अखिल सिक्किम खस छेत्री बाहुन कल्याण सङ्घले आगामी 26 फरवरीको दिन आफ्नो 30औँ स्थापना दिवस भव्य रूपमा मनाउने भएको छ। गेजिङको क्योङसा खेल मैदानमा आयोजना गरिने स्थापना दिवस कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङको मुख्य अतिथिको रूपमा उपस्थित रहनेछन्।

मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेतले आज स्थापना दिवसको तयारीलाई लिएर चलिरहेको कार्यको निरीक्षण गरे। उनले आगामी कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन खस समुदायको एकतामा जोड़ दिए। उनले कार्यक्रमको सफलता सुनिश्चित गर्न सबैको समान दायित्व रहेको बताए।