By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    DREAM DEBUT: Tribeny Rai’s ‘Shape of Momo’ wins two prestigious awards at Vision Section of Busan International Film Festival 2025
    September 27, 2025
    सांसद सुब्बाले राज्यपालसॅंग गरे शिष्टाचार भेट
    September 26, 2025
    सिक्किम वीर गोर्खा पूर्व सैनिक कल्याण संघका पदाधिकारीहरूद्वारा राज्यपालसॅंग भेट
    September 26, 2025
    CM inspects newly constructed 500-bedded District Hospital in Namchi
    September 26, 2025
  • Politics
    PoliticsShow More
    एसडीएफले लगायो सरकारमाथि वाक स्वतन्त्रता खोसेको आरोप, गऱ्यो अरुण लिम्बूलाई रिहा गर्नुपर्ने माग
    September 15, 2025
    C.P. Radhakrishnan Elected New Vice President, Defeats Opposition’s Justice Sudarshan Reddy
    September 9, 2025
    दक्षिण सिक्किमको बरफुङमा एसडीएफ पार्टीको वार्डस्तरीय सभा सम्पन्न
    September 7, 2025
    District Level Coordination Meeting of SKM Organizational Wing Concludes
    September 3, 2025
    एसकेएम पार्टीको जिल्लास्तरीय समन्वय सभा मङ्गनमा सम्पन्न
    September 2, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राज्यपालले वैज्ञानिकहरूलाई राज्यमा घट्दो ठूलो अलैंचीको खेतीमाथि गहन शोध गर्न अपील गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > राज्यपालले वैज्ञानिकहरूलाई राज्यमा घट्दो ठूलो अलैंचीको खेतीमाथि गहन शोध गर्न अपील गरे
AgricultureLatest NewsSA Nepali

राज्यपालले वैज्ञानिकहरूलाई राज्यमा घट्दो ठूलो अलैंचीको खेतीमाथि गहन शोध गर्न अपील गरे

Aaron Rai
Last updated: September 25, 2025 2:54 pm
Aaron Rai Published September 25, 2025
Share
SHARE


गान्तोक, 25 सेप्टेम्बर । केन्द्रिय कृषि विश्वविद्यालय, इम्फाल अन्तर्गत बागवानी महाविद्यालय, बर्मेकमा आज एक भव्य कार्यक्रम आयोजन गरियो, जसमा महाविद्यालयको प्रशासनिक एवं शैक्षणिक भवन, छात्रावासका साथै वार्षिक जोनल कार्यशाला 2025 को उद्घाटन गरियो। उक्त आयोजन ज्ञान, नवाचार र क्षेत्रीय कृषि विकासको दिशामा एक ऐतिहासिक पहल प्रमाणित भएको राजभवनले विज्ञप्तिमा बताएको छ।
यस अवसरमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुर मुख्य अतिथिको रूपमा उपस्थित थिए। उनको साथमा केन्द्रिय कृषि राज्यमन्त्री भगीरथ चौधरी, राज्य कृषि मन्त्री पूरण गुरुङ र क्षेत्र विधायक बीएस पन्त पनि उपस्थित थिए।
राज्यपालले आफ्नो सम्बोधनमा आफू स्वयं एक किसानको छोरा रहेको बताउॅंदै आफ्नो गाउॅंमा गरिएका कृषि नवाचारहरूको बारेमा जानकारी गराए। उनले किसानहरूको समस्याहरूलाई बुझ्नु र त्यसका लागि स्थानीय समाधान प्रस्तुत गर्नु नै सॉंचो सेवा रहेको बताए।
राज्यपालले प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी सोच र समावेशी नीतिको सराहना गर्दै भने, प्रधानमन्त्रीजीको अष्ट लक्ष्मी अवधारणा अन्तर्गत आज पूर्वोत्तर भारत विकासको मुख्यधारामा बलियोसॅंग जोडिएको छ। उनले केन्द्र सरकारको किसान हितैषी योजनाहरू जस्तै प्रधानमन्त्री किसान सम्मान निधि योजना, प्रधानमन्त्री कृषि सिंचाई योजना आदि विषयमा जानकारी गराए।
राज्यपालले कार्यक्रममा उपस्थित वैज्ञानिकहरूलाई राज्यमा घट्दो ठूलो अलैंचीको खेतीमाथि गहन शोध गर्न अपील गरे। उनले भने, ठूलो अलैंची सिक्किमको पेटेन्ट फसल हो। यो राज्यको तर्फबाट विश्वलाई दिइएको एउटा अन्मोल उपहार हो। उनले वैज्ञानिकहरूलाई किसानहरूको हितलाई केन्द्रमा राखेर अनुसन्धान गर्न र स्थानीय कृषि समस्याहरूको समाधानका लागि नवाचारलाई बढावा दिन आग्रह गरे।
राज्यपालले कार्यक्रममा उपस्थित राज्यका कृषि मन्त्री र कृषि विश्वविद्यालयलाई स्थानीय फसलहरूमाथि केन्द्रित अनुसन्धान र प्रशिक्षण कार्यक्रम चलाउने आग्रह गरे। कार्यक्रममा राज्यपालले महाविद्यालय परिसरमा नवनिर्मित भवनहरूको उद्घाटन गरे भने वार्षिक जोनल कार्यशाला 2025 को विधिवत शुभारम्भ गरे। उनले प्रगतिशील कृषकहरूसॅंग अन्तरक्रिया पनि गरेका थिए।
कार्यक्रममा केन्द्रिय कृषि एवं किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले भर्चुअल माध्यमद्वारा भाग लिए। जन समूहलाई सम्बोधित गर्दै उनले पूर्वोत्तर भारतमा कृषि नवाचार, अनसन्धान र किसानहरूको सशक्तिकरणको दिशामा सरकारको प्रतिबद्धता दोहोऱ्याए।

You Might Also Like

एसडीएफ पार्टीको केन्द्रिय कार्यकारिणी समितिको महत्वपूर्ण सभा सम्पन्न

राज्यपालले विद्यार्थीहरूलाई समाजको हितमा शिक्षा आर्जन गर्न आग्रह गरे

सीएपीको सालघारी जूमको लागि एसीईसीको मासिक समन्वय बैठक सम्पन्न

हामी जनताको दु:ख हटाउनेछौं र सुशासनको नयाँ युगको सुरुवात गर्नेछौं: गणेश राई

मुख्यमन्त्रीले गरे नेवार समुदायको लागि सांस्कृतिक एवं धरोहर केन्द्र निर्माण गर्ने घोषणा

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Art & LiteratureInvestmentNationalPolitician

Sikkim’s request for holding Students’ Assembly at Lok Sabha premises

Aaron Rai Aaron Rai August 14, 2025
राजधानीमा राज्यस्तरीय 11औं अन्तरराष्ट्रिय योग दिवस पालन
राज्यपालले शिबु सोरेनको निधनमा गहिरो शोक व्यक्त गरे
गोर्खा सेवा सेनाका सदस्यद्वय बिक्रमादि राई र सुभाषमणि सिंह सिक्किम पुलिसद्वारा पक्राउ
France Ambassador Meets Sikkim Officials to Foster Bilateral Cooperation
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?