By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    एसकेएमलाई आम नगरपालिका चुनाउ 2026 मा पार्टी उम्मेदवारहरूले भारी मतले जित्ने विश्वास
    March 23, 2026
    सिक्किमका कलाकारहरूको प्रवर्द्धन र उत्थानमा सिक्किम अकादेमीले सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने आश्वासन
    March 21, 2026
    सहकारिता मन्त्रालयका निर्देशक कपिल मीना दुई दिवसीय सिक्किम भ्रमणमा
    March 19, 2026
    राजधानीमा आजदेखि ‘सिक्किम अन्तरराष्ट्रिय फिल्म महोत्सव 2026’ शुरू भएको छ।
    March 19, 2026
  • Politics
    PoliticsShow More
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
    सीएपी अध्यक्षले गरे सम्पूर्ण महिलाहरूलाई अन्यायका विरुद्ध एकजुट भई अगाडि बढ्न आह्वान
    February 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: आम नागरिकहरूको सुरक्षा सुनिश्चित गरिएन भने नागरिक सुरक्षा दल निर्माण गर्ने सीएपी अध्यक्षले दिए चेताउनी
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > आम नागरिकहरूको सुरक्षा सुनिश्चित गरिएन भने नागरिक सुरक्षा दल निर्माण गर्ने सीएपी अध्यक्षले दिए चेताउनी
Latest NewsSA NepaliSikkim

आम नागरिकहरूको सुरक्षा सुनिश्चित गरिएन भने नागरिक सुरक्षा दल निर्माण गर्ने सीएपी अध्यक्षले दिए चेताउनी

Aaron Rai
Last updated: July 22, 2025 5:02 pm
Aaron Rai Published July 22, 2025
Share
SHARE


