गान्तोक, 27 नोभेम्बर । नवी मुम्बई प्रेस क्लबका अध्यक्ष मनोज जालनावालाको नेतृत्वमा मुम्बई र महाराष्ट्रका प्रमुख मराठी, हिन्दी एवं अग्रेजी दैनिकका वरिष्ठ पत्रकारहरूको एक प्रतिनिधि टोली हाल सिक्किमको प्राकृतिक सुन्दरता, सांस्कृतिक समृद्धि र राज्य सरकारका विकास परियोजनाहरूको अवलोकन गर्न राज्यको भ्रमणमा रहेका छन्। यस क्रममा आज पत्रकारहरूले सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसॅंग राजभवनमा शिष्टाचार भेट गरे।
राज्यपाल माथुरले पत्रकारहरूलाई स्वागत जनाउॅंदै सिक्किमको विकास, पर्यटन, जैवविविधता संरक्षण तथा राज्य र केन्द्र सरकारका विभिन्न कल्याणकारी योजनाहरूको बारेमा विस्तृत जानकारी दिए। पत्रकारहरूले सिक्किमका सीमावर्ती क्षेत्रहरूमा आधारभूत संरचनाको सुदृढ़ीकरण, भाइब्रेन्ट भिलेज जस्ता विषयहरूमा राज्यपालसॅंग गहन चर्चा गरे।
राज्यपालले सिक्किम केवल प्राकृतिक सौन्दर्य मात्र नभई अनुशासित ट्राफिक, स्वच्छता, महिला सशक्तिकरण र सतत विकासको पनि जीवन्त उदाहरण रहेको बताए। भ्रमण टोलीले राज्यपाललाई धन्यवाद दिॅंदै यो भ्रमण पत्रकारहरूको निम्ति अत्यन्त प्रेरणादायक बनेको र राज्यका विकासशील योजनाहरू महाराष्ट्रका पाठकहरूसम्म पुऱ्याउने अवसर प्राप्त भएको बताए।
Leave a comment


