By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    मुख्य न्यायाधीश न्यायमूर्ति मुस्ताकले राभाङ्लास्थित एनआईटीको निरीक्षण गरे
    October 17, 2026
    जेयूएस र नील तारा केयर्सले ‘वन फर हिमालय’ सचेतना अभियान सञ्चालन गर्ने
    October 16, 2026
    नाम्ची जिल्ला अस्पतालमा १५ वर्षीया किशोरीको जन्मजात खुट्टाको विकृतिको सफल उपचार
    October 16, 2026
    राज्यपाल स्वर्ण कप २०२६: गोकुलम केरलालाई हराउँदै सिक्किम आक्रमण फाइनलमा
    October 14, 2026
  • Politics
    PoliticsShow More
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
    भाजपा सिक्किमले ‘विकसित भारत संकल्प सभा’ मा भर्चुअल माध्यमद्वारा सहभागिता जनायो
    October 7, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मन्त्री दाहालले जङ्गुमा निर्माणाधीन सड़क र सम्बन्धित पूर्वाधारहरूको निरीक्षण गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > मन्त्री दाहालले जङ्गुमा निर्माणाधीन सड़क र सम्बन्धित पूर्वाधारहरूको निरीक्षण गरे
InvestmentNortheastPolitician

मन्त्री दाहालले जङ्गुमा निर्माणाधीन सड़क र सम्बन्धित पूर्वाधारहरूको निरीक्षण गरे

Suk Raj Aaron Rai
Last updated: October 14, 2026 5:30 am
Suk Raj Aaron Rai Published October 14, 2026
Share
SHARE

मङ्गन,13 अक्टोबर। सड़क तथा पुल विभागका मन्त्री एनबी दाहालले मङ्गलावर जङ्गु निर्वाचन क्षेत्रमा निर्माणाधीन सड़क र सम्बन्धित पूर्वाधारहरूको निरीक्षण गरेका छन्। यो भ्रमण मन्त्रीद्वारा राज्यभरि सड़क पूर्वाधार र जारी कार्यहरूको प्रगतिको निरीक्षण तथा मूल्याङ्कन गर्ने अभियानको एक हिस्सा रहेको थियो।फिदाङमा मन्त्री तथा क्षेत्र विधायक पिञ्छो नामग्याल लेप्चाले मन्त्री दाहाललाई स्वागत जनाए। यस अवसरमा पञ्चायत प्रतिनिधि, ओएसडी, जङ्गुका एसडीएम र बीडीओ, सड़क तथा पुल विभाग एवं वन तथा पर्यावरण विभागका अधिकारीहरूका साथै सेना र सीमा सड़क सङ्गठन (बीआरओ) का अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।निरीक्षण कार्य फिदाङ-साङ्कालङ राजमार्गबाट शुरु भयो। सम्बन्धित अधिकारीहरूसँगको अन्तरक्रियाका क्रममा मन्त्रीले काम समयमै सम्पन्न गर्न र सर्वसाधारणलाई हुने असुविधा कम गर्न विभिन्न विभागबीच नजिकको समन्वय हुनुपर्ने कुरामा जोड़ दिए।त्यसपछि, मन्त्रीले अप्पर जङ्गुको कायेममा निर्माणाधीन दुई-लेनको पुलको निरीक्षण गरे। मन्त्री तथा विधायक पिञ्छो नामग्याल लेप्चाको दृढ़ मार्गदर्शन र व्यक्तिगत पहलमा भइरहेको कामको प्रशंसा गर्दै मन्त्री दाहालले स्थलगत अभियन्ता र परियोजनाका ठेकेदारलाई काममा तीव्रता दिन र पुल यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिए।सड़क तथा पुल मन्त्रीले अप्पर जङ्गुको लिङ्थेममा निर्माणाधीन थेकुङ मुनसोलोङको पूर्ण आकारको प्रतिमा स्थलको पनि भ्रमण गरे। उनलाई कामको प्रगतिबारे जानकारी गराइयो। यो कार्य यस वर्षको दिसम्बरको अन्त्यसम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ। यो परियोजना लेप्चा समुदाय र जङ्गुको समृद्ध ऐतिहासिक तथा सांस्कृतिक विरासतको संरक्षण र प्रवर्द्धन गर्ने दिशामा एक महत्त्वपूर्ण पहलको रूपमा अघि बढ़ाइएको हो।मन्त्री दाहालले आफ्नो भ्रमणको क्रममा समय निकालेर जङ्गुको लिङ्थेमस्थित सरकारी जुनियर हाई स्कूलमा भइरहेको लिङ्थेम ल्याङ च्यालेञ्ज कपमा पनि सहभागिता जनाए। उनीसँगै मन्त्री लेप्चा र अन्य विशिष्ट व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो। भ्रमणमा आएका विशिष्ट अतिथिहरूलाई जिल्ला पञ्चायत सदस्य निम्चुङ लेप्चा, लिङ्थेम जुनियर हाई स्कूलकी प्रधान अध्यापक जेजे लेप्चा र अन्य पञ्चायत प्रतिनिधिहरूले न्यानो स्वागत जनाए।सड़क तथा पुल विभागका मन्त्रीले सम्बन्धित क्षेत्रका विधायकसँगै गरेको जङ्गुको यस भ्रमणले जिल्लामा सड़क तथा सम्बन्धित पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिने, समग्र सम्पर्क सञ्जालमा सुधार ल्याउने र यस क्षेत्रको विकासलाई अघि बढ़ाउने राज्य सरकारको प्रतिबद्धतालाई थप बलियो बनाएको छ।

राज्यपाल स्वर्ण कप: सिक्किम आक्रमण एससी सेमिफाइनलमा, इस्ट बङ्गाललाई २-१ ले हरायो

सांसद सुब्बाले सिक्किममा बफर भण्डारण पूर्वाधारको आवश्यकतामा जोड दिए

जल जीवन मिसनको प्रगतिबारे तथ्याङ्कसहित व्हाइट-पेपर सार्वजनिक गर्न एसडीएफको माग

वरिष्ठ महिला फुटबल लिग 2026 को उपाधि सिङलिङ स्पोर्टिङ क्लब सोरेङको झोलीमा

कुपुपमा भएको वाहन दुर्घटनामा सेनाका एक जवान बलिदान, एक घाइते

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
CultureLatest NewspoliticalreligionSikkim

14 र 15 दिसम्बरका दिन रिज पार्कमा राज्यस्तरीय लोसुङ महोत्सव आयोजना गरिने

Suk Raj Aaron Rai Suk Raj Aaron Rai December 7, 2025
उपराष्ट्रपति सीपी राधाकृष्णनले सिक्किमको आधिकारिक भ्रमण सम्पन्न गरे
सिक्किम आमा सहयोग योजनाका लाभार्थीहरूलाई चेक वितरण गरियो
साहित्यकार सुधा एम. राईलाई असमको प्रतिष्ठित नीलिमकुमार राष्ट्रिय पुरस्कार 2025 प्रदान गरिने घोषणा
सिक्किममा पर्यावरण पर्व ‘धरती माताको लागि एक दिन’ पालन गरियो
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?