By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    इन्द्रकला सुब्बाको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 29, 2026
    देन्तामको सोममा नयॉं पुलिस पिकेट पोस्टको उद्घाटन
    April 20, 2025
    Latest News
    माचोङ प्राथमिक स्वास्थ्य केन्द्रको चिकित्सक आवास मर्मतमा अनियमितताको आरोप, भाजपाको शीघ्र जाँचको माग
    October 6, 2026
    सिक्किम शिक्षा विभाग र गुगलबीच एआई शिक्षाका लागि साझेदारी
    October 6, 2026
    भण्डारी जयन्तीमा मुख्यमन्त्रीलगायत अन्य नेताहरूले श्रद्धाञ्जली अर्पण गरे
    October 6, 2026
    SSB apprehends Sikkim resident on way to Nepal carrying licensed firearm
    October 6, 2026
  • Politics
    PoliticsShow More
    माचोङ प्राथमिक स्वास्थ्य केन्द्रको चिकित्सक आवास मर्मतमा अनियमितताको आरोप, भाजपाको शीघ्र जाँचको माग
    October 6, 2026
    दार्जिलिङ र सिक्किम एकअर्काको सहारा बन्ने, तर राजनीतिक क्षेत्रमा अतिक्रमण नगर्ने: राजु बिष्ट
    October 6, 2026
    सिक्किम-दार्जिलिङ विलयबारे विधानसभामा अडान स्पष्ट पार्न एसकेएम सरकारलाई एसडीएफको माग
    October 1, 2026
    भाजपाको श्रम विभागका अधिकारीहरूसँग भेट, धारा ३७१एफ र विशेष संवैधानिक अधिकार संरक्षणमा जोड
    September 30, 2026
    CM Attends 157th Gandhi Jayanti Celebrations at Reshi
    September 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
Latest NewsNationalPoliticsSA Nepali

नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप

Suk Raj Aaron Rai
Last updated: March 27, 2026 12:55 pm
Suk Raj Aaron Rai Published March 27, 2026
Share
SHARE


