By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    प्रेस क्लब र आईपीआर विभागको सक्रियतामा स्वर्ण जयन्ती सम्मेलन ‘सिक्कम@50’ आयोजित
    May 13, 2025
    गम्भीर रूपमा घाइते सीएपी नेता प्रशान्त गुरुङ सिलगढी रेफर
    July 19, 2025
    Latest News
    न्यायमूर्ति मीनाक्षी मदन राई सिक्किम राज्य मानव अधिकार आयोगकी अध्यक्ष नियुक्त
    August 24, 2026
    आईटीएसको वन, पर्यावरण तथा वन्यजन्तु प्रबन्धन विभागका वरिष्ठ अधिकारीहरूसँग परामर्श बैठक
    August 24, 2026
    जनताको विश्वास र जिम्मेवारीप्रति सदैव इमानदार रहनेछु: गणेश राई
    August 23, 2026
    युक्सममा आठ दिवसीय पाङ ल्हाब सोल पर्व शुरु
    August 21, 2026
  • Politics
    PoliticsShow More
    भाजपा नेतृ सृजना छेत्री भाजपा राष्ट्रिय महिला मोर्चाकी अध्यक्षको कार्यभार ग्रहण समारोहमा सहभागी
    August 24, 2026
    नामथाङ-रातेपानी विधानसभा क्षेत्रमा सीएपी कार्यकारी परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    August 22, 2026
    आरएपी/पीएपी राजस्वको २७ करोड़ कहाँ गयो? भाजपाद्वारा छानबिन र एफआईआरको माग
    August 21, 2026
    मानेबुङ-देन्ताममा सीएपी र एसडीएफका सदस्यहरू एसकेएम पार्टीमा सामेल
    August 21, 2026
    भाजपाले एकीकृत सिङ्गल विन्डो परमिट प्रणालीको निजीकरणको विरोध जनायो
    August 19, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: आईटीएसको वन, पर्यावरण तथा वन्यजन्तु प्रबन्धन विभागका वरिष्ठ अधिकारीहरूसँग परामर्श बैठक
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > आईटीएसको वन, पर्यावरण तथा वन्यजन्तु प्रबन्धन विभागका वरिष्ठ अधिकारीहरूसँग परामर्श बैठक
EnvironmentInvestmentLatest News

आईटीएसको वन, पर्यावरण तथा वन्यजन्तु प्रबन्धन विभागका वरिष्ठ अधिकारीहरूसँग परामर्श बैठक

Suk Raj Aaron Rai
Last updated: August 24, 2026 2:39 pm
Suk Raj Aaron Rai Published August 24, 2026
Share
SHARE

