By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राज्यपालले सिङतामको भ्रमण गरेर स्थानीय मानिसहरूलाई सतर्कता अपनाउन आह्वान गरे
    June 4, 2025
    एसकेएम संस्कृति शाखाको सक्रियतामा ‘क्ल्याश अफ् डान्सर्स 2.0’ को अडिशन राजधानीमा हुने
    July 10, 2025
    Latest News
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
    सिक्किमको औद्योगिक विकास तथा जनकल्याणका लागि राज्यपालले फार्मा कम्पनीहरूसँग उच्चस्तरीय बैठक गरे
    August 6, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: चुङथाङमा फसेका पर्यटकहरू साङ्कालाङको बेली ब्रिज हुॅंदै गान्तोक आउने क्रम जारी
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Tourism > चुङथाङमा फसेका पर्यटकहरू साङ्कालाङको बेली ब्रिज हुॅंदै गान्तोक आउने क्रम जारी
Tourism

चुङथाङमा फसेका पर्यटकहरू साङ्कालाङको बेली ब्रिज हुॅंदै गान्तोक आउने क्रम जारी

Suk Raj Aaron Rai
Last updated: April 25, 2025 4:46 pm
Suk Raj Aaron Rai Published April 25, 2025
Share
SHARE


गान्तोक, 25 अप्रेल। उत्तर सिक्किमको चुङथाङबाट पर्यटकहरूलाई सुरक्षित फिर्ता गर्ने प्रक्रिया आज बिहानदेखि साङ्कालाङमा नवनिर्मित बेली ब्रिज हुँदै शुरु गरिएको छ। हालको साङ्कालाङको बेली ब्रिज भएर सवारी साधनहरू पार भइरहेका छन् र मंगन हुँदै गान्तोक आउने क्रममा छन्।
भारतीय सेनाको त्रिशक्ति कोरले हालैमा तयार गरेको बेली ब्रिजको हिजो मात्र उद्घाटन गरिएको थियो। मंगन जिल्लाका जिल्लापाल अनन्त जैन र एसपी सोनाम डी. भोटियाले बिहान साङ्कालाङ पुगेर स्थितिमाथि निगरानी राखेका थिए। साङ्कालाङको अवस्थाको अवलोकन गरेपछि जिल्लापाल, पुलिस अधीक्षक र जिल्ला आपदा प्रबन्धन विभागका उपनिर्देशक थप आकलनको निम्ति चुङथाङतिर प्रस्थान भएका छन्।
जिल्लापाल जैनले भने, हिजो परेको भारी वर्षाका कारण लाचेन र लाचुङ जाने बाटो बन्द भयो। यस कारण दुई ठाउॅंमा पर्यटकहरू फसेका थिए। चुङथाङमा फसेका पर्यटकहरू गान्तोक फर्किरहेका थिए। उनीहरूलाई आज साङ्कालाङ बेली ब्रिज भएर पठाउने कार्य चलिरहेको छ।
उनले चुङथाङ अगाडि फसेका पर्यटकहरू लाचेन र लाचुङ गइरहेका थिए। उनीहरूलाई गुरुद्वारा, आईटीबीपी क्याम्प र स्थानीय मानिसहरूले आश्रय उपलब्ध गराएका छन्। जिल्लापालले लाचुङ जाने बाटो आज सॉंझसम्म खोल्ने प्रयास चलिरहेको ग्रेफमार्फत थाहा लागेको जानकारी गराए।
उल्लेखनीय छ, बिहिवार साँझ भारी वर्षाका कारण गएको पैह्रोका कारण लाचेन र लाचुङ जाने सडकहरू बन्द भएको थियो। सडक मार्गहरू बन्द भएपछि घुम्न गएका पर्यटकहरू फसेका थिए। यात्रीहरूको निरन्तर आवागमन र सुरक्षा सुनिश्चित गर्न प्राथमिकताका साथ पुनर्स्थापना कार्य भइरहेको छ।
लाचुङ र लाचेनमा फसेका पर्यटकहरू सुरक्षित छन् भनी सुनिश्चित गर्न जिल्ला प्रशासनले सबै आवश्यक व्यवस्था गरेको बताइएको छ।
[5:37 pm, 25/4/2025] Bishal Da hindustan Times: राज्यपालले मुख्य सचिवबाट उत्तर सिक्किमको स्थितिको बारेमा जानकारी लिए
गान्तोक, 25 अप्रेल। उत्तर सिक्किममा हिजो सॉंझ भएको भारी वर्षाका कारण पैह्रोले यातायात अवरुद्ध बनेपछि धेरै संख्यामा पर्यटकहरू प्रभावित बनेका छन्। यस सम्बन्धमा आज राज्यपाल ओम प्रकाश माथुरले राज्यका मुख्य सचिव आर. तेलाङबाट स्थितिको बारेमा जानकारी लिएका छन्।
राज्यपालले राहत कार्यलाई अझ सुचारू रूपमा सञ्चालित गर्न र प्रभावित पर्यटकहरूलाई चॉंडोभन्दा चॉंडो सुरक्षित स्थानसम्म पुऱ्याउने व्यवस्था सुनिश्चित गर्न निर्देश दिएका छन्।
मुख्य सचिव तेलाङले राहत एवं बचाउ कार्यको प्र​गतिको बारेमा जानकारी गराउॅंदै प्रशासन यस कार्यमा सक्रिय रहेको र स्थिति नियन्त्रणमा रहेको बताए। उनले आज रातिसम्म सबै पर्यटकहरूलाई सुरक्षित रूपमा गान्तोक ल्याउने व्यवस्था गरिएको बताएका छन्।

संसदीय स्थायी समितिले सिक्किमका राज्यपालसॅंग शिष्टाचार भेट गऱ्यो

2025 मा मनसुन क्षतिको मूल्याङ्कन गर्न अन्तर-मन्त्रालयीय केन्द्रिय टोलीको उत्तर सिक्किम भ्रमण

सांसद सुब्बाले केन्द्रिय मन्त्री किन्जारापु राम मोहन नायडूसॅंग भेट गरे, पाकिम हवाई अड्डाको मुद्दा उठाए

जङ्गु: दुई दिवसीय चालुम डाम्ब्रो सुन्तला महोत्सव 2026 शुरू, पर्यटन मन्त्रीले गरे उद्घाटन

केन्द्रिय रक्षा राज्यमन्त्रीले उत्तर सिक्किममा चुङथाङ र लाचेनलाई जोड्ने तरम चु स्टिल ब्रिजको उद्घाटन गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Sikkim

Mega Tourism events in other NE States……Sikkim Tourism Must Innovate or Be Left Behind

SA Desk SA Desk December 5, 2024
रूप नारायण राई, चन्द्र खालिङ लगायत अन्यहरू एसडीएफ त्यागेर एसकेएम पार्टीमा सामेल, मुख्यमन्त्रीले जनाए स्वागत
DREAM DEBUT: Tribeny Rai’s ‘Shape of Momo’ wins two prestigious awards at Vision Section of Busan International Film Festival 2025
गम्भीर रूपमा घाइते सीएपी नेता प्रशान्त गुरुङ सिलगढी रेफर
मुख्यमन्त्री तामाङले ‘एस्पायरिङ लिडर अवार्ड’ को लागि राज्यवासीहरूलाई दिए हार्दिक बधाई
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?