By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
    October 7, 2026
    Latest News
    जनगणना २०२७: जनसङ्ख्या गणनाका लागि मुख्य प्रशिक्षकहरूको तालिम शुरु
    October 26, 2026
    प्रिस्का अधिकारी ‘जुनियरः द पोएट आइडल’ को फाइनलमा
    October 20, 2026
    दुष्यन्त कुमार गौतमले सिक्किमका २१औँ राज्यपालका रूपमा लिए शपथ
    October 20, 2026
    सिक्किमका नवनियुक्त राज्यपाल दुष्यन्त कुमार गौतम गान्तोक आइपुगे
    October 18, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: नेपालपट्टिबाट आरोहण गरिएको भए तापनि कञ्चनजङ्घा एउटै हो: सिब्ल्याक
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Culture > नेपालपट्टिबाट आरोहण गरिएको भए तापनि कञ्चनजङ्घा एउटै हो: सिब्ल्याक
CulturereligionSikkimTourismWorld

नेपालपट्टिबाट आरोहण गरिएको भए तापनि कञ्चनजङ्घा एउटै हो: सिब्ल्याक

Suk Raj Aaron Rai
Last updated: June 13, 2025 4:36 pm
Suk Raj Aaron Rai Published June 13, 2025
Share
SHARE


गान्तोक, 13 जून। सिक्किमले आफ्नो अभिभावक देवताको रूपमा पुज्दै आएको कञ्चनजङ्घा पर्वतमा आरोहणलाई लिएर उत्पन्न भएको विवाद चुलिॅंदै गइरहेको छ। सिक्किम सरकारको पर्यटन एवं नागरिक उड्डयन विभागले कञ्चनजङ्घा पर्वतको आरोहण सिक्किमबाट नभएर नेपालपट्टिबाट भएको स्पष्ट गरिसकेको छ। अर्कोतिर, सिक्किम भोटिया लेप्चा एपेक्स कमिटी (सिब्ल्याक) ले विभागको उक्त स्पष्टीकरणप्रति आपत्ति जनाउॅंदै यहॉं कुरो मार्गको नभएर ठाउॅंको रहेको बताएको छ।
सिब्ल्याक महासचिव साङ्गे ग्याछो भोटियाले राज्य पर्यटन विभागमाथि नेपालपट्टिबाट कञ्चनजङ्घा पर्वतको आरोहण भएको हो भन्ने न्यारेटिभ स्थापित गर्ने प्रयास भइरहेको बताए। तर, यहॉं कुरो नेपालपट्टिबाट आरोहण भयो कि भएन भन्ने नभएर कहॉं पुग्यो भन्ने रहेको उनले बताए। उनले नेपालपट्टिबाट आरोहण भएको भए तापनि कञ्चनजङ्घा पर्वत एउटै हो भनी बताए। उनले यहॉं बाटो महत्वपूर्ण होइन, कहॉं पुग्यो भन्ने कुरा महत्वपूर्ण रहेको बताए।
सिब्ल्याक महासचिवले पवित्र कञ्चनजङ्घा पर्वतमा अहिलेसम्म धेरैले आफ्नो पाइला टेकिसकेको र सिक्किमेहरूको आस्थाको हत्या गर्ने काम भइरहेको बताए। उनले कञ्चनजङ्घा पर्वत भारत देशको सबैभन्दा उच्च हिम शिखर रहेको र यसलाई कानूनको पनि संरक्षण प्राप्त रहेको बताए। कानूनको संरक्षण प्राप्त रहे तापनि कुन आधारमा जनताको आस्थासॅंग खेलवाड भइरहेको छ भन्दै उनले प्रश्न गरे।
मुख्यमन्त्रीले गृह मन्त्रालयलाई पत्राचार गरेर कञ्चनजङ्घा पर्वत आरोहणको मुद्दा उठाएको विषयलाई उनले स्वागत जनाउॅंदै यस मुद्दालाई गम्भीरतासॅंग अगाडि बढा​इदिन अनुरोध गरे। उनले कञ्चनजङ्घा पर्वतमा आरोहण बन्द गर्न मुख्यमन्त्रीलाई कानूनी ढॉंचामा मुद्दालाई अगाडि बढाइदिन माग गरे।
अर्कोतिर, महासचिव भोटियाले 23 मई, 2025 का दिन पाकिस्तानी की एक महिला पर्वतारोही कञ्चनजङ्घा पर्वतको चुचुरोमा पुगेर पाकिस्तानको झण्डा फरफराइरहेको भिडियो सामाजिक सञ्जालमा भइरल भएको दाबी गरे। उनले भारतको कञ्चनजङ्घामा पाकिस्तानीकी एक पर्वतारोहीले कसरी पाकिस्तानको झण्डा फरफराइरहेकी छिन् भन्दै यसलाई देशकै सुरक्षाको निम्ति पनि खतरा ठहर गरे।
उनले यस सम्बन्धमा सिब्ल्याक संयोजक छितेन टाशी भोटियाले देशका प्रधानमन्त्री, गृहमन्त्री, विदेश मामिला मन्त्रालय, रक्षामन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारलाई पत्राचार गरेर ध्यान आकर्षित गराएको र प्रधानमन्त्रीको हस्तक्षेपको माग गरेको जानकारी गराए।
यस अतिरिक्त, उनले आगामी 15 जूनको दिन ऐतिहासिक कबि लुङचोकमा कञ्चनजङ्घा पर्वतको शुद्धिकरणको निम्ति पूजा आयोजना गरिने बताउॅंदै सबैलाई पूजामा उपस्थित भइदिन आह्वान गरेका छन्।

केन्द्रिय मन्त्री सिन्धियाले रिज पार्कस्थित अर्किडेरियमको भ्रमण गरे

भारतकी राष्ट्रपति मुर्मूले रिज पार्कमा अर्किडेरियमको भ्रमण गरिन्

मुख्यमन्त्रीले निर्माणाधीन सिक्किम राज्य पुस्तकालयको निरीक्षण भ्रमण गरे

सिक्किम आम नगरपालिका चुनाउ २०२६ घोषणा, 24 अप्रेलमा मतदान, 25 अप्रेलमा मतगणना

मुख्यमन्त्री तामाङले सोरेङमा रङ्गीत चरण-IV जलविद्युत् परियोजनाको प्रगति समीक्षा गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsOpinionPoliticsSikkim

नामथाङ-रातेपानी विधानसभा क्षेत्रमा सीएपी कार्यकारी परिषद्को मासिक समन्वय बैठक सम्पन्न

Suk Raj Aaron Rai Suk Raj Aaron Rai August 22, 2026
राज्यसभा सांसद लेप्चाले नथुला भएर ‘भारत-तिब्बत’ सीमा व्यापार पुन: शुरू गर्न माग गरे
मुख्यमन्त्रीले बिशप स्टिफन लेप्चालाई जन्मदिवसको हार्दिक शुभकामना दिए
‘Shape of Momo’ Continues Global Festival Run, Takes Sikkim’s Story to Russia, Italy and the Netherlands
दुई दिवसीय ऊर्जा एवं पर्यावरण सम्बन्धी राष्ट्रिय कार्यशालामा राज्य विधानसभा सदस्यहरु सहभागी
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?