By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    भाजपा सिक्किमका नेतृत्ववर्गले धार्मिक स्थलहरूमा पूजा-प्रार्थना गरेर गुरु पूर्णिमा पालन गरे
    July 10, 2025
    आमा सम्मान दिवसको तयारीलाई लिएर साङ्गठनिक प्रकोष्ठको दोस्रो सभा सम्पन्न
    July 31, 2025
    मा​मरिङमा भेटियो एक महिलाको शव, जॉंचमा जुट्यो पुलिस
    September 2, 2025
    Latest News
    Chief Secretary chairs State-level meeting on Census 2027
    February 7, 2026
    एसकेएमले सत्ता जोगाउने असफल प्रयत्न गरिरहेको गणेश राई दाबी
    February 7, 2026
    केन्द्रिय मन्त्रीले पाकिम हवाईअड्डा सञ्चालनबारे सांसद सुब्बाको निवेदनको जवाफ दिए
    February 7, 2026
    केन्द्रिय बजेट 2026-27 विकसित भारतको संकल्पलाई पूरा गर्ने आधारशिला: हर्ष मल्होत्रा
    February 7, 2026
  • Politics
    PoliticsShow More
    सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल
    January 31, 2026
    भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग
    January 29, 2026
    सांसद सुब्बाले सर्वदलीय बैठकमा जलवायु परिवर्तन, लिम्बू तामाङ सीट आरक्षण र जनजाति मान्यताको मुद्दा उठाए
    January 27, 2026
    मुख्यमन्त्रीले जोरथाङमा प्रेक्षागृहसहित विद्यालय भवन उद्घाटन गरे
    January 20, 2026
    सीएपी सिक्किमको एसीईसी समन्वय बैठक तिमी नाम्फिङमा सम्पन्न
    January 12, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: पद्मश्रीले सम्मानित वरिष्ठ साहित्यकार सानु लामाको निधन, राज्यपाल र मुख्यमन्त्रीद्वारा शोक प्रकट
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > पद्मश्रीले सम्मानित वरिष्ठ साहित्यकार सानु लामाको निधन, राज्यपाल र मुख्यमन्त्रीद्वारा शोक प्रकट
Art & LiteratureLatest NewsNationalOpinion

पद्मश्रीले सम्मानित वरिष्ठ साहित्यकार सानु लामाको निधन, राज्यपाल र मुख्यमन्त्रीद्वारा शोक प्रकट

Aaron Rai
Last updated: July 12, 2025 3:54 pm
Aaron Rai Published July 12, 2025
Share
SHARE


गान्तोक, 12 जुलाई। सिक्किमका एक वरिष्ठ साहित्यकार तथा पद्मश्रीले सम्मानित सानु लामाको शनिवार बिहान सिलगढीको स्थानीय एक निजी अस्पतालमा निधन भयो। वरिष्ठ साहित्यकार लामाको निधनमा सिक्किमका राज्यपाल र मुख्यमन्त्री लगायत विभिन्न राजनीतिक दलहरूले शोक-समवेदना प्रकट गरेका छन्।
सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज जारी आफ्नो शोक सन्देशमा वरिष्ठ साहित्यकार सानु लामाको निधनको समाचार सुनेर अत्यन्त दु:खित बनेको बताएका छन्। उनले सानु लामाको निधनलाई साहित्य जगत र सिक्किमका मानिसहरूका लागि अपूरणीय क्षति बताएका छन्। उनले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवंगत आत्माको शान्तिको लागि प्रार्थना गरेका छन्।


मुख्यमन्त्री प्रेमसिंह तामाङले वरिष्ठ साहित्यकार सानु लामाको निधनमा गहिरो शोक व्यक्त गर्दै सानु लामाको नेपाली भाषा, साहित्य र सांस्कृतिक चेतनाको संवर्द्धनमा समर्पित जीवनले हामी सबैको मनमा गहिरो छाप छोडेको बताएका छन्। उहाँको सृजनात्मक प्रतिभा, गीतात्मक सौन्दर्य, र नेपाली साहित्यप्रतिको समर्पणले सिक्किमको साहित्यिक परम्परालाई समृद्ध बनाउँदै राष्ट्रियस्तरमै गौरव बढाएको छ। उनले सिक्किम राज्यको मात्र नभएर साहित्यिक जगतमा यो एउटा अपूरणीय क्षति हो भन्दै उहाँको विरासतले भावी पुस्ताहरूलाई सदा प्रेरित गरिरहनेछ भनेका छन्।
भारतीय जनता पार्टी सिक्किमले पद्मश्री पुरस्कारले सम्मानित एक वरिष्ठ साहित्यकार सानु लामाको निधनमा गहिरो शोक व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेको छ। भाजपा सिक्किमले एक युगको अन्त्य भएको बताउॅंदै ईश्वरले उहाँको पवित्र आत्मालाई चिरशान्ति प्रदान गरून् भनी प्रार्थना गरेको छ।


भाजपा सिक्किमले आज जारी आफ्नो शोक सन्देशमा स्व. लामाले नेपाली साहित्यमा अनगिन्ती मोतीहरू छरेका छन् भने उहाँका कृतिहरू अंग्रेजी, हिन्दी, उर्दु, असमिया र ओडिया भाषामा अनुवाद भई विश्वभर फैलिएको बताएको छ। सानु लामाको निधनले नेपाली साहित्य र गीत–सङ्गीतको एउटा सुवर्ण युग नै अस्ताएको अनुभूति भएको छ।
सिटिजन एक्सन पार्टी, सिक्किमका अध्यक्ष गणेश कुमार राईले एक प्रख्यात नेपाली साहित्यकार एवं पद्मश्रीले सम्मानित सानु लामाको निधनमा गहिरो दु:ख व्यक्त गरेका छन्। उनले आज जारी आफ्नो शोक सन्देशमा हाम्रो भाषा र साहित्यको समृद्धिमा स्व. लामाको विरासत र आजीवन समर्पणको हामी सम्मान गर्दछौं भनेका छन्। सन् 1939 मा जन्मेका सानु लामा एक लेखक मात्र थिएनन्, उनी नेपाली साहित्यका एक स्तम्भ पनि थिए, जसका शब्दहरूले हाम्रो पहिचान, भावना र संघर्षहरूलाई आवाज दिएका थिए भनेका छन्।

You Might Also Like

CM Virtually Attends Launch of PM Dhan Dhaanya Krishi Yojana

सेवा पखवाडा अभियानको शुभारम्भ, मुख्यमन्त्रीले गरे विभिन्न पहलहरूको उद्घाटन

Sikkim’s Senior Women’s Football Team to Represent State at 38th National Games

सञ्चार तथा सूचना प्रौद्योगिकी सम्बन्धी संसदीय स्थायी समिति सिक्किम भ्रमणमा, मुख्यमन्त्रीसॅंग गऱ्यो भेट

सरकारले महिलाहरूको भोट हत्याउन मात्र योजनाहरू बनाएको सीएपीको आरोप

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
InsiderNational

CM meets Parliamentary Committee on Subordinate Legislation

Aaron Rai Aaron Rai April 23, 2025
Sikkim Leads Pioneering Expedition on Glacier Lake Outburst Floods
सरकारी विद्यालय प्रमुखहरूका लागि इन्डक्सन कार्यक्रम सम्पन्न
Coordination Meeting held for upcoming Super Car Rally in Sikkim
सीएपी महिला परिषदको राज्यस्तरीय समन्वय बैठक सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?