गान्तोक, 27 अगस्त। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज राजधानीको सम्मान भवनमा विभिन्न लाइन विभागका प्रधान मुख्य अभियन्ता एवं सचिव, प्रधान मुख्य अभियन्ता तथा मुख्य अभियन्ताहरूसँग बैठक गरे। उक्त जानकारी मुख्यमन्त्रीले आज सामाजिक सञ्जालमा साझा गरेका छन्।मुख्यमन्त्रीले बैठकमा सम्बन्धित विभागअन्तर्गत सञ्चालन भइरहेका विभिन्न कार्यहरूको अवस्थाबारे जानकारी लिनुका साथै परियोजनाहरूको समग्र प्रगति र वर्तमान स्थितिको समीक्षा गरे। उनले सञ्चालन भइरहेका कार्यहरूको प्रभावकारी अनुगमन, विभागहरूबीच अझ राम्रो समन्वय तथा परियोजनाहरूको समयमै कार्यान्वयन सुनिश्चित गर्न सम्बन्धित अधिकारीहरूलाई आवश्यक निर्देशन पनि दिए।मुख्यमन्त्री तामाङले सबै सम्बन्धित अधिकारीहरूलाई आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध रहँदै सामूहिक रूपमा काम गर्न आह्वान गरे। उनले सिक्किमको विकासलाई थप गति दिन तथा जनताका लागि अझ प्रभावकारी परिणाम सुनिश्चित गर्न सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए।


