By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    सिक्किमका मेहनती युवाहरूको आकांक्षालाई पारदर्शिताको अभावमा सम्झौता गर्न नदिने भाजपा सिक्किमको अडान
    March 17, 2026
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    Latest News
    मुख्य सचिवहरूको पाँचौं राष्ट्रिय सम्मेलनको राज्यस्तरीय अनुगमन बैठक सम्पन्न
    March 25, 2026
    सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न
    March 25, 2026
    जनगणना 2027 दुई चरणमा सम्पन्न गरिने, पहिलो चरण 16 अप्रेलदेखि शुरू हुने
    March 25, 2026
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एलपीजी आपूर्ति प्रणालीलाई बलियो र भरपर्दो वितरण प्रणाली बनाउन सुधार आवश्यक: भोजराज राई
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > एलपीजी आपूर्ति प्रणालीलाई बलियो र भरपर्दो वितरण प्रणाली बनाउन सुधार आवश्यक: भोजराज राई
Sikkim

एलपीजी आपूर्ति प्रणालीलाई बलियो र भरपर्दो वितरण प्रणाली बनाउन सुधार आवश्यक: भोजराज राई

SA Desk
Last updated: March 7, 2025 7:24 pm
SA Desk Published March 7, 2025
Share
SHARE

गान्तोक, 07 मार्च। राज्य खाद्य तथा नागरिक आपूर्ति विभागका मन्त्री भोजराज राईले बिहिवार राजधानीको टाशीलिङ सचिवालयमा राज्यका सबै 6 जिल्लाका खाद्य तथा नागरिक आपूर्ति विभाग, एलपीजी वितरकहरू र पेट्रोलियम पम्प डिलरहरूसॅंग आयोजित बैठकको अध्यक्षता गरे। बैठकमा खाद्य तथा नागरिक आपूर्ति विभागका सचिव-प्रभारी तेन्जिङ टी. काल्योन, एसटीसीएसका एमडी टार्जन सुब्बा, विधिक माप विज्ञान एकाई एवं उपभोक्ता संरक्षण प्रकोष्ठ र एसटीसीएसका वरिष्ठ अधिकारीहरू उपस्थित थिए।
उक्त बैठक गत 25 फरवरीका दिन एलपीजी, डिजल र पेट्रोलसँग सम्बन्धित विषयहरूलाई सम्बोधन गर्न आईओसीएल, एचपीसीएल र बीपीसीएलका तेल मार्केटिङ कम्पनीहरूसँग आयोजित समन्वय बैठकको निरन्तरता रहेको विज्ञप्तिमा उल्लेख छ।
बैठकमा मन्त्रीले राज्यको एलपीजी आपूर्ति प्रणालीलाई बलियो र भरपर्दो वितरण प्रणाली बनाउन सुधार आवश्यक रहेको बताए। यस सन्दर्भमा उनले सबै एलपीजी वितरकहरूलाई बिक्री गर्नुअघि ग्राहकहरूलाई एलपीजी सिलिन्डर रिफिलको तौल प्रदर्शन गर्न, तेल कम्पनीले सूचित गरेको दर मात्र लिन र सबै शुल्कहरूको लागि विस्तृत नगद मेमो जारी गर्न निर्देश दिए।
उनले अवैध आप्रवासीहरूका कारण एलपीजीको बढ्दो कालोबजार मागमा योगदान पुर्‍याइरहेको बताउॅंदै वितरकहरूलाई यस्तो अवैध बिक्री तुरुन्तै बन्द गर्न निर्देश दिए। कालोबजारीले अभावलाई बढाउँछ र वैध बासिन्दाहरूलाई आवश्यक आपूर्तिहरू पहुँच गर्न गाह्रो बनाउँछ भनी बताए। यसैगरी, उनले आगामी मनसुन मौसमलाई ध्यानमा राख्दै एलपीजी र पेट्रोलियमको पर्याप्त स्टक सुनिश्चित गर्न सरोकारवालाहरूलाई निर्देश दिए।
बैठकमा सबै एलपीजी वितरकहरूलाई सिङ्गल बटल कनेक्शनलाई डबल बटल कनेक्शनमा रूपान्तरणलाई सक्रिय रूपमा प्रवर्द्धन गर्न निर्देश दिइएको छ। ग्राहकहरूलाई दुईवटा सिलिन्डर उपलब्ध गराउनु पर्ने र यसले मनसुन अवधिमा सम्भावित आपूर्ति अवरोधहरूको प्रभावलाई कम गर्न मद्दत गर्ने बताइयो।
यसैगरी, राज्यका मुख्यमन्त्रीको विचार अनुरूप मन्त्री राईले सबै पेट्रोल पम्प डिलरहरूलाई पुरुष र महिला दुवैका लागि स्वच्छ शौचालय र ग्राहकहरूका लागि सफा पानीको व्यवस्था सुनिश्चित गर्न निर्देश दिए। उनले एलपीजी वितरक र पेट्रोल पम्प डिलरहरूले सरकारको निर्देशन पालना नगरेमा कारबाहीको कडा चेताउनी पनि दिएका छन्।

You Might Also Like

Remodelled BL House Inaugurated by Chief Minister

10 जना भाजपामा सामेल, प्रदेश अध्यक्षले जनाए स्वागत

मुख्यमन्त्रीद्वारा रिम्बिक गाउॅंको घटनाप्रति गहिरो दु:ख प्रकट

State honours legacy of Nar Bahadur Bhandari on his 84th birth anniversary

सिक्किम ड्र्यागन्स बन्यो छोग्याल सर टाशी नामग्याल मेमोरियल कप 2025 च्याम्पियन

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Art & LiteratureCultureNationalNortheastSA Nepali

परम्परागत बॉंस शिल्पकार भरत राई ‘सिक्किम अकादमी पुरस्कार 2025’ ले सम्मानित

Aaron Rai Aaron Rai December 8, 2025
Official Ceremony Held in Gangtok to Mark Three Major Milestones
World Youth Skills Day 2025 Celebrated with Renewed Commitment to Empowering Sikkim’s Youth
Sikkim MP seeks Gadkari’s urgent intervention on flood-prone NH 10
एसडीएफले राज्य स्थापनाको 50औं वर्षगॉंठ पालन गऱ्यो
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?