By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
    सुन र चाँदीको मूल्यमा गिरावटको क्रम जारी
    March 24, 2026
    एसकेएमलाई आम नगरपालिका चुनाउ 2026 मा पार्टी उम्मेदवारहरूले भारी मतले जित्ने विश्वास
    March 23, 2026
    सिक्किमका कलाकारहरूको प्रवर्द्धन र उत्थानमा सिक्किम अकादेमीले सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने आश्वासन
    March 21, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सन्तोष कुमार आले र दीपा राईलाई ‘दोस्रो परी प्रकाशन पुरस्कार’ ले अभिनन्दित
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > सन्तोष कुमार आले र दीपा राईलाई ‘दोस्रो परी प्रकाशन पुरस्कार’ ले अभिनन्दित
Art & LiteratureLatest NewsNationalSA Nepali

सन्तोष कुमार आले र दीपा राईलाई ‘दोस्रो परी प्रकाशन पुरस्कार’ ले अभिनन्दित

Aaron Rai
Last updated: November 16, 2025 1:24 pm
Aaron Rai Published November 15, 2025
Share
SHARE


गान्तोक, 15 नोभेम्बर । परी प्रकाशनले आज राजधानीको मनन केन्द्रमा आयोजित एक भव्य समारोहबीच संस्थाको पॉंचौं स्थापना दिवस मनायो। परी प्रकाशन, सोरेङद्वारा आयोजित यस कार्यक्रममा मुख्यमन्त्री एवं परी प्रकाशनका मुख्य संरक्षक प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित थिए। यस अवसरमा नेपालका प्रतिष्ठित नाटककार, उपन्यासकार, गीतकार एवं कवि सरूभक्त श्रेष्ठ विशेष रूपमा उपस्थित थिए।
कार्यक्रममा सर्जक सन्तोष कुमार आले र चित्रकार एवं कवित दीपा राईलाई दोस्रो परी प्रकाशन पुरस्कारले पुरस्कृत गरियो। अभिनन्दित व्यक्तित्वहरूलाई मुख्यमन्त्रीको बाहुलीद्वारा पुरस्कृ​त गरियो।


मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनमा परी प्रकाशन स्थापना गर्नुको मुख्य उद्देश्यमाथि प्रकाश पार्दै प्रकाशनले आफ्ना कृतिहरू प्रकाशित गर्दा चुनौतीहरूको सामना गर्ने उपेक्षित लेखक र कविहरूलाई सहयोग गर्ने लक्ष्य राखेको बताए। संस्थाले प्रख्यात लेखक र कविहरूलाई सम्मान गर्दै उदीयमान आवाजहरूलाई प्रोत्साहन गरिरहेको उनले बताए। मुख्यमन्त्रीले पुरस्कृत व्यक्तिहरूलाई बधाई दिए र सबै लेखक, कवि, पाठक, समर्थक, प्रतिष्ठित व्यक्तिहरू र परी प्रकाशन टोलीप्रति कृतज्ञता व्यक्त गरे।
प्रतिष्ठित नाटककार, उपन्यासकार, गीतकार एवं कवि सरूभक्त श्रेष्ठले न्यानो आतिथ्यप्रति कृतज्ञता व्यक्त गर्दै राज्यमा साहित्य र कलाको उत्थानप्रति मुख्यमन्त्रीको समर्पणको सराहना गरे। उनले सिक्किमको समृद्ध कलात्मक प्रतीभाको सराहना गर्दै राज्यको साहित्यिक धरोहरको संरक्षण र संवर्द्धनको महत्वमा जोड दिए।
परी प्रकाशनका अध्यक्ष सीपी शर्माले परी प्रकाशनको अहिलेसम्मका यात्रामाथि प्रकाश पारे। उनले साहित्यको संवर्द्धनमा मुख्यमन्त्रीको निरन्तर समर्थनको सराहना गर्दै विद्यार्थीहरूले साहित्यक परम्परालाई अगाडि बढ़ाएर लैजाने छन् भनी आशा व्यक्त गरे।
कार्यक्रमलाई अभिनन्दित व्यक्तित्वहरूले पनि सम्बोधन गरेका थिए। यस अवसरमा वि​भिन्न पुस्तकहरूको अतिथिहरूको बाहुलीद्वारा लोकार्पण गरियो। कार्यक्रमको शुरुवात पद्मश्रीले सम्मानित साहित्यकार स्वर्गीय जीएस लामाको साहित्य योगदानको कदर गर्दै श्रद्धाञ्जली दिएर गरिएको थियो।

You Might Also Like

सामदोङमा नाबालिग विद्यार्थीमाथि भएको अमानवीय व्यवहारको चौतर्फी निन्दा, आरोपी विरुद्ध कडा कानुनी कारबाहीको माग

प्रतिबन्धित लागूऔषधसहित एक व्यक्ति पक्राउ

Preparations for Home Minister’s Visit to Sikkim

तारे भिरमा एउटी युवतीको शव भेटियो, संदिग्ध आरोपी पक्राउ, जॉंच जारी

एसडीएफ अध्यक्ष पवन चामलिङ पोक्सो मामिलामा आरोप मुक्त

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
NationalPoliticianSA NepaliTourism

सांसद सुब्बाले उपराष्ट्रपति राधाकृष्णनसॅंग भेट गरे, सिक्किम सम्बन्धित प्रमुख मुद्दाहरूबारे अवगत गराए

Aaron Rai Aaron Rai October 14, 2025
ट्रेड लाइसेन्स बनाउॅंदा विधायकको सिफारिस माग्नु असंवैधानिक: सीएपी
Sikkim filmmaker’s ‘Shape of Momo’ continues its festival journey
सिक्किम एकीकृत मानसिक स्वास्थ्य एवं आत्महत्या रोकथाम रणनीतिमाथि कार्यशाला आयोजित
September 24, 2025
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?