गान्तोक, 26 मार्च । सिक्किममा नगरपालिका चुनाउ 2026 घोषणा भइसकेको छ भने चुनाउमा विभिन्न समुदायहरूका लागि गरिएको आरक्षण चर्चाको विषय बनेको छ। विपक्षी राजनीतिक दलहरूले आरक्षणलाई मुद्दा बनाउॅंदै सरकारलाई घेर्ने काम गरिरहेको छ। वर्तमान सिक्किम सरकारले अन्यायपूर्ण आरक्षण लागू गरेको विपक्षीहरूले आरोप लगाइरहेका छन्।
अर्कातिर, मुख्यमन्त्री प्रेमसिंह तामाङले उक्त आरोपहरूलाई निराधार र जनतालाई दिग्भ्रमित गर्ने प्रवृत्तिको रहेको बताएका छन्। उनले आज सिक्किम विधान सभाको एक दिवसीय सत्रमा प्रस्तावित नगरपालिका चुनाउमा विभिन्न समुदायका लागि गरिएको आरक्षण व्यवस्थाको बारेमा स्पष्टीकरण दिए। उनले 2022 मा गरिएको सर्वेक्षणलाई नै सरकारले मान्यता दिएको र सोही आधारमा आरक्षण व्यवस्था लागू गरिएको बताए।
मुख्यमन्त्रीले नयॉं तथ्याङ्कका अनुसार राज्यका 9 वटा शहरी स्थानीय निकायहरूमा अनुसूचित जनजातिहरूको जनसंख्या सर्वाधिक 48 हजार 661 (28 प्रतिशत) रहेको अवगत गराए। यसरी नै अनुसूचित जाति 11 हजार 954 (6.88 प्रतिशत), ओबीसी (राज्य) 34 हजार 756 (20 प्रतिशत), ओबीसी (केन्द्र) 29 हजार 562 (17 प्रतिशत) र अन्यहरू 47 हजार 718 (27.45 प्रतिशत) रहेको उनले बताए। उनले अनुसूचित जनजातिहरूको जनसंख्या सर्वाधिक 28 प्रतिशत रहेकाले नगर पालिका चुनाउमा 25 वटा सीट आरक्षित गरिएको स्पष्ट पारे। उनले जनसंख्याकै आधारमा अनारक्षित 13, ओबीसी (राज्य) 11, ओबीसी (केन्द्र) 8 र अनुसूचित जाति 6 सीट आरक्षित गरिएको अवगत गराए।
यस अतिरिक्त, राज्यपालको अभिभाषणमाथि धन्यवाद प्रस्तावमा भाग लिॅंदै विधायकहरूले राखेका कुराहरूको उल्लेख गर्दै वर्तमान सरकारले स्वास्थ्य, शिक्षा, पर्यटन र रोजगारलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको मुख्यमन्त्रीले बताए। पूर्वको सरकारमा औषधिमाथि वार्षिक 13 करोड़ रूपियॉं खर्च गरिन्थ्यो भने वर्तमान सरकारले वार्षिक 40 करोड़ रूपियॉं खर्च गरिरहेको उनले बताए। औषधिका लागि प्रत्येक वर्ष 15 प्रतिशतको दरले कोषमा बढ़ोत्तरी पनि भइरहेको उनले बताए।
मुख्यमन्त्रीले एक वर्ष नयॉं सड़क नखन्ने, तर सबै अवस्थित सड़कहरूलाई कारपेटिङ गर्ने दिशामा काम भइरहेको जानकारी गराए। यस क्रममा राज्यभरि कुल 572 किलोमिटर सड़क कारपेटिङ गर्ने योजना रहेको उनले बताए। भारत-नेपाल सीमा चिवाभञ्ज्याङ मार्गको उल्लेख गर्दै उनले काम अहिले प्रगतिमा रहेको अवगत गराए। यो मार्ग आधिकारिक रूपमा खोलिएपछि यसले सिक्किमलाई मात्र नभई देशकै लागि पनि ठूलो उपलब्धि बन्ने उनले बताए। उनले चिवाभञ्ज्याङबाट केवल सात घण्टामै काठमाण्डौं पुग्ने सकिने बताए। यस अतिरिक्त, मुख्यमन्त्रीले आगामी जून महिनादेखि नथुला सीमा व्यापार पनि शुरू हुने थप जानकारी गराए।

नथुला पास भएर कैलाश मानसरोवर यात्रा गर्ने 46 जनाको पहिलो समूह दिल्लीबाट प्रस्थान

तुमिन-लिङ्गी समष्टिमा एसकेएम पञ्चायत प्रकोष्ठको ‘पञ्चायत परामर्श अभियान’ सम्पन्न

मुख्यमन्त्री तामाङले एसआईसीबीको पाँचौँ शासकीय बोर्ड बैठकको अध्यक्षता गरे

राजधानीमा पूर्वोत्तर राज्यहरूको क्षेत्रीय ऊर्जा सम्मेलन आयोजित

भाजपा सिक्किमले जोरथाङमा राज्य स्थापनाको स्वर्ण जयन्ती समारोह आयोजन गऱ्यो

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NationalNortheastreligion

आरएसएसले जोरथाङमा पथ सञ्चलन आयोजन गर्यो

Suk Raj Aaron Rai Suk Raj Aaron Rai October 25, 2025
Final Review Meeting on Ethnographic Reports of 12 Left-Out Communities of Sikkim
Landslides, road blockages in various parts of Gangtok District
At IFFI 2025, Tribeny Rai’s ‘Shape of Momos’ Brings Everyday Sikkimese Lives to Centre Stage
राज्यपालले मङ्गन जिल्ला प्रशासनिक केन्द्रमा आयोजित एक उच्चस्तरीय समीक्षा बैठकमा भाग लिए
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?