By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    झुटा प्रचार-प्रसार गरेको आरोपमा दुई सामाजिक सञ्जाल प्रोफाइलहरू विरुद्ध प्राथमिकी
    May 9, 2026
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: नगरपालिका चुनाउलाई लिएर राजनीतिक दलका प्रतिनिधिहरूसॅंग बैठक सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > नगरपालिका चुनाउलाई लिएर राजनीतिक दलका प्रतिनिधिहरूसॅंग बैठक सम्पन्न
OpinionPoliticianWorld

नगरपालिका चुनाउलाई लिएर राजनीतिक दलका प्रतिनिधिहरूसॅंग बैठक सम्पन्न

Aaron Rai
Last updated: March 24, 2026 4:39 pm
Aaron Rai Published March 24, 2026
Share
SHARE


नाम्ची, 24 मार्च । नाम्ची जिल्लाकी जिल्लापाल एवं जिल्ला चुनाउ अधिकारी अनुपा तामलिङले आज नाम्ची जिल्ला प्रशासनिक केन्द्रमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसॅंग आगामी नगरपालिका चुनाउ 2026 लाई लिएर आयोजित एक बैठकको अध्यक्षता गरिन्। बैठकमा एडीसी (मुख्यालय) सुभाष घिमिरे, एडीसी त्रिसाङ तामाङ, एएसपी बिकास तिवारी लगायत एसकेएम, सीएपी सिक्किम, एसडीएफ र भाजपाका प्रतिनिधिहरू उपस्थित थिए।
बैठकमा जिल्ला चुनाउ अधिकारी तामलिङले राज्य चुनाउ आयोगको निर्देशनमा आगामी नगरपालिका चुनाउलाई लिएर चलिरहेका तयारीहरूको बारेमा जानकारी गराइन्। उनले चुनाउका लागि 12 वार्डमा 15 मतदान केन्द्र स्थापना गरिएको बताइन्। उनले निर्वाचनको प्रभावकारी र व्यवस्थित सञ्चालन सुनिश्चित गर्न दुईजना सेक्टर म्याजिस्ट्रेटसहित सेक्टर पुलिस र सम्बन्धित नोडल अधिकारी तैनाथ गरिने अवगत गराइन्।
उनले सबै राजनीतिक दलहरूलाई आयोगले जारी गरेका नियम र दिशानिर्देशहरू कडाईका साथ पालन गर्न र कुनै प्रकारको स्पष्टीकरणका लागि चुनाउ अधिकृतहरूलाई सम्पर्क गर्न अपील गरिन्। उनले पीएचई विभागका सचिव शैलेन्द्र शर्मालाई नाम्ची जिल्लाको चुनाउ पर्यवेक्षक नियुक्त गरिएको र उनलाई पीडब्ल्यूडी बङ्गलोमा भेट्न सकिने जानकारी गराइन्।
बैठकमा एडीसी त्रिसाङ तामाङ, एडीसी सुभाष घिमिरे र एएसपी बिकास तिवारीले पनि आगामी नगरपालिका चुनाउ सम्बन्धित जानकारीहरू दिएका थिए। राजनीतिक दलका प्रतिनिधिहरूले पनि चुनाउ प्रक्रियालाई लिएर विभिन्न प्रश्नहरू गरेका थिए, जसलाई सम्बन्धित अधिकारीहरूले सम्बोधित गरे।
अर्कातिर, नगरपालिका चुनाउ 2026 लाई लिएर नामाङ्कन बुझाउने प्रक्रिया हिजो, सोमवारदेखि शुरू भइसकेको छ। नामाङ्कन बुझाउने आज दोस्रो दिन कसैले पनि नामाङ्कन बुझाएनन्। नामाङ्कन बुझाउने अन्तिम मिति 30 मार्च हो।

You Might Also Like

एसडीएफ पार्टीको नाम्ची जिल्लास्तरीय सभा सम्पन्न

सिक्किमका राज्यपाल र मुख्यमन्त्रीले एयर इण्डियाको विमान दुर्घटनाप्रति गहिरो दु:ख प्रकट गरे

एसडीएफ नेतृ कोमल चामलिङले नवनिर्वाचित सुसा पदाधिकारीहरूलाई बधाई दिइन्

साहसिक पर्यटनको क्षेत्रमा जङ्गुले फड्को मार्दै, नामप्रिकदाङमा पहिलो ‘रिभर राफ्टिङ गन्तव्य’ को उद्घाटन

सीएपी अध्यक्षले पार्टी नेतृत्वहरूसॅंग प्रथम चरणको रणनीतिक नेतृत्व बैठक पूरा गरे

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EconomyInvestmentMarketingTourism

High-Level Inspection Highlights Strategic Development Needs in Border Region

Aaron Rai Aaron Rai August 28, 2025
Sikkim to reintroduce party-based Panchayat & municipality elections
MLA Inspects Newly Constructed District Hospital Namchi
दुई दिवसीय ऊर्जा एवं पर्यावरण सम्बन्धी राष्ट्रिय कार्यशालामा राज्य विधानसभा सदस्यहरु सहभागी
Review Meeting on Establishing Digital Nomad Village at Gumpa Dara held at DAC, Soreng
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?