By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    प्रतिबन्धित लागूऔषधसहित एक व्यक्ति पक्राउ
    June 27, 2025
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    लागूऔषध दुरुपयोग रोकथामका लागि सरकार, समुदाय र व्यक्तिहरूको सहकार्यात्मक प्रयास महत्वपूर्ण: मुख्यमन्त्री
    June 26, 2025
    भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो
    June 25, 2025
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो
    June 25, 2025
    Samvidhaan Hatya Diwas, Sikkim Marks 50 Years Since Emergency
    June 25, 2025
    पवन चामलिङका आरोपहरू जनता र कानूनको अदालतमा टिक्न सक्दैन: जेकब खालिङ
    June 24, 2025
    कोमल चामलिङले सिक्किमको राजनीतिमा खुल्ला रूपमा अघि आएको घोषणा गरिन् — पार्टी त्याग्ने नेताहरूमाथि लगाइन् सिद्धान्तमा अडिग बस्न नसकेको आरोप
    June 22, 2025
    एसकेएम पार्टीको चानमारीमा वार्डस्तरीय कमिटी गठित
    June 21, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसकेएम पार्टीले गोर्खा सेवा सेनाका सदस्यहरू विरुद्ध दर्ता गरिएको एफआईआरको स्वागत जनायो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > एसकेएम पार्टीले गोर्खा सेवा सेनाका सदस्यहरू विरुद्ध दर्ता गरिएको एफआईआरको स्वागत जनायो
Latest NewsPolitics

एसकेएम पार्टीले गोर्खा सेवा सेनाका सदस्यहरू विरुद्ध दर्ता गरिएको एफआईआरको स्वागत जनायो

Aaron Rai
Last updated: June 7, 2025 5:22 pm
Aaron Rai Published June 7, 2025
Share
SHARE


गान्तोक, 07 जून। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले सिक्किम सरकारको गृह विभागद्वारा गोर्खा सेवा सेनासँग सम्बन्धित नोएल शर्मा, बिक्रमादी राई र सुभाषमणि सिंह विरुद्ध एफआईआर दर्ता गरेको कुरालाई खुलेर स्वागत जनाएको छ। सरकारको यस्तो निर्णयले सिक्किमको कानुनी व्यवस्था, सामाजिक शान्ति र पहिचानको रक्षा गर्नेछ भन्ने एसकेएमले विश्वास व्यक्त गरेको छ।
एसकेएम पार्टीका प्रवक्ता बिकास बस्नेतले आज जारी प्रेस विज्ञप्तिमा भनेका छन्, यी व्यक्तिहरूले “दार्जिलिङ–सिक्किम एकीकरण” भन्ने अस्वीकार्य र अविवेकी विषयमा कार्यक्रम आयोजना गर्न गैरकानुनी तरिकाले सिक्किम सरकारको लोगो र “सुनौलो, समृद्ध अनि समर्थ सिक्किम” को आधिकारिक थिम प्रयोग गरेका छन्। सुभाषमणि सिंह गृह विभागमा आरटीआई अपीलको कानुनी सुनुवाईमा सहभागी भएका थिए, तर त्यसपछि पत्रकार सम्मेलनमार्फत त्यस सुनुवाइलाई “सरकारसँग छलफल भएको” झैँ देखाउँदै जनतालाई भ्रममा पार्ने झुटो प्रचार गरिएको थियो।
सिक्किम सरकारको भनाइ अनुसार, यी सबै कार्यहरू सिक्किम राज्य सरकारको छविमा आघात पुर्‍याउने, सामाजिक सद्भाव बिगार्ने र जनताको भावना भड्काउने नियोजित प्रयास हुन्। उनीहरू विरुद्ध भारतीय न्याय संहिता, 2023 अन्तर्गत धारा 152 (राष्ट्रिय एकता र अखण्डतामा खतरा पुर्‍याउने), धारा 196 (समुदायबीच वैमनस्य फैलाउने), र धारा 336 (झुटो दस्तावेज बनाएर जनतालाई भ्रममा पार्ने) लगायतका गम्भीर मुद्दा लगाइएको छ।
एसकेएम गोर्खा सेवा सेनाको कार्यलाई राज्यको संवैधानिक मर्यादा र सांस्कृतिक पहिचानमाथिको गम्भीर हमला ठहर गरेको छ। प्रवक्ता बस्नेतले भनेका छन्, सिक्किम र दार्जिलिङबीच सदियौंदेखिको कायम आपसी समझदारी र भाइचारा यस्ता केही सीमित स्वार्थी तत्वहरूले बिगार्न खोज्नु अत्यन्त निन्दनीय छ। सिक्किमवासीहरूले कहिल्यै पनि “दार्जिलिङ–सिक्किम एकीकरण” भन्ने अनौठो र अवास्तविक विचारको समर्थन गरेका छैनन्, बरु सधैं गोर्खाल्याण्ड राज्यको मागलाई संवेदनशील रूपले समर्थन गरेका छन्।
उनले एसकेएम पार्टी र मुख्यमन्त्री पीएस गोलेले पार्टी स्थापनाकालदेखि नै यस्ता समाज विरोधी विचारको कठोर विरोध गर्दै आएको स्पष्ट गरेका छन्। वर्तमान सरकारले सिक्किमको स्वाभिमान र विशेष अधिकार जोगाउन कुनै पनि हदसम्म जानेछ भनी उनले दृढ विश्वास व्यक्त गरेका छन्। उनले जनताको भावना आहत पार्ने यस्ता कार्यलाई सधैंका लागि रोकिने गरी कडा कानुनी कारबाही हुने पनि विश्वास व्यक्त गरेका छन्, ताकि भविष्यमा कुनै पनि व्यक्तिले व्यक्तिगत स्वार्थ वा राजनीतिक लाभका लागि यस्ता अनावश्यक र समाज विघटनकारी एजेन्डा उठाउने साहस नगरोस्।
उनले सम्पूर्ण सिक्किमवासीहरूलाई एकतामा बस्न, सतर्क रहन र यस्तो अनुशासनविहीन कार्यहरूको विरोधमा एक स्वरमा उभिन अपील गरेका छन्। उनले हामी सबैले मिलेर हाम्रो राज्यको शान्ति, पहिचान र अखण्डताको रक्षा गर्नुपर्छ भनी आह्वान पनि गरेका छन्।

You Might Also Like

नवनिर्मित साङ्कलाङ बेली ब्रिज भत्किएकोमा सीएपीद्वारा गम्भीर चिन्ता व्यक्त

एसडीएफ अध्यक्ष पवन चामलिङ पोक्सो मामिलामा आरोप मुक्त

वक्फ संशोधन ऐनलाई लिएर प्रदेश भाजपाद्वारा जागरूकता कार्यक्रम आयोजित

सीएपी सिक्किमले पञ्चायती राज दिवस पालन गऱ्यो

मुख्यमन्त्रीले पैह्रोको चपेटमा परेर ज्यान गुमाएको घटनाप्रति दु:ख व्यक्त गरे

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
NortheastTourism

Pelling Celebrates 50 Years of Statehood with Paragliding and Cultural Showcases

Aaron Rai Aaron Rai May 14, 2025
मुख्यमन्त्रीले धावक शान्तिराम नेपाललाई झण्डा फहराएर प्रस्थान गराए
टिस्टा नदी आवासीय क्षेत्रतर्फ बढिरहेकाले बाढीको जोखिम बढ्दै: केन्द्रिय प्यानल
Sikkim Governor calls on VP, Defence minister
Two Sikkim health workers invited as special guests for the 78th Independence Day Celebration at Red Fort
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?