By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    भाजपा सिक्किमका नेतृत्ववर्गले धार्मिक स्थलहरूमा पूजा-प्रार्थना गरेर गुरु पूर्णिमा पालन गरे
    July 10, 2025
    आमा सम्मान दिवसको तयारीलाई लिएर साङ्गठनिक प्रकोष्ठको दोस्रो सभा सम्पन्न
    July 31, 2025
    मा​मरिङमा भेटियो एक महिलाको शव, जॉंचमा जुट्यो पुलिस
    September 2, 2025
    Latest News
    February 10, 2026
    February 10, 2026
    आशा प्यारा मेडिकल एण्ड नर्सिङ इन्स्टीट्यूट विवाद सम्बन्धित विस्तृत प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाइने
    February 10, 2026
    वर्तमान सरकारले राज्यका सम्पत्तिहरू बेचेर ऋणको पहाड़ खडा गरेको सीएपी अध्यक्ष गणेश राईको आरोप
    February 9, 2026
    मुख्यमन्त्रीद्वारा दिवंगत चिकित्सक डा छिरिङ डोमा भोटियाप्रति श्रद्धाञ्जली अर्पण
    February 8, 2026
  • Politics
    PoliticsShow More
    सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल
    January 31, 2026
    भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग
    January 29, 2026
    सांसद सुब्बाले सर्वदलीय बैठकमा जलवायु परिवर्तन, लिम्बू तामाङ सीट आरक्षण र जनजाति मान्यताको मुद्दा उठाए
    January 27, 2026
    मुख्यमन्त्रीले जोरथाङमा प्रेक्षागृहसहित विद्यालय भवन उद्घाटन गरे
    January 20, 2026
    सीएपी सिक्किमको एसीईसी समन्वय बैठक तिमी नाम्फिङमा सम्पन्न
    January 12, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मोदी सरकारमा पूर्वोत्तरमा इन्सरजेन्सीको ठाउँ निवेशले लिएको केन्द्रिय राज्यमन्त्री मार्गेरिटाको दाबी
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > मोदी सरकारमा पूर्वोत्तरमा इन्सरजेन्सीको ठाउँ निवेशले लिएको केन्द्रिय राज्यमन्त्री मार्गेरिटाको दाबी
NortheastpoliticalSikkim

मोदी सरकारमा पूर्वोत्तरमा इन्सरजेन्सीको ठाउँ निवेशले लिएको केन्द्रिय राज्यमन्त्री मार्गेरिटाको दाबी

Aaron Rai
Last updated: June 10, 2025 4:19 pm
Aaron Rai Published June 10, 2025
Share
SHARE


गान्तोक, 10 जून। केन्द्रिय राज्यमन्त्री पबित्रा मार्गेरिटाले केन्द्रमा एनडीएको सरकार गठन भएपछि पूर्वोत्तर राज्यहरूमा शान्ति स्थापना भएको र विकासका कार्यहरूले तीव्रता पाएको बताएका छन्। उनले पूर्वोत्तर एक समय विद्रोहले ग्रस्त थियो, तर आज विद्रोहको ठाउँ निवेशले लिएको छ भनी बताएका छन्।
केन्द्रिय राज्यमन्त्री मार्गेरिटा आज राजधानीस्थित भाजपा सिक्किमको शहर कार्यालयमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै थिए। मोदी सरकारले केन्द्रमा 11 वर्षको कार्यकाल पूरा गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले केन्द्र सरकारका विभिन्न उपलब्धिहरूमाथि प्रकाश पारेका थिए।


उनले प्रधानमन्त्री नरेन्द्र मोदीको कुशल नेतृत्वमा भारतले प्रगति मात्र गरिरहेको छैन, तर देश आत्मनिर्भरताको दिशामा अग्रसर बनिरहेको बताए। उनले देश आज हरेक क्षेत्रमा अगाडि बढ्नुका साथै देशको गर्वका साथ उत्थान पनि भइरहेको बताए। उनले मोदी सरकारमा पूर्वोत्तर राज्यहरूको पनि द्रुत गतिमा विकास भइरहेको छ भने।
एनडीएको सरकारले पूर्वोत्तर राज्यहरूलाई उच्च प्राथमिकता दिइरहेको बताउॅंदै विगत 11 वर्षमा 65 भन्दा धेरै पटक देशका प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्वोत्तरको भ्रमण गरेको जानकारी गराए। यसैगरी, केन्द्रिय मन्त्रीहरूले पनि पूर्वोत्तरका राज्यहरूको 700 भन्दा धेरै पटक भ्रमण गरिसकेको अवगत गराउॅंदै पहिले यस्तो कहल्यै नभएको दाबी गरे।
उनले एनडीएको सरकार गठन भएयता पूर्वोत्तरमा इन्सरजेन्सी 70 प्रतिशत कम भएको दाबी गरे। केन्द्रिय राज्यमन्त्रीले आज पूर्वोत्तरमा निवेशले इन्सरजेन्सीको स्थान लिएको छ भनी बताए। एनडीएको सरकारले डोनर मन्त्रालयको बजेट आवण्टनमा 408 प्रतिशत वृद्धि गरेको पनि उनले जानकारी गराए। देशको यस भागमा अहिले पूर्वाधार, सामाजिक, सांस्कृतिक, शिक्षा, स्वास्थ्य आदि जस्ता क्षेत्रहरूमा व्यापक कार्य भइरहेको उनले बताए।


उनले सिक्किमको सन्दर्भमा कुरा राख्दै यतिका वर्षसम्म पनि सिक्किम देशको रेलवे मानचित्रमा नहुनु आश्चर्यको विषय हो भनी बताए। तर, मोदी सरकारको नेतृत्वमा अब सिक्किम पनि चॉंडै रेलवेको मानचित्रमा समावेश हुन लागिरहेको उनले बताए। उनले सिक्किमको एकमात्र हवाईअड्डा पाकिम ग्रीनफिल्ड एयरपोर्ट सम्बन्धित समस्या पनि चॉंडै समाधान हुने आशा व्यक्त गरे। उनले प्रधानमन्त्री मोदीको परिकल्पना अन्तर्गत देशमा आज व्यावहारिक रूपमा विकासका कार्यहरू भइरहेको बताए।
पत्रकार सम्मेलनमा प्रदेश भाजपा अध्यक्ष डीआर थापा, उपाध्यक्ष दिनेश नेपाल र गान्तोक जिल्ला अध्यक्ष पेम्पो दोर्जी लेप्चा पनि उपस्थित थिए।

You Might Also Like

क्रिएटिभ हब 2.0 मा र्‍याप ब्याटलको ग्रान्ड फिनाले सफलतापूर्वक सम्पन्न

छाङ्गु झील परिसरमा भाइब्रेन्ट भिलेज कार्यक्रम आयोजित

न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध

अनलाइन ठगीको मामिला बढ्दै

Sikkim CM attends High-Level Task Force meeting on Tourism in North Eastern Region

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Sikkim

Lok Sabha MP discuss key State priorities with Governor

Aaron Rai Aaron Rai May 14, 2025
Governor celebrates Diwali with Army soldiers at Dokala
पानी हाउसको एउटा होटलबाट संदिग्ध ब्राउन शुगरसहित महिला पक्राउ
Railways minister gives latest update on Sevoke-Rangpo railway project
Sikkim Commission on Glacial Hazards Briefs Chief Minister on Progress and Policy Roadmap
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?