गान्तोक, 28 फरवरी। मुख्यमन्त्री प्रेमसिंह तामाङले लोसार (तिब्बती नयाँ वर्ष) को शुभ अवसरमा सिक्किमका जनतालाई हार्दिक बधाई एवं शुभकामना दिएका छन्।
मुख्यमन्त्रीले आफ्नो सन्देशमा लोसारले प्रेम, भाइचारा, सहिष्णुता र साम्प्रदायिक सद्भावको परम्परालाई प्रतिनिधित्व गर्दछ, जुन अनादिकालदेखि नै सिक्किमको समृद्ध सम्पदाको अभिन्न अंग रहँदै आएको उल्लेख गरेका छन्।
लोसारले नयाँ आशा र अवसरहरू ल्याउँछ, जसले मानिसहरूलाई सकारात्मकता, नयाँ शक्ति र अटल प्रतिबद्धताका साथ नयाँ वर्षलाई अँगाल्न प्रेरित गर्छ भनी मुख्यमन्त्रीले आफ्नो सन्देशमा बताएका छन्।
उनले सबैको जीवनमा लोसारले शान्ति, समृद्धि, खुशी र सुस्वास्थ्य लिएर आवोस् भनी कामना पनि गरेका छन्।