By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    Gyalshing District Task Force Meeting for Pan-India Rescue & Rehabilitation Campaign for Child & Adolescent Labour
    July 22, 2025
    North East NSS Festival 2025 inaugurated at Manan Kendra
    September 16, 2025
    Latest News
    पाकिममा वीबी-जी राम जीको राज्यस्तरीय जन सम्मेलन तथा शुभारम्भ कार्यक्रम सम्पन्न
    July 2, 2026
    सिक्किममा कुनै सङ्गठित आतङ्कवादी मड्यूल वा स्थानीय चरमपन्थी नेटवर्क सक्रिय छैन: सिक्किम पुलिस
    July 1, 2026
    ‘राष्ट्रिय डाक्टर्स डे’ मा वृक्षारोपण, राज्यपाल बने सहभागी
    July 1, 2026
    प्रख्यात वास्तुकार किरण रासाइलीको निधन, मुख्यमन्त्री तामाङद्वारा गहिरो शोक व्यक्त
    July 1, 2026
  • Politics
    PoliticsShow More
    प्रदेश भाजपा अध्यक्षले गृहमन्त्री अमित शाहसँग गरे भेट, सिक्किमसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरू उठाए
    July 2, 2026
    बर्फुङ निर्वाचन क्षेत्रका ३५ एसडीएफ परिवार एसकेएम पार्टीमा सामेल
    July 1, 2026
    नाम्चेबुङ र रे-मिन्दुका ३९ परिवार भाजपा प्रवेश
    June 27, 2026
    नाम्ची जिल्लाका पूर्व भाजपा अध्यक्ष सहित 10 परिवार एसकेएम पार्टीमा सामेल
    June 26, 2026
    सीएपी विद्यार्थी परिषदले राज्यका विद्यार्थीहरूसँग सम्पर्क र संवाद बढाउने
    June 25, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: प्रदेश भाजपा अध्यक्षले गृहमन्त्री अमित शाहसँग गरे भेट, सिक्किमसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरू उठाए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > प्रदेश भाजपा अध्यक्षले गृहमन्त्री अमित शाहसँग गरे भेट, सिक्किमसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरू उठाए
NationalOpinionPolitics

प्रदेश भाजपा अध्यक्षले गृहमन्त्री अमित शाहसँग गरे भेट, सिक्किमसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरू उठाए

Suk Raj Aaron Rai
Last updated: July 2, 2026 4:17 pm
Suk Raj Aaron Rai Published July 2, 2026
Share
SHARE

गान्तोक, 02 जुलाई। भारतीय जनता पार्टी (भाजपा) सिक्किमका प्रदेश अध्यक्ष डीआर थापा र प्रदेश महासचिव अर्जुन राईले बुधबार नयाँ दिल्लीमा केन्द्रिय गृहमन्त्री अमित शाहसँग शिष्टाचार भेट गरे। भेटका क्रममा सिक्किमको सुरक्षा, संवैधानिक आकांक्षा, विकास तथा राज्यमा भाजपा संगठनको विस्तारसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण विषयमा छलफल गरे। उक्त जानकारी आज प्रदेश भाजपा मिडिया सेलले प्रेस विज्ञप्तिमा दिएको छ।भाजपा सिक्किम अध्यक्ष थापाले हालै गान्तोकमा सार्वजनिक भएको कथित अनलाइन आत्म-कट्टरपन्थ सम्बन्धी घटनाबारे गृहमन्त्रीलाई जानकारी गराए। उनले गृहमन्त्रालयलाई गुप्तचर संयन्त्रबीचको समन्वय, साइबर निगरानी तथा कट्टरपन्थ र राष्ट्रविरोधी गतिविधिविरुद्धको सतर्कता अझ सुदृढ़ बनाउनुपर्ने आवश्यकता औँल्याए। उनले रणनीतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण सीमावर्ती राज्यका रूपमा रहेको सिक्किमको शान्ति, सुरक्षा तथा साम्प्रदायिक सद्भावको संरक्षणका लागि प्रभावकारी र सक्रिय सुरक्षा व्यवस्था आवश्यक रहेकोमा जोड दिए।यसैगरी, उनले लिम्बू-तामाङ समुदायका लागि विधानसभामा सीट आरक्षण, छुटेका ११+१ समुदायलाई अनुसूचित जनजातिको मान्यता, कर्मापा र सिक्किमसँग सम्बन्धित अन्य विभिन्न राजनीतिक तथा विकाससम्बन्धी मुद्दाहरूमा पनि ध्यान आकर्षित गराए। उनले निरन्तरको अविरल वर्षाका कारण सिक्किमका विभिन्न क्षेत्रमा भएको व्यापक क्षति, पैह्रो, सडक अवरुद्ध हुनु तथा जनजीवनमा परेको कठिनाइबारे पनि गृहमन्त्रीलाई जानकारी गराए। उनले राहत, पुनःस्थापना, पुनर्वास तथा आपदा प्रतिरोधी पूर्वाधार निर्माणका लागि केन्द्र सरकारबाट थप सहयोगका लागि आग्रह गरे, ताकि राज्यले बारम्बार आउने प्राकृतिक आपदा चुनौतीहरूलाई प्रभावकारी रूपमा सामना गर्न सकोस्।प्रदेश अध्यक्ष थापाले २०२७ पछि पनि विद्यमान उद्योगहरूका लागि बजेटरी सपोर्ट स्किमलाई निरन्तरता दिन अनुरोध गर्दै कर-आधारित औद्योगिक प्रोत्साहन सुविधा समाप्त भएमा उद्योगहरू सिक्किमबाट अन्यत्र सर्न सक्ने र यसबाट हजारौँ सिक्किमेली युवाको रोजगारी प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरे। उनले सिक्किममा भाजपाप्रति बढ्दो जनसमर्थन तथा संगठनको विस्तारबारे पनि गृहमन्त्रीलाई जानकारी गराए। केन्द्रिय गृहमन्त्री शाहले प्रतिनिधिमण्डलद्वारा उठाइएका सबै विषयलाई गम्भीरतापूर्वक अध्ययन गरिने तथा सिक्किमका जनताको हित, राज्यको सुरक्षा र समग्र विकासलाई ध्यानमा राखी आवश्यक पहल गरिने विश्वास दिएको विज्ञप्तिमा उल्लेख छ।

सिक्किम अन्तरराष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन सिनेमामा अवसर र चुनौतीहरूमाथि प्यानल चर्चा

पर्यटकहरूका लागि सोमवारदेखि उत्तर सिक्किम पुन: खोलिने

एसडीएफ प्रतिनिधि टोलीद्वारा राज्यपालसँग शिष्टाचार भेटघाट

सांसद सुब्बाले उपराष्ट्रपति राधाकृष्णनसॅंग भेट गरे, सिक्किम सम्बन्धित प्रमुख मुद्दाहरूबारे अवगत गराए

Workshop on Basics of Indian Sign Language Commences at Soochna Bhawan

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Uncategorized

मन्त्री लामाले गरे नव पुनर्निर्मित थाक्टोक गुम्बाको उद्घाटन

SA Desk SA Desk March 13, 2025
रिनाक समष्टिका 207 भन्दा अधिक बिरामीलाई उपचारका लागि आर्थिक चेक वितरण
New State Information Commissioner of Sikkim sworn in
विधायक खरेलले गरे नामथाङ बजारको निरीक्षण भ्रमण
Cooperation Department Launches International Year of Cooperatives-2025
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?