गान्तोक, 11 जुलाई। सोरेङ जिल्ला अन्तर्गत नयॉं बजार पुलिसले ठूलो सफलता हात पार्दै एक व्यक्तिलाई भारी मात्रामा प्रतिबन्धित नशालु पदार्थको साथमा पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्तिको नाम सुजित कुमार सुब्बा बताइएको छ। 36 वर्षीय आरोपी पिपले रातेपानी निवासी हुन्।
सोरेङ जिल्लाका पुलिस अधीक्षक नहकुल प्रधानले आज जारी प्रेस विज्ञप्तिमा बताए अनुसार, शुक्रवार बिहान लगभग 11:35 बजी सोरेङ जिल्लाको अक्कर बूथ पुलिसले सुजित कुमार सुब्बा नामक एक व्यक्तिलाई पक्राउ गऱ्यो। उनी आफ्नो एक निजी वाहनमा थिए। सोरेङका एसडीएम सक्छुम लेप्चाको उपस्थितिमा गरिएको वाहन जॉंचको क्रममा 838 वटा निलो रङको विन्डलास विनस्पास्मो फोर्टे क्याप्सुल जफत गरियो।
पुलिसले यस घटनाको सम्बन्धमा एनडीपीएस एक्ट, 1985 र साडा एक्ट, 2006 अन्तर्गत मामिला दर्ता गरेको छ। विज्ञप्ति अनुसार, आरोपी सुजित कुमार सुब्बा एक अभ्यस्त लागूऔषध विक्रेता हुन् भने लामो समयदेखि सोरेङ जिल्ला पुलिसको निगरानीमा थिए।
पुलिस अधीक्षक प्रधानले सोरेङ जिल्लालाई ड्रग्समुक्त बनाउन जिल्ला पुलिस समर्पित र प्रतिबद्ध रहेको बताउॅंदै नशालु पदार्थ दुरुपयोग विरुद्ध लडाईमा नागरिक समाजका सदस्यहरूलाई एकजुट बन्न आह्वान गरेका छन्।
Leave a comment