गान्तोक, 24 अगस्त।इन्स्टिच्युट फर ट्रान्सफर्मिङ सिक्किम (आईटीएस) का उपाध्यक्ष सीपी शर्माको नेतृत्वमा आईटीएसका सदस्यहरूले सोमबार टाशीलिङ सचिवालयको सम्मेलन कक्षमा वन, पर्यावरण तथा वन्यजन्तु प्रबन्धन विभागका वरिष्ठ अधिकारीहरूसँग परामर्श बैठक गरेका छन्।बैठकलाई सम्बोधन गर्दै वन, पर्यावरण तथा वन्यजन्तु प्रबन्धन विभागका सल्लाहकार एवं विधायक तेन्जिङ नर्बु लाम्थाले चेक एन्ड ब्यालेन्सको महत्त्वमा जोड दिँदै दिगोपन तथा निर्माण गरिएका सम्पत्तिहरूको उचित संरक्षण र मर्मतसम्भार आवश्यक रहेको बताए। उनले समयमै मर्मतसम्भार नगरे सिर्जना गरिएका सम्पत्तिहरू भविष्यमा दायित्वमा परिणत हुन सक्ने चेताउनी दिए।योजना तथा विकास विभागका सचिव तुषार निखारेले स्वागत मन्तव्य राख्दै विभिन्न विभागसँग परामर्श बैठकको शृंखला आयोजना गर्नुको उद्देश्य ‘विकसित सिक्किम @2047’ का लागि सम्बन्धित विभागहरूको दृष्टिकोणबारे छलफल गर्नु तथा विभिन्न विभागबाट आवश्यक सुझाउहरू संकलन गर्नु रहेको बताए।वन, पर्यावरण तथा वन्यजन्तु प्रबन्धन विभागका प्रमुख वन संरक्षक डा. डी. मञ्जुनाथाले आफ्नो प्रस्तुतीकरणमा सिक्किमको समृद्ध जैविक विविधता तथा भू-दृश्यमा आधारित संरक्षण, जलवायु उत्थानशीलता र मानव-वन्यजन्तु सहअस्तित्व सुदृढ़ गर्नुपर्ने आवश्यकतामाथि प्रकाश पारे।उनले मानव-वन्यजन्तु संघर्ष, जलवायु परिवर्तन तथा वासस्थान खण्डीकरणलाई प्रमुख चुनौतीका रूपमा उल्लेख गर्दै ‘सिक्किम वन्यजन्तु क्षेत्र दृष्टिकोण 2047’ अन्तर्गत पाँच रणनीतिक लक्ष्य प्रस्तुत गरे। ती लक्ष्यमा जैविक विविधताको संरक्षण, जलवायु-उत्थानशील पारिस्थितिक प्रणाली, मानव-वन्यजन्तु सहअस्तित्व, हरित जीविकोपार्जन तथा स्मार्ट वन्यजन्तु शासन समावेश छन्।वन, पर्यावरण तथा वन्यजन्तु प्रबन्धन विभागका अतिरिक्त निर्देशक (योजना) निश्चल गौतमले वन संरक्षण तथा जैविक विविधता व्यवस्थापनका क्षेत्रमा राज्यले हासिल गरेका उपलब्धि र सञ्चालन गरिरहेका पहलहरूबारे प्रस्तुतीकरण दिए। उनका अनुसार, सिक्किमको कुल भौगोलिक क्षेत्रफलमध्ये ४७.३३ प्रतिशत भूभाग वनले ओगटेको छ। सन् २०२१ देखि २०२३ सम्म वन क्षेत्र करिब १७.३७ वर्ग किलोमिटरले वृद्धि भएको छ, जबकि राष्ट्रिय औसत २१.७६ प्रतिशत रहेको छ। उनले राज्यको ५,८४१ वर्ग किलोमिटर अर्थात् ८२ प्रतिशतभन्दा बढी भूभाग रेकर्डेड फरेस्ट एरिया (आरएफए) अन्तर्गत रहेको तथा थप १,२९७.७७ वर्ग किलोमिटर क्षेत्र आरएफए बाहिर रहेको जानकारी दिए।भारतको कुल भौगोलिक क्षेत्रफलको करिब ०.२ प्रतिशत मात्र ओगटेको सिक्किमले देशको करिब २६ प्रतिशत जैविक विविधतालाई संरक्षण गरिरहेको उनले बताए। राज्यको संरक्षित क्षेत्र सञ्जालले कुल भौगोलिक क्षेत्रफलको ३०.७७ प्रतिशत भूभाग समेटेको छ, जुन भारतीय राज्यहरूमध्ये सबैभन्दा उच्च हो। यसको तुलनामा राष्ट्रिय औसत करिब ५.३ प्रतिशत रहेको छ।वन्यजन्तु संरक्षणका क्षेत्रमा हासिल महत्वपूर्ण उपलब्धिबारे जानकारी दिँदै गौतमले पाङ्गोलाखा वन्यजन्तु अभयारण्यअन्तर्गत गोरू जुरे क्षेत्रमा ९,५८३ फिटको उचाइमा पहिलोपटक क्यामेरा ट्र्यापमार्फत हिउँ चितुवाको तस्बिर कैद गरिएको बताए। उल्लेखनीय रूपमा, यही स्थानबाट यसअघि ६ दिसम्बर २०१८ मा सिक्किममा पहिलोपटक रोयल बंगाल टाइगरको तस्बिर अभिलेख गरिएको थियो।

Institute for Transforming Sikkim holds first review meeting with officers of Mangan District

सीएपीका कार्यकर्ताहरूमाथि थाना परिसरमा हमला नभएको पुलिसको दाबी

मुख्यमन्त्रीले अजित पवारको निधनप्रति शोक व्यक्त गरे

Folk Tales Narration Programme Concludes Successfully at Creative Hub 2.0.

सिक्किम वीर गोर्खा पूर्व सैनिक कल्याण संघका पदाधिकारीहरूद्वारा राज्यपालसॅंग भेट

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EconomyInvestmentSA NepaliStartup

सिक्किम आमा सहयोग योजनाका लाभार्थीहरूलाई चेक वितरण गरियो

Suk Raj Aaron Rai Suk Raj Aaron Rai August 28, 2025
तेस्रो सिक्किम कलाकर भरोसा सम्मेलन २०२६ को समापन
Farmers Empowered to Boost Organic Honey & Turmeric Production at Pakyong
राज्यपालले खो-खो प्रतियोगिताका विजेताहरूलाई प्रोत्साहित गर्दै सहयोग राशि प्रदान गरे
मुख्यमन्त्रीले लगाएका आरोपहरू सत्य हुन् भने कानूनी कारबाही अगाडि बढाइयोस्, एसडीएफले पूर्ण सहयोग गर्नेछ
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?