गान्तोक, 19 अप्रेल। मुख्यमन्त्री प्रेमसिंह तामाङले पवित्र शिरडी साई धाम भ्रमण गरेर सिक्किमे समुदायको निम्ति पूजा-प्रार्थना गरेका छन्।
मुख्यमन्त्रीले आज पवित्र शिरडी साई धाम भ्रमण गर्ने र साई बाबा मन्दिरमा प्रार्थना गर्ने अवसर प्राप्त भएको बताएका छन्। उनले गहिरो भक्तिभावका साथ सुन्दर राज्य सिक्किम र शान्तिप्रिय मानिसहरूको पक्षमा आशीर्वाद मागेको जानकारी गराएका छन्।
साई बाबाले सिक्किमलाई मार्गदर्शन, सुरक्षा र आशीर्वाद प्रदान गरिरहुन् र सिक्किमे समुदायलाई शक्ति, सद्भाव र समृद्धिको आशीर्वाद दिइरहुन् भनी मुख्यमन्त्रीले प्रार्थना पनि गरेका छन्।

मुख्यमन्त्रीको साथमा सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पा, उपाध्यक्ष राजकुमारी थापा, वन विभाग मन्त्री पिन्चो नामग्याल लेप्चा, विधायक सन्जित खरेल आदि पनि उपस्थित रहेका थिए।
