By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
    सुन र चाँदीको मूल्यमा गिरावटको क्रम जारी
    March 24, 2026
    एसकेएमलाई आम नगरपालिका चुनाउ 2026 मा पार्टी उम्मेदवारहरूले भारी मतले जित्ने विश्वास
    March 23, 2026
    सिक्किमका कलाकारहरूको प्रवर्द्धन र उत्थानमा सिक्किम अकादेमीले सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने आश्वासन
    March 21, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: असम राइफल्स शिलङद्वारा ब्रदरवुड एफसी सिक्किम पराजित
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Entertainment > असम राइफल्स शिलङद्वारा ब्रदरवुड एफसी सिक्किम पराजित
EntertainmentSikkimSports

असम राइफल्स शिलङद्वारा ब्रदरवुड एफसी सिक्किम पराजित

Aaron Rai
Last updated: August 10, 2025 1:26 pm
Aaron Rai Published August 10, 2025
Share
SHARE


गान्तोक, 10 अगस्त। राजधानीको पाल्जोर स्टेडियममा जारी छोग्याल सर टाशी नामग्याल मेमोरियल कप 2025 को लागि 79औं स्वतन्त्रता दिवस फुटबल टुर्नामेन्टको तेस्रो क्वार्टर फाइनल खेल आज असम राइफल्स, शिलङ र ब्रदरवुड एफसी, सिक्किमबीच सम्पन्न भयो। यस खेलमा असम राइफल्स, शिलङले प्रतिद्वन्दी दललाई टाई-ब्रेकरमा पराजित गऱ्यो। निर्धारित 90 मिनटको खेल एक-एक गोलको बराबरीमा समाप्त भएको थियो।
असम राइफल्स, शिलङ र ब्रदरवुड एफसी, सिक्किमबीच आज खेलिएको तेस्रो क्वार्टर फाइनल खेल अति नै रोचक रह्यो। खेलभरि दुवै दलले एक-अर्कामाथि दबाउ बनाइरह्यो। कुनै पनि दल अर्कोभन्दा कम थिएन। दुवै दलका खेलाडीहरूले गोल गर्ने अवसरहरू पनि गुमाएका थिए। असम राइफल्स, शिलङले पेनल्टीको अवसर पाएको थियो, तर त्यसलाई गोलमा परिणत गर्न सकेन।
म्याचको पहिलो गोल ब्रदरवुड एफसी सिक्किमको तर्फबाट सुमित सापकोटाले 79औं मिनटमा गरेका थिए। यस एक गोलपछि ब्रदरवुड एफसीको जित लगभग निश्चित मानिएको थियो, तर म्याचको अन्तिम क्षण 88औं मिनटमा असम राइफल्सको तर्फबाट करण छेत्रीले एक गोल गरेर खेल बराबरीमा ल्याए। चार मिनटको अतिरिक्त समयमा दुवै दलका खेलाडीहरू गोल गर्ने निक्कै प्रयास गरे, तर उनीहरू सफल भएनन्।
यसपछि, टाई-ब्रेकरको माध्यमद्वारा विजेता दलको छनोट गरियो। टाई-ब्रेकरमा असम राइफल्स शिलङले प्रतिद्वन्दी दल ब्रदरवुड एफसी सिक्किमलाई 4-1 गोलले पराजित गऱ्यो। असम राइफल्सका गोलकीपर एस. देव विश्वासले दुई पेनल्टी किक रोकेर आफ्नो दलको जित सुनिश्चित गरेका थिए। दुई दलबीच अन्तिम स्कोर 5-2 रह्यो। गोलकीपरलाई म्यान अफ् द म्याच चयन गरियो।
मुख्य अतिथिको रूपमा उपस्थित सिक्किम चेस एसोसिएशनका महासचिव महेन्द्र ढकाल र विशिष्ट अतिथि पूर्व राष्ट्रिय फुटबल खेलाडी संजय सिंहको बाहुलीद्वारा खेलाडीलाई पुरस्कृत गरियो। भोलि सिक्किम पुलिस र सिक्किम ड्र्यागन्स एफसीबीच अन्तिम क्वार्वटर फाइनल खेल सम्पन्न हुनेछ। सिक्किम फुटबल एसोसिएशनले आयोजना गरिरहेको यस प्रतिष्ठित फुटबल प्रतियोगिताको फाइनल खेल आगामी 15 अगस्तमा सम्पन्न हुनेछ।

You Might Also Like

मुख्यमन्त्रीले केन्द्रिय मन्त्री रिजिजुसॅंग गरे शिष्टाचार भेट

राज्यपालले पेमायाङग्त्से गुम्पा र चेरेजी गुम्पामा पूजा गरे

राज्यपाल स्वर्ण कप: इस्ट बंगाललाई पराजित गरेर सर्भिसेस एफटी सेमिफाइनलमा

State-level Sakewa festival 2024 to be celebrated at Tathang

मल्ली चेकपोस्टमा संदिग्ध ब्राउन शुगरसहित दुई जना पक्राउ

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
NationalpoliticalSA Nepali

स्ट्रिट फूड प्रकरण: भाजपा महिला मोर्चाद्वारा जिम्मेवार पुलिस कर्मी विरुद्ध कडा कारबाहीको माग

Aaron Rai Aaron Rai March 11, 2026
राज्य वन एवं पर्यावरण विभागको ध्वजवाहक पहल ‘ग्रीन वक’ राज्यव्यापी रूपमा सम्पन्न
राजभवनद्वारा भव्य रात्रिभोजको आयोजन
राज्यपालले होली पर्वको राज्यवासीहरूलाई शुभकामना दिए
CM Inaugurates International Literary Festival 2024 at Gangtok
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?