गान्तोक, 28 जनवरी। मुख्यमन्त्री प्रेमसिंह तामाङले महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधनप्रति दु:ख व्यक्त गर्दै उनको निधनलाई सबैका लागि अपूरणीय क्षति बताएका छन्।मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जाल फेसबुकमा पोस्टमा जारी शोक सन्देशमा भने, ‘महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको बारामतीमा भएको विमान दुर्घटनामा भएको असामयिक निधनको दुःखद समाचारले म अत्यन्त स्तब्ध र गहिरो दुःखी भएको छु। उहाँको निधन महाराष्ट्रका जनताका लागि मात्र होइन, उहाँलाई चिनेका र सम्मान गर्ने सबैका लागि अपूरणीय क्षति हो।’मुख्यमन्त्रीले शोक सन्तप्त पवार परिवार, उनका समर्थकहरू तथा यस गहिरो क्षतिमा शोकमा डुबेका प्रत्येक नागरिकप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्। उनले दिवंगत पवारको सेवा र नेतृत्वको विरासत सधैँ स्मरणीय रहोस् भनी कामना गरेका छन्।


