थापनाकालदेखि अनि सरकार गठनपछि आफुहरूले निरन्तर जनमुखी नीति र पहलहरू अपनाउँदै राज्यको कल्याण र विकासको लागि अथक प्रयास गर्दै आएको बताए।उनले 14औँ स्थापना दिवस समारोह “जन आन्दोलनदेखि जनसरकार” नाराका साथ पालन गरिने घोषणा गरे। यस वर्षको स्थापना दिवस विशेष रहने उल्लेख गर्दै यस समारोहमा व्यापक जनसहभागित रहने र यसले पार्टी-जनताबीचको प्रगाढ़ सम्बन्धनलाई प्रतिबिम्बित गर्ने बताए। पार्टी अध्यक्षले उपस्थित जनसमूहलाई एसकेएम पार्टीको सरकारले 6 वर्ष सात महिनाको अवधिमा गरेका उल्लेखनीय कार्यहरूबारे अवगत गराएका थिए। उनले एसकेएम पार्टी गरीब र निमुखा जनताको पक्षमा खोलिएको पार्टी भएको कारण आफूहरूको प्राथमिकता गरीब जनताको कल्याण, सुख-सुविधा, हेर्चाह र सेवाका लागि सदैव रहने उल्लेख गरे। उनले निकट भविष्यमा पार्टीको पाँचदिने सम्मेलन आयोजन गरिने पनि घोषणा गरे। एसकेएम पार्टीको मुख्यालयद्वारा आयोजन गरिएको सभामा पार्टीका केन्द्रिय कार्यकारिणी, मन्त्री-विधायकगण, जिल्लास्तरीय समिति, समष्टिस्तरीय समिति, सल्लाहकार तथा अध्यक्षगण, ओएसडी, पार्टीको भातृ सङ्गठनका प्रतिनिधिगण लगायत अन्यको व्यापक उपस्थिति रहेको थियो।

मुख्यमन्त्रीले राज्यवासीहरूलाई दिए ईदको हार्दिक शुभकामना

Gyalshing District Task Force Meeting for Pan-India Rescue & Rehabilitation Campaign for Child & Adolescent Labour

राज्यपाल माथुर ‘डा हेडगेवार प्रज्ञा सम्मान 2025’ समारोहमा सहभागी बने

CM announces insurance scheme for lumberjacks at State Disaster Risk Reduction Day

मुख्यमन्त्रीले ६०औँ नथुला विजय दिवसको शुभकामना दिए

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsNationalPolitics

C.P. Radhakrishnan Elected New Vice President, Defeats Opposition’s Justice Sudarshan Reddy

Suk Raj Aaron Rai Suk Raj Aaron Rai September 9, 2025
बियाड युवा साहित्यिक संस्थान, बिरिङ्ग पाकिम सिक्किम बियाड सम्मान 2025 को घोषणा
Nepal Erupts in Youth-Led Protests Over Social Media Ban
पीएचई डीआई फिटिङ चोरीकाण्डमा तीन आरोपी पक्राउ
4th Namchi District Super League 2025 concludes
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?