छातेनमा पैह्रोबाट बेपत्ता बनेका एक सैन्य कर्मीको शव बरामद
गान्तोक, 09 जून। उत्तर सिक्किमको छातेनमा सैन्य शिविरमा आएको पैह्रोको चपेटमा परेर बेपत्ता बनेका अर्का एक सेनाका जवानको शव उद्धार गरिएको छ। मृत जवानको पहिचान सिपाही सैनुधीन पीकेको रूपमा गरिएको छ। 33 वर्षीय जवान लक्षद्वीप निवासी थिए।
लाचेन पुलिस थानाको रिपोर्ट अनुसार, छातेनस्थित सैन्य शिविरमा आएको पैह्रोको चपेटमा परेर सैन्य कर्मीहरू र नागरिकहरू गरी 6 जना हराएका थिए। हराएका सैन्य कर्मीहरू र नागरिकहरूको खोज एवं उद्धार कार्य जारी रहेको छ। यस क्रममा भग्नावशेषबाट सिपाही सैनुधीन पीकेको शव फेला परेको छ। 33 वर्षीय सिपाही लक्षद्वीपको एन्ड्रोथ द्वीप गाउॅं निवासी थिए। सबै कानूनी औपचारिकताहरू पूरा गरेर शव छातेनस्थित सैन्य शिविरमा राखिएको जानकारी पुलिस रिपोर्टमा उल्लेख छ।
उल्लेखनीय छ, गत 01 जून, 2025 राति भारी वर्षाबीच छातेनस्थित सैन्य शिविरमा आएको पैह्रोको चपेटमा परेर 9 जना बेपत्ता बनेका थिए। खोज एवं उद्धार कार्यको क्रममा 2 जूनका दिन दुईजना सैन्य कर्मी र एकजना पोर्टरको शव बरामद गरिएको थियो। बेपत्ता बनेका रहल पॉंचजनाको खोज कार्य जारी रहेको छ।

Leave a comment