गान्तोक, 22 जुलाई। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमका अध्यक्ष गणेश कुमार राईको अगुवाईमा आज बिहान पार्टीका कार्यकर्ताहरू राज्यका मुख्य सचिवलाई भेट्न टाशीलिङ सचिवालय पुगेका थिए, तर सचिवसॅंग भेट हुन सकेन। गत 17 जुलाईका दिन राजधानीमा सीएपी नेतृत्वहरूमाथि भएको हमलाकाण्डलाई लिएर सीएपी अध्यक्ष आज मुख्य सचिवलाई भेट्न आएका थिए। सचिवालय परिसरमा तैनात पुलिसकर्मीहरूले सीएपी कार्यकर्ताहरूलाई सचिवालयमा प्रवेश गर्न दिएनन्।
टाशीलिङ सचिवालय परिसरमा पत्रकारहरूलाई सम्बोधन गर्दै सीएपी अध्यक्षले सोमवार सॉंझ मुख्य सचिव कार्यालयले मंगलवार बिहान 10:30 बजी मुख्य सचिवलाई भेट्ने समय दिएको र आज आफूहरू 10:50 बजी सचिवालय आइपुग्दा भित्र प्रवेश गर्न नदिएको जानकारी गराए। उनले पश्चिम सिक्किमबाट राजधानी आइपुग्न समय लागेको र ट्राफिक समस्याका कारण निर्धारित समयमा सचिवालय आउन असमर्थ बनेको अवगत गराए। उनले गत 17 जुलाईका दिन सीएपी नेतृत्वहरूमाथि सदर थाना परिसरमा प्राणघातक हमला भएको र अहिलेसम्म कुनै कारबाही नभएको विषयमा मुख्य सचिवलाई ज्ञापन बुझाउन आएको बताए।
उनले यस अघि पनि सीएपी नेता आशिष राईमाथि हमला भएको थियो भने उक्त घटनालाई लिएर डीजीपीलाई ज्ञापन बुझाए तापनि कुनै कारबाही नभएको बताए। यस कारण गत 17 जुलाईका दिन भएको घटनाको सम्बन्धमा प्रशासनका प्रमुख मुख्य सचिवलाई भेटेर ज्ञापन बुझाउन आएको उनले स्पष्ट पारे। तर, आफूहरूले मुख्य सचिवको कार्यालयमा जाने अनुमति नपाएको र अपोइन्टमेन्टको लागि फेरि आवेदन गर्न निर्देश दिइएको उनले बताए। उनले मुख्य सचिव र पुलिसकर्मीहरूलाई भन्नु केही नरहेको बताउॅंदै सबै मिन्तोकगाङको इशारामा चल्नुपर्ने अवस्था रहेको दाबी गरे।
सीएपी अध्यक्ष राईले आज आफूहरू सिक्किममा कानून-व्यवस्था सुनिश्चित होस् र राज्यका आम मानिसहरू लगायत विपक्षी राजनीतिक दलका नेताहरू, उनीहरू परिवार र कार्यकर्ताहरूको सुरक्षा सुनिश्चित होस् भन्न खातिर ज्ञापन बुझाउन आएका थियौं भनी बताए। मुख्य सचिवले आगामी दिनहरूमा यस्तो घटना फेरि नदोहोरियोस् र राज्यका सबै नागरिकहरूले सुरक्षित महसुस गर्न सकुन् भनी प्रशासनले आशा, भरोसा र विश्वास दिन सक्नुपर्छ भनी उनले बताए।
उनले यो वर्ष 2025 भित्र प्रशासनले सिक्किमे जनतामा सुरक्षाको भावना सुनिश्चित गर्ने काम गर्नुपर्छ, नत्र सीएपीले नागरिक सुरक्षा दल निर्माण गर्नेछ भने। उनले नागरिक सुरक्षा दल निर्माण गर्नुको उद्देश्य आम नागरिकहरूको सुरक्षा, विपक्षी पार्टीका परिवार, नेता र कार्यकर्ताहरूको सुरक्षा गर्नु रहने स्पष्ट पारे। उनले सीएपी यदि यो दल निर्माण गर्नु पर्ने अवस्थामा पुग्यो भने यसको सरासर जिम्मा सरकार र प्रशासन हुनेछ भने। उनले जनताको सुरक्षा सुनिश्चित गर्न सीएपीले आवश्यक सबै ठाउॅंहरूमा गुहार लगाउने छ र यदि सबै तिरबाट निराशा हात लागेको खण्डमा नागरिक सुरक्षा दल गठन गर्ने बताए।
उनले नागरिक सुरक्षा दलको गठन कसैमाथि हमला गर्नु होइन, तर जनतामा सुरक्षाको भावना सुनिश्चित गर्न गरिने बताए। उनले आज विपक्षी नेताहरूको घर परिवारमा आतङ्क छाएको छ भन्दै राज्यमा व्याप्त अराजकता रोक्ने काम प्रशासनको हो भनी बताए।
यस अतिरिक्त, सीएपी अध्यक्षले मल्ली पुलिस थानाका एसएचओ विरुद्ध पनि ज्ञापन पत्र बुझाएको बताए। उनले एसएचओमाथि एसकेएम पार्टीको कार्यकर्ताको रूपमा काम गरेको आरोप लगाउॅंदै उनको स्थानान्तरणको माग गरे।

You Might Also Like

एसटीएनएम अस्पतालमा दन्त चिकित्सक दिवस मनाइयो

District Administrative Centre Namchi Celebrates 11th International Yoga Day

Platinum jubilee celebrations of KB Limboo Government Senior Secondary School

एनके सुब्बाले भाजपा महासचिव सन्तोषसंग आगामी नगर निगम चुनाउबारे चर्चा गरे

हाम्रो लक्ष्य 2029 होइन, 2034 हो: मुख्यमन्त्री

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
InsiderNationalOpinionSA Nepali

भाजपा सिक्किमले राज्यपाललाई राजनीतिक हिंसाका घटनाहरूको सन्दर्भमा ज्ञापन बुझायो

Aaron Rai Aaron Rai July 24, 2025
Sikkim BJP welcomes Census announcement
मा​मरिङमा भेटियो एक महिलाको शव, जॉंचमा जुट्यो पुलिस
सीएपी अध्यक्षले पार्टी सिक्किम र सिक्किमेली जनताप्रति सधैं इमानदार रहेको दाबी गरे
कुपुपमा भएको वाहन दुर्घटनामा सेनाका एक जवान बलिदान, एक घाइते
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?