By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    ३५औँ नेपाली भाषा दिवस भव्य रूपमा सम्पन्न
    August 20, 2026
    एसडीएफ अध्यक्ष चामलिङले 34औँ नेपाली भाषा मान्यता दिवसको हार्दिक बधाई अनि शुभकामना दिए
    August 20, 2026
    एमजी मार्गमा समाचारपत्र पठन केन्द्र ‘खबरदानी’ को शुभारम्भ
    August 20, 2026
    ‘सिङ्गल विन्डो’ का नाममा सिक्किमका राजस्व स्रोत र परमिट बाहिरकालाई सुम्पिन लागेको एसडीएफको आरोप
    August 19, 2026
  • Politics
    PoliticsShow More
    भाजपाले एकीकृत सिङ्गल विन्डो परमिट प्रणालीको निजीकरणको विरोध जनायो
    August 19, 2026
    कार्यकर्ताहरूलाई जनसरोकारका विषयहरू लोकतान्त्रिक र रचनात्मक माध्यमबाट उठाउन आह्वान
    August 14, 2026
    २०२९ को विधानसभा चुनाउमा सीएपीले सिक्किममुखी सरकार गठन गर्ने गणेश राईको दाबी
    August 14, 2026
    ‘लक्की सेल्फी विथ आमा’ प्रतियोगिताका विजेतालाई मुख्यमन्त्रीद्वारा सम्मान
    August 10, 2026
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: ३५औँ नेपाली भाषा दिवस भव्य रूपमा सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > ३५औँ नेपाली भाषा दिवस भव्य रूपमा सम्पन्न
Art & LiteratureNationalSA Nepali

३५औँ नेपाली भाषा दिवस भव्य रूपमा सम्पन्न

Suk Raj Aaron Rai
Last updated: August 20, 2026 2:48 pm
Suk Raj Aaron Rai Published August 20, 2026
Share
SHARE

