गान्तोक, 31 जनवरी। टिका सुब्बा पुनः सिक्किम क्रिकेट संघ (सिका) को अध्यक्ष निर्वाचित भएका छन्। माझीटार, रम्फूमा सम्पन्न भएको वार्षिक साधारण सभामा सिकाका नयाँ पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका हुन्।सिकाद्वारा आज जारी एक प्रेस विज्ञप्ति अनुसार, सिकाको वार्षिक साधारण सभा ३१ जनवरी, २०२६ का दिन रम्फूस्थित माझीटारमा सम्पन्न भयो। सभामा सिकाका नयाँ पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका छन्।सिकाको अध्यक्ष पदमा टिका सुब्बा, उपाध्यक्ष पदमा कर्मा जिग्मी नामग्याल, सचिव पदमा नयन छिरिङ भोटिया, संयुक्त सचिव पदमा राजेन्द्र गुरुङ र कोषाध्यक्ष पदमा बिरेन गुरुङ निर्वाचित भएका छन्।यस अतिरिक्त, आर्थिक वर्ष २०२३–२४ र २०२४–२५ का अडिट गरिएका लेखा पनि साधारण सभाले पारित अनि अनुमोदन गरेको बताइएकाे छ।


