By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
    सुन र चाँदीको मूल्यमा गिरावटको क्रम जारी
    March 24, 2026
    एसकेएमलाई आम नगरपालिका चुनाउ 2026 मा पार्टी उम्मेदवारहरूले भारी मतले जित्ने विश्वास
    March 23, 2026
    सिक्किमका कलाकारहरूको प्रवर्द्धन र उत्थानमा सिक्किम अकादेमीले सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने आश्वासन
    March 21, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: तारे भिरमा एउटी युवतीको शव भेटियो, संदिग्ध आरोपी पक्राउ, जॉंच जारी
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > तारे भिरमा एउटी युवतीको शव भेटियो, संदिग्ध आरोपी पक्राउ, जॉंच जारी
Latest NewsNationalOpinionSA Nepali

तारे भिरमा एउटी युवतीको शव भेटियो, संदिग्ध आरोपी पक्राउ, जॉंच जारी

Aaron Rai
Last updated: January 6, 2026 3:45 pm
Aaron Rai Published January 6, 2026
Share
SHARE


गान्तोक, 06 जनवरी। दक्षिण सिक्किमको प्रसिद्ध पर्यटक गन्तव्य तारे भिर छेउबाट एउटी युवतीको शव फेला परेको घटनाले हलचल मचिएको छ। मृतक युवतीको पहिचान मीना राईको रूपमा भएको छ। 23 वर्षीय मृतक बुल, सिङताम निवासी थिइन्। अर्कातिर, पुलिसले यस घटनाको सम्बन्धमा एक युवकलाई पक्राउ गरेको छ।
पुलिस प्रशासनद्वारा आज जारी गरिएको दैनिक स्थिति रिपोर्ट (डीएसआर) का अनुसार, मल्ली पुलिस थानामा 5 जनवरीका दिन नाम्ची पुलिस थानाबाट जिरो एफआईआर प्राप्त भएको थियो। उक्त एफआईआरमा बुल, सिङतामकी एक महिलाले 4 जनवरीका दिन आफ्नी 23 वर्षीय बहिनी मीना राई 31 दिसम्बर, 2025 देखि बेपत्ता रहेको उल्लेख गरेकी थिइन्।
एफआईआरको आधारमा नाम्ची पुलिसले गरेको सोधपुछका क्रममा 31 दिसम्बरका दिन मीना राईले बूमटार, नाम्ची निवासी संजय राईलाई भेटेको र उनीसॅंगै बस्दै आएको कुरा थाहा लाग्यो। यसैगरी, नयॉं साल 1 जनवरीका दिन उनीद्वय पश्चिम सिक्किमको यात्रामा गएको र पश्चिम सिक्किमबाट फर्किएपछि तारे ​भिर, सदाम पुगेको कुरा अघि आयो।
सोधपुछका क्रममा संजय राईले उनीद्वय 2 जनवरी सॉंझ चार बजीसम्म तारे भिरको हावाघर/चाउतारामा बसेको जानकारी गराए। त्यसपछि, मीनालाई तारे भिरमा छाड़ेर उनी एक्लै घर फर्किएको र उनीहरूबीच कुनै सम्पर्क पनि नभएको उनले पुलिसलाई बयान दिएका छन्।
संजय राईले दिएको बयानको आधारमा मल्ली र सदामका पुलिसकर्मीहरूको एक दल तारे भिर पुग्यो र त्यहॉं खोज तलास शुरू गऱ्यो। यस क्रममा पुलिस दलले हावाघर/चाउतारोदेखि लगभग 864 मिटर टाड़ा मीना राईको शव फेला पाऱ्यो। पुलिसले मीना राईको हत्या भएको हुन सक्ने र यस हत्याकाण्डमा संजय राईको हात हुन सक्ने आशंकामा उनलाई पक्राउ गरेको छ।
जॉंच रिपोर्टको आधारमा जिरो रिपोर्टलाई रेगुलर एफआईआरमा परिणत गरेर मल्ली पुलिसले आरोपी विरुद्ध बीएनएस 2023 को धारा 103/238 अन्तर्गत मामिला दर्ता गरेको छ। यस घटनाको सम्बन्धमा पुलिसको जॉंच जारी रहेको डीएसआरमा बताइएको छ।

You Might Also Like

विधायक सतिशचन्द्र राईकी पत्नीको निधन, मुख्यमन्त्रीद्वारा दु:ख प्रकट

उत्तर सिक्किममा पर्यटकहरूको वाहन झऱ्यो टिस्टा नदीमा, दुई जना उद्धार, 9 जना बेपत्ता, व्यापक खोज एवं उद्धार कार्य जारी

Sikkim joins nationwide celebrations of IMD’s 150th Foundation Day

भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग

छातेनमा पैह्रोबाट बेपत्ता बनेका एक सैन्य कर्मीको शव बरामद

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Art & LiteratureLatest NewsNationalSA Nepali

Farewell to a Literary Luminary: Funeral Procession of Padma Shri Gadul Singh Lama Held with Full State Honours

Aaron Rai Aaron Rai July 18, 2025
छिचिमिराको उड़ान, युवा बराल ‘अनन्त’बिरिङ्ग, पाकिम सिक्किम।
नाम्ची जिल्लामा ध्वजवाहक पहल ‘आत्मियता’ को शुभारम्भलाई लिएर बैठक आयोजित
सरकार परिश्रमी व्यक्तिहरूलाई समर्थन गर्न प्रतिबद्ध: मुख्यमन्त्री
सब इन्स्पेक्टर भर्तीमा भएको कथित राजनीतिक हस्तक्षेपको आरोपमा एसडीएफद्वारा पारदर्शिताको माग
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?