गान्तोक, 20 अगस्त। नेपाली साहित्य परिषद् सिक्किमको आयोजनामा ३५औँ नेपाली भाषा दिवस आज परिषद्को प्रेक्षागृहमा वरिष्ठ साहित्यकार तथा सिक्किम अकादेमीका पूर्व अध्यक्ष एसआर सुब्बाको प्रमुख आतिथ्य तथा परिषद्का अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा विविध साहित्यिक, सांस्कृतिक तथा सम्मानमूलक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा असमबाट विशिष्ट अतिथिका रूपमा प्रबुद्ध साहित्यकार केबी नेपालीको उपस्थिति रहेको थियो। कार्यक्रममा वर्ष २०२६ को ‘कञ्चनजङ्घा अगम स्मृति पुरस्कार’ असम लामडिङ निवासी प्रबुद्ध साहित्यकार केबी नेपालीलाई प्रदान गरियो। नेपाली भाषा तथा साहित्यको श्रीवृद्धिमा उनले पुर्याउँदै आएको दीर्घकालीन र विशिष्ट योगदानको उच्च मूल्याङ्कनस्वरूप प्रदान गरिएको उक्त सम्मानमा नगद राशि एक लाख, सम्मानपत्र तथा अङ्गवस्त्रद्वारा सम्मानित गरिएको थियो। सम्मान ग्रहण गर्दै साहित्यकार केबी नेपालीले नेपाली साहित्य परिषद् सिक्किमप्रति हार्दिक आभार व्यक्त गरे। यस सम्मानले आफूलाई नेपाली भाषा-साहित्यको सेवामा अझ सक्रिय भएर लाग्न थप प्रेरणा प्राप्त भएको बताए। उनले नेपाली भाषी समुदाय एकजुट भई एकताको भावनासहित अघि बढ्नुपर्नेमा विशेष जोड दिए।प्रमुख अतिथि एसआर सुब्बाले आफ्नो सम्बोधनमा नेपाली भाषा आन्दोलनको लामो र गौरवपूर्ण इतिहासको स्मरण गर्दै नेपाली भाषाको संवैधानिक मान्यताका लागि योगदान पुर्याउने भाषा सङ्ग्रामीहरूलाई श्रद्धापूर्वक स्मरण गरे। उनले नेपाली साहित्य परिषद्ले भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै कार्यक्रमको सफलताका लागि सबैलाई धन्यवाद व्यक्त गरे। अध्यक्षीय सम्बोधनमा नेपाली साहित्य परिषद्का अध्यक्ष हरि ढुङ्गेलले नेपाली भाषालाई संविधानको आठौँ अनुसूचीमा अन्तर्भुक्त गरिनु ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै २० अगस्तलाई सरकारी छुट्टी घोषणा गरी नेपाली भाषा दिवसलाई संस्थागत सम्मान प्रदान गरेकोमा सिक्किम सरकारप्रति परिषद्को कृतज्ञता व्यक्त गरे। उनले सिक्किमका मुख्यमन्त्रीको यथार्थवादी सोच र भाषाप्रतिको सम्मानको कदर गर्नुपर्ने बताए। अध्यक्ष ढुङ्गेलले नेपाली भाषाले संवैधानिक मान्यता प्राप्त गर्नुअघि विकसित भएको संगठित विचार, सामूहिक चेतना र एकताको भाव अहिले क्रमशः कमजोर हुँदै गएकोप्रति गम्भीर ध्यानाकर्षण गराए। “विचारधारा भङ्गालिनु, गुटबन्दी हावी हुँदै जानु र खुट्टा तान्ने प्रवृत्ति त्यागेर हात तान्ने संस्कार विकास गर्नुपर्ने ,” भन्दै उनले नेपाली भाषा र साहित्यको हितमा व्यक्तिगत तथा गुटगत स्वार्थभन्दा माथि उठेर सामूहिक रूपमा अघि बढ्न सबैलाई आग्रह गरे। उनले नेपाली भाषा सम्पर्कको महत्वपूर्ण भाषा भएको उल्लेख गर्दै राज्यका साइनबोर्ड, शैक्षिक संस्थान तथा सरकारी गैरसरकारी कार्यालयहरूमा अङ्ग्रेजीसँगै नेपाली भाषाको प्रयोगलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे। संवैधानिक मान्यता केवल गौरवको विषय नभई व्यवहारमा भाषाको प्रयोग, संरक्षण र विस्तारबाट मात्र सार्थक हुने उनको भनाइ थियो।कार्यक्रममा सिक्किम विश्वविद्यालयको वर्ष २०२५ को अन्तिम सत्रान्त परीक्षामा नेपाली विषयमा सर्वाधिक अङ्क प्राप्त गर्ने मेधावी छात्रा रचना राईलाई ‘प्रेमलाल स्मृति शैक्षिक पुरस्कार’ द्वारा पुरस्कृत गरियो। वरिष्ठ सामाजिक अभियन्ता सागर पराजुलीलाई सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै अभिनन्दन गरियो।कार्यक्रममा साहित्यकार उषा शर्माले नेपाली भाषाको संवैधानिक मान्यता र वर्तमान अवस्थामाथि गहन वार्ता प्रस्तुत गरिन्। कार्यक्रममा साहित्यकार टीका ढुङ्गेलकृत ‘कलमका प्रतिबिम्बहरू’, डा. बीसी तामाङकृत ‘शरद रमाउने आँगन’ तथा कथाकार कमल सापकोटाकृत ‘परिवेशका चित्रणहरू’ लघुकथा सङ्ग्रहको विधिवत् लोकार्पणसमेत गरियो। कार्यक्रममा २१२औँ भानुजयन्तीका अवसरमा आयोजित विभिन्न प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्रसमेत प्रदान गरियो।

पहलगाम आतङ्कवादी हमलामा दिवंगत आत्माहरूको सम्मानमा ‘श्रद्धाञ्जलि सभा’ सम्पन्न

बीएएसका महासचिव सुकान्त दास बीडब्ल्युएफ र बीएआई आयोजक समितिको सदस्य मनोनीत

सिक्किममा लगातार भुॅंइचालो आइरहेकाले मानिसहरू आतङ्कित

राष्ट्रिय एकता दिवसको आयोजनलाई लिएर समीक्षा बैठक सम्पन्न

मुख्यमन्त्री तामाङले श्री महाकाल मन्दिरमा पूजा अर्चना गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsPoliticianSA Nepali

सीएपी अध्यक्षले नयाँ सदस्यहरूलाई पार्टीमा स्वागत जनाए

Suk Raj Aaron Rai Suk Raj Aaron Rai December 7, 2025
गणेश राईले मनगढ़न्त आरोपहरू लगाएर जनतालाई दिग्भ्रमित गर्ने प्रयास गरेका छन्: नवराज गुरुङ
CM attends State-Level Sonam Lochhar celebration
PM Modi to attend Sikkim’s 50th Statehood Day celebrations
मुख्यमन्त्री राष्ट्रिय राजधानी नयॉं दिल्लीको हप्ताव्यापी आधिकारिक भ्रमणपछि सिक्किम फर्किए
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?