By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
    सुन र चाँदीको मूल्यमा गिरावटको क्रम जारी
    March 24, 2026
    एसकेएमलाई आम नगरपालिका चुनाउ 2026 मा पार्टी उम्मेदवारहरूले भारी मतले जित्ने विश्वास
    March 23, 2026
    सिक्किमका कलाकारहरूको प्रवर्द्धन र उत्थानमा सिक्किम अकादेमीले सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने आश्वासन
    March 21, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मामरिङमा महिलाको शव भेटिएको घटनाको सम्बन्धमा ठूलो खुलासा, पुलिस आरोपी पक्राउ गर्न सफल
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > मामरिङमा महिलाको शव भेटिएको घटनाको सम्बन्धमा ठूलो खुलासा, पुलिस आरोपी पक्राउ गर्न सफल
Latest NewsLatest NewsNationalNortheastSA Nepali

मामरिङमा महिलाको शव भेटिएको घटनाको सम्बन्धमा ठूलो खुलासा, पुलिस आरोपी पक्राउ गर्न सफल

Aaron Rai
Last updated: September 3, 2025 4:36 pm
Aaron Rai Published September 3, 2025
Share
SHARE

गान्तोक, 03 सेप्टेम्बर। नाम्ची पुलिसले मामरिङमा एउटी महिलाको शव भेटिएको घटनाको सम्बन्धमा ठूलो सफलता हात पारेको छ। यस घटनाको रहस्य उद्घाटन गर्दै पुलिसले आरोपी व्यक्तिलाई पक्राउ गर्न सफल बनेको छ। शुरूमा यो घटना आत्महत्या जस्तो देखिए तापनि जॉंचको क्रममा युवतीको हत्या भएको कुरा स्पष्ट भएको छ।
नाम्ची जिल्लाका वरिष्ठ पुलिस अधीक्षक कर्म जी. जेन्सापाले आज नाम्चीमा आयोजित एक पत्रकार सम्मेलनमा उक्त घटनाबारे विस्तृत रूपमा जानकारी गराए। वरिष्ठ पुलिस अधीक्षक अनुसार, 31 अगस्तका दिन मामरिङ पुलिस आउट पोस्टमा स्थानीय एउटा घरको कोठाबाट दुर्गन्ध आइरहेको सूचना प्राप्त भएको थियो। कोठाबाट सोरेङ जिल्लाको गेलिङ निवासी 30 वर्षीय महिलाको शव भेटियो। महिला पहिले स्थानीय एउटा फार्मा कम्पनीमा सेक्युरिटी गार्डको काम गर्थिन र पछि काम छाडेर त्यहॉं एउटा सोनो दोकान चलाउन शुरू गरिन्।
युवतीको हातको नाडी काटिएको थियो भने पुलिसले घटना स्थलबाट एउटा ब्लेड पनि फेला पारेको थियो। प्रारम्भिक जॉंचमा पुलिसले महिलाले आत्महत्या गरेको हुन सक्ने आशंकामा अप्राकृतिक मृत्यु अन्तर्गत मामिला दर्ता गरेको थियो। तर, जॉंचको क्रममा धेरै प्रश्नहरू अघि आउन थालेपछि पुलिसले घटनालाई गम्भीरतापूर्वक लिॅंदै कारबाही शुरू गरेको उनले बताए।
वरिष्ठ पुलिस अधीक्षक जेन्सापाले अझ बताए अनुसार, घटनाको जॉंच गर्दै जॉंदा 29 अगस्तका दिन महिलाले स्थानीय एक वाहन चालकलाई 32 नम्बर जानका लागि सम्पर्क गरेको थाहा लाग्यो। त्यस दिन महिलासॅंग एकजना व्यक्ति पनि थिए। यद्यपि, उनीहरू लोवर मामरिङबाटै फर्किएको चालकले पुलिसलाई जानकारी दिए। यसपछि, पुलिसले उक्त व्यक्तिको खोजी शुरू गऱ्यो, जो मृतक महिलाकी एक्स-बोयफ्रेन्ड रहेको खुलासा भयो।
पुलिसले उक्त व्यक्तिलाई मंगलवार राति सिलगढीबाट पक्राउ गऱ्यो। उक्त व्यक्तिको पहिचान सोमबारे निवासी 29 वर्षीय साङ्गे दोर्जी शेर्पाको रूपमा भएको छ। वरिष्ठ पुलिस अधीक्षकले नाम्ची पुलिस टीमको द्रुत कारबाहीका कारण आरोपीलाई राति सात बजी पक्राउ गर्न सफल बनेको बताए। आरोपीलाई पक्राउ गर्न मतिगढा पुलिसले पनि सहयोग गरेको उनले बताए। आरोपी राति आठ बजीको बसबाट कोलकाता जाने तयारीमा रहेको पनि उनले जानकारी गराए।
शुरूमा आरोपीले आफ्नो अपराध स्वीकार गरेका थिएनन्। तर, पुलिसले प्रमाणहरू पेश गरेपछि आरोपीले आफ्नो अपराध स्वीकार गरे। 29 अगस्तका दिन महिला र आरोपीबीच पैसालाई लिएर झगडा भएको र आरोपीले महिलाको घॉंटी निचोरेर हत्या गरेको पुलिस समक्ष खुलासा गरे। उनले यस घटनालाई आत्महत्या जस्तो देखाउने प्रयास पनि गरेका थिए।
वरिष्ठ पुलिस अधीक्षकले महिला पहिले सेक्यूरिटी गार्डको काम गर्दा आरोपी व्यक्तिसॅंग सोही फार्मा कम्पनीमा भेट भएको जानकारी गराए। उनीहरूको सम्बन्ध टुटे तापनि गत 15 अगस्तदेखि आरोपी व्यक्ति पुन: महिलासॅंग बस्न थालेको पनि उनले बताए। यस अतिरिक्त, उनले महिलाको कथित हत्या केवल दुई दिन अघि मात्र भएको पनि उनले स्पष्ट पारे। यस घटनाको सम्बन्धमा जॉंच जारी रहेको छ।

You Might Also Like

योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण

वरिष्ठ पत्रकार खगेन्द्रमणि प्रधान ‘काशीराज प्रधान आजीवन पत्रकारिता पुरस्कार 2025’ ले अभिनन्दित

Review Meeting of Sikkim INSPIRES chaired by CM

49औं नामप्रिकदाङ नामसुङ महोत्सव शुरू, अध्यक्ष लाचुङपाले गरे उद्घाटन

सिक्किम सरकारले छुटेका 12 जातगोष्ठीलाई जनजाति सूचीमा समावेश गर्न ऐतिहासिक कदम चालेको एसकेएमको भनाई

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
EducationNortheastOpinionSA Nepali

लागूपदार्थ प्रयोग गरेको आरोपमा व्यक्तिहरूमाथि कुटपिट र सार्वजनिक अपमान विरुद्ध एफआईआर दर्ता

Aaron Rai Aaron Rai October 26, 2025
एसडीएफद्वारा कञ्चनजङ्घा पर्वतको आरोहणको कडा निन्दा
4th Namchi District Super League 2025 concludes
भाजपा सिक्किमद्वारा पीएमजेएवाई दिशानिर्देशहरू विरुद्ध स्वास्थ्य विभागको परिपत्रप्रति आपत्ति
ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?