गान्तोक, 01 फरवरी । विपक्षी सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीलाई ठूलो झट्का लागेको छ। एसडीएफका नेताहरू पार्टी त्यागेर सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसडीएफ) पार्टीमा सामेल हुने क्रम जारी रहेको छ। एसडीएफका धेरै वरिष्ठ नेतृत्वहरूले आज एसकेएम अध्यक्ष तथा मुख्यमन्त्रीसॅंग भेट गरेर एसकेएम पार्टीमा सामेल भएका छन्।
उक्त जानकारी आज मुख्यमन्त्री प्रेमसिंह तामाङले सामाजिक सञ्जाल फेसबुक पोस्टमा दिएका छन्। एसडीएफ पार्टी लगायत सिटिजन एक्सन सिक्किम, हाम्रो सिक्किम पार्टी र कांग्रेसका वरिष्ठ नेताहरूले आज मुख्यमन्त्री तामाङलाई उनको सरकारी आवास मिन्तोकगाङमा भेट गरेर एसकेएम पार्टीमा सामेल भए। मुख्यमन्त्रीले उनीहरूलाई पार्टीमा स्वागत जनाए।
एसकेएम पार्टीमा सामेल हुने एसडीएफ नेताहरूमा पूर्व मन्त्री सोनाम ग्याछो लेप्चा, पूर्व मन्त्री छिरिङ वाङ्गदी लेप्चा, पूर्व विधायक बेग बहादुर राई र पूर्व विधायक उगेन नेडुप भोटिया सामेल छन्। यसरी नै एसडीएफ पार्टीका पूर्व उपाध्यक्ष रिक्जिङ नर्बु दोर्जी भोटिया, पूर्व जिल्ला अध्यक्ष निमडे लेप्चा, पूर्व जिल्ला उपाध्यक्ष पिन्चो डोमा भोटिया, एसडीएफ पार्टीका पूर्व उम्मेदवार मणिकुमार गुरुङ, वर्तमान जिल्ला पञ्चायत सचिन राई, युवा समन्वयक (छुजाचेन) रबिन राई, उपाध्यक्ष भानु गुरुङ (छुजाचेन), ठेकादार नुरी शेर्पा
यसै क्रममा एसडीएफ पार्टीका वरिष्ठ उपाध्यक्ष टाशी ग्याछो भोटिया, पूर्व उम्मेदवार दिलिप राई, उप युवा संयोजक पूर्णहाङ सुब्बा, सक्रिय सदस्य ऐतहाङ सुब्बा, पूर्व जिल्ला पञ्चायत लाल बहादुर राई, अल सिक्किम ट्रेडर्स एसोसिएशनका महासचिव लाक्पा शेर्पा, एसडीएफ सदस्य दिपेन्द्र दाहाल, पूर्व जिल्ला पञ्चायत ज्ञान बहादुर विष्ट लगायत अन्यहरू सामेल छन्।
यस अतिरिक्त, स्वतन्त्र उम्मेदवार पाल्देन लेप्चा, कांग्रेसका पूर्व उम्मेदवारद्वय कमल लेप्चा र नर बहादुर गुरुङ, सिटिजन एक्सन पार्टीका उपाध्यक्ष कुबेरनाथ तिम्सिना र हाम्रो सिक्किम पार्टीका पूर्व कोषाध्यक्ष पासाङ नामग्याल शेङ्गा पनि एसकेएम पार्टीमा सामेल भएका छन्।
मुख्यमन्त्री तामाङले सबैलाई पार्टीमा स्वागत जनाउॅंदै एसकेएमलाई अझ सुदढ़ बनाउन तथा राज्यका जनताका आकांक्षाहरूलाई पूरा गर्न मिलेर काम गर्न आह्वान गरेका छन्।
Leave a comment


