By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्य सचिवहरूको पाँचौं राष्ट्रिय सम्मेलनको राज्यस्तरीय अनुगमन बैठक सम्पन्न
    March 25, 2026
    सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न
    March 25, 2026
    जनगणना 2027 दुई चरणमा सम्पन्न गरिने, पहिलो चरण 16 अप्रेलदेखि शुरू हुने
    March 25, 2026
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: भुसुकको जङ्गलमा युवकको शव भेटियो, दुर्घटनावश मृत्यु भएको हुन सक्ने आशंका
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > भुसुकको जङ्गलमा युवकको शव भेटियो, दुर्घटनावश मृत्यु भएको हुन सक्ने आशंका
InsiderLatest NewsSikkim

भुसुकको जङ्गलमा युवकको शव भेटियो, दुर्घटनावश मृत्यु भएको हुन सक्ने आशंका

Aaron Rai
Last updated: January 27, 2026 3:54 pm
Aaron Rai Published January 27, 2026
Share
SHARE


गान्तोक, 27 जनवरी । गान्तोक जिल्लाको अप्पर चाङथाङ, भुसुकको जङ्गलमा एक युवकको मृत शव फेला परेको छ। मृतकको नाम रोहन बस्नेत बताइएको छ। बस्नेतको मृत्यु खदुवा चलाउने क्रममा दुर्घटनावश आगो लाग्दा अथवा मिसफायरका कारण भएको हुन सक्ने आशंका गरिएको छ।
पुलिसद्वारा आज जारी गरिएको डीएसआरका अनुसार, घटना रानीपुल पुलिस थाना क्षेत्र अन्तर्गत अप्पर चाङथाङ, भुसुकको जङ्गलमा घटेको हो। यस घटनाको सम्बन्धमा मृतकका दाजुले थानामा प्राथमिकी दर्ता गराएका छन्। उनले गोठालाको काम गर्थे।
पुलिसले घटनास्थलमा मृतकको शव अनुहार र टाउकोमा चोटपटक लागेको अवस्थामा फेला पारेको थियो। मृतकको अनुहार र हातहरूमा कोइलाको जस्तो कालो दागहरू लागेका थिए। घटनास्थलबाट फलामको ब्यारलसहित एउटा खदुवा, संदिग्ध गन पाउडर, रमको बोतल आदि सामग्रीहरू पनि भेटिएका छन्।
मृतकका पिताले बताएअनुसार, गत 25 जनवरीका दिन मृतक घरबाट मोबाइल फोन चार्ज गर्न निक्लिएका थिए र त्यसपछि उनी घर फर्किएनन्। पुलिसले शव पोस्टमार्टमको लागि अस्पताल पठाएको छ। प्रारम्भिक जॉंचमा युवकको मृत्यु खदुवामा गोली भर्ने क्रममा दुर्घटनावश आगो लागेर अथवा मिसफायर भएर भएको हुन सक्ने आशंका गरिएको छ। यस घटनाको सम्बन्धमा जॉंच चलिरहेको छ।

You Might Also Like

Yangang Conclave concludes with grand cultural exchange programme

State authorities gear up for Sikkim visit of Raksha Mantri

Trishakti Corps Marks International Yoga Day Across North Bengal and Sikkim

सांसद सुब्बाले केन्द्रिय मन्त्री नितिन गडकरीलाई दिए धन्यवाद

केन्द्रले चाह्यो भने एकै दिनमा सिक्किम दार्जिलिङ एकीकरण हुन्छ: पवन चामलिङ

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
InsiderPoliticianSA Nepali

मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिवको अगुवाईमा ​अग्नि पीडित परिवारसॅंग भेट

Aaron Rai Aaron Rai September 13, 2025
पवन चामलिङका आरोपहरू जनता र कानूनको अदालतमा टिक्न सक्दैन: जेकब खालिङ
राज्यपाल स्वर्ण कप: इस्ट बंगाललाई पराजित गरेर सर्भिसेस एफटी सेमिफाइनलमा
राजस्थान युनाइटेड एफसी बन्यो 41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025′ को विजेता
संदिग्ध ब्राउन शुगरसहित तीन पक्राउ
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?