गान्तोक, 15 मार्च। मंगन जिल्लाका जिल्लापाल अनन्त जैनले आज फिदाङमा क्षतिग्रस्त पुलको निरीक्षण गरे। उक्त पुल ओभरलोड ट्रकका कारण क्षतिग्रस्त भएको थियो भने ट्रकलाई पुलिसले आफ्नो नियन्त्रणको लिएको छ।
जिल्लापाल जैनले ओभरलोड वाहनहरू कडाईका साथ जॉंच गर्न र डिक्चूमा पुलको शुरुवाती बिन्दुमा चेकपोस्ट स्थानान्तरित गर्न निर्देश दिए। पुलको क्षतिग्रस्त भाग पुनर्स्थापित गरिएको छ र अहिले हल्का सवारी साधनहरूको लागि आवागमन खुल्ला गरिएको जानकारी जिल्ला प्रशासनले बताएको छ।
निरीक्षण अवधि जङ्गूका एसडीएम गिडोन लेप्चा, एएसपी मणिकुमार तामाङ, 87 आरसीसीका मेजर अजय कुमार र एई लगायत अन्यहरू उपस्थित रहेका थिए।