By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्य सचिवहरूको पाँचौं राष्ट्रिय सम्मेलनको राज्यस्तरीय अनुगमन बैठक सम्पन्न
    March 25, 2026
    सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न
    March 25, 2026
    जनगणना 2027 दुई चरणमा सम्पन्न गरिने, पहिलो चरण 16 अप्रेलदेखि शुरू हुने
    March 25, 2026
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले ग्वाला दिवसको राज्यवासीहरूलाई दिए हार्दिक बधाई एवं शुभकामना
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > मुख्यमन्त्रीले ग्वाला दिवसको राज्यवासीहरूलाई दिए हार्दिक बधाई एवं शुभकामना
AgricultureLatest NewsSA Nepali

मुख्यमन्त्रीले ग्वाला दिवसको राज्यवासीहरूलाई दिए हार्दिक बधाई एवं शुभकामना

Aaron Rai
Last updated: July 1, 2025 2:12 pm
Aaron Rai Published July 1, 2025
Share
SHARE

गान्तोक, 01 जुलाई। मुख्यमन्त्री प्रेमसिंह तामाङले ग्वाला दिवस 2025 को सिक्किमका जनतालाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्। उनले यो दिन हाम्रा किसान र गोठालाहरूको अटल समर्पण, लचिलोपन र अमूल्य योगदानप्रति सम्मानको प्रतीक रहेको बताएका छन्, जसले अप्रत्याशित मौसम र विषम चुनौतीहरूको सामना गर्दै अथक परिश्रम गर्छन्।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जालमा जारी आफ्नो सन्देशमा भने, किसानहरूको अथक प्रयास हाम्रो कृषि शक्तिको मेरुदण्ड हो र समाजको लागि नि:स्वार्थ सेवाको उच्चतम आदर्शलाई प्रतिबिम्बित गर्दछ। 2020 मा ग्वाला दिवसको घोषणा देशको एक ऐतिहासिक उपलब्धि थियो, जुन प​रिश्रमी ग्वाला सदस्यहरूको सम्मानमा स्थापित गरिएको थियो। प्राकृतिक खेती र पशुपालनलाई अँगाल्ने हाम्रो कृषि समुदायले भारतलाई विश्वव्यापी दूध उत्पादनको अग्रपंक्तिमा उभ्याएको छ।
मुख्यमन्त्रीले भने, सिक्किममा हामीले हाम्रो कृषि समुदायलाई सम्मान र सशक्त बनाउन सक्रिय कदम चालेका छौं। ग्वाला दिवस र मिल्क पर्सन अफ् द इयर अवार्ड जस्ता पहलहरूले उनीहरूको अमूल्य सेवालाई स्वीकार गर्ने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। यसका साथै, राज्यका तीन उत्कृष्ट प्रदर्शन गर्ने दुग्ध सहकारी संस्थाहरूलाई ₹10 लाख, ₹7 लाख र ₹5 लाखको नगद पुरस्कार डेरी क्षेत्रको लागि वरदान बनेको छ, जसले उत्कृष्टतालाई प्रोत्साहन गर्दछ र विकासलाई बढावा दिॅंदछ। उनले राज्यका दुग्ध उत्पादक किसानहरूलाई प्रति लिटर ₹8 को दूध प्रोत्साहन देशकै उच्चतम रहेको बताएका छन्।
सिक्किम मिल्कले 2024-25 मा दूध खरिदमा 26% वृद्धि रेकर्ड गऱ्यो, जुन देशकै उच्चतम रहेको मुख्यमन्त्रीले बताएका छन्। भारत सरकारको पशुपालन तथा दुग्ध विकास सचिवको अध्यक्षतामा 22 अप्रेल, 2025 मा नयाँ दिल्लीमा आयोजित राष्ट्रिय दुग्ध स्थिति बैठकमा यो उपलब्धिलाई स्वीकार गरिएको उनले जानकारी गराएका छन्। उनले उपलब्धि हाम्रा दुग्ध किसानहरू, सहकारीहरू र समर्पित अधिकारीहरूको अथक परिश्रम र सहकार्यको प्रमाण रहेको जनाएका छन्।
मुख्यमन्त्रीले मिल्क म्यान अफ् द इयर र उत्कृष्ट दूध उत्पादक सहकारी संस्थाहरूलाई हार्दिक बधाई दिएका छन्। यसैगरी, उनले कृषि तथा पशुपालन मन्त्री पुरण गुरुङ, सिक्किम सहकारी दुग्ध उत्पादक संघका अध्यक्ष यमकुमार शर्मा, पीडी तथा सचिव डा. शर्मन राई, प्रबन्ध निर्देशक डा. टीबी घतानी लगायत समर्पित विभागीय अधिकारीहरू र सबै अग्रपंक्तिका कर्मचारीहरूलाई उनीहरूको दृढ प्रयासको लागि हार्दिक धन्यवाद र शुभकामना व्यक्त गरेका छन्।

You Might Also Like

आमा सम्मान दिवस आयोजनलाई लिएर रम्फूमा अन्तिम तयारी बैठक सम्पन्न

गान्तोक जिल्ला प्रशासनिक केन्द्रका अधिकारीहरू र कर्मचारीहरूलाई हरेक शुक्रवार आफ्नो परम्परागत पोशाक लगाउन अनुरोध

मुख्यमन्त्रीले पद्म श्री प्रापक नरेन गुरुङलाई दिए हार्दिक बधाई

राज्यपाल र मुख्यमन्त्री जोरथाङ माघे संक्रान्ति मेलामा सन्ध्या आरतीमा सहभागी बने

मुख्यमन्त्रीको बयान प्रजातान्त्रिक मूल्य मान्यताको निम्ति खतराको सङ्केत: एसडीएफ

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest NewsSikkim

समाजलाई नेतृत्व गर्ने शिक्षित छ भने सही मार्गदर्शन गर्नसक्छ: अनित थापा

SA Desk SA Desk February 11, 2025
रिज पार्कस्थित स्वर्ण जयन्ती मैत्रेय मञ्जरीमा अर्किडेरियम सर्वसाधारणका लागि खुला
National Seminar on Export Promotion Held in Sikkim to Support Local Businesses
पत्रकार हेमन्त गिरीप्रति श्रद्धासुमन अर्पण गर्न प्रेस क्लब अफ् सिक्किमले बुधवार गान्तोकमा श्रद्धाञ्जलि सभा आयोजन गऱ्यो
जब-एक्सटेन्शन विरुद्ध सीएपी सिक्किमले ‘पेन्शन नट् पोजिशन’ अभियान थाल्ने
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?