By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    पर्यटन मौसमलाई ध्यानमा राख्दै मंगन जिल्ला पुलिसले यातायात प्रबन्धन र सडक सुरक्षाको समीक्षा गर्‍यो
    September 24, 2026
    रकार समावेशी विकास, समान अवसर, युवा सशक्तिकरणप्रति प्रतिबद्ध: मुख्यमन्त्री तामाङ
    September 23, 2026
    यूएनबीमाथि कुटपीट गर्ने दोषीहरू विरुद्ध कारबाहीको माग, कलाकारहरूलाई एकजुट बन्न आह्वान
    September 23, 2026
    Sub-Divisional Magistrate Office Inaugurated at Namthang
    September 23, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सामदोङमा नाबालिग विद्यार्थीमाथि भएको अमानवीय व्यवहारको चौतर्फी निन्दा, आरोपी विरुद्ध कडा कानुनी कारबाहीको माग
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > सामदोङमा नाबालिग विद्यार्थीमाथि भएको अमानवीय व्यवहारको चौतर्फी निन्दा, आरोपी विरुद्ध कडा कानुनी कारबाहीको माग
EnvironmentInsiderNationalOpinion

सामदोङमा नाबालिग विद्यार्थीमाथि भएको अमानवीय व्यवहारको चौतर्फी निन्दा, आरोपी विरुद्ध कडा कानुनी कारबाहीको माग

Suk Raj Aaron Rai
Last updated: August 14, 2025 4:29 pm
Suk Raj Aaron Rai Published August 14, 2025
Share
SHARE


गान्तोक, 14 अगस्त। गान्तोक जिल्लाको सरकारी संस्कृत महाविद्यालय, सामदोङमा अध्ययनरत एक नाबालिग विद्यार्थीमाथि भएको अमानवीय व्यवहारको घटनालाई लिएर चौतर्फी निन्दा एवं विरोध भएको छ। यस घटनाको सत्तारुढ़ एसकेएम पार्टी लगायत विभिन्न राजनीतिक दल र संघ संस्थाहरूले तीव्र भत्सर्ना जनाएका छन्।
उल्लेखनीय छ, सामदोङ सरकारी संस्कृत महाविद्यालयमा अध्ययनरत एक नाबालिग विद्यार्थी विरुद्ध आरोपी व्यक्तिले जातिवादी टिप्पणी गर्दै प्रताड़ित गरेको भिडियो सामाजिक सञ्जालहरूमा भाइरल भएको छ। यस घटनाको सम्बन्धमा आरोपी विरुद्ध प्राथमिकी दर्ता गरिएको छ र उसलाई पक्राउ गरेर कानूनी कारबाही शुरू गरिएको छ।
सत्तारुढ़ एसकेएम पार्टीले घटनको निन्दा गर्दै यो अमानवीय कार्यको हाम्रो समाजमा कुनै स्थान छैन र यो हाम्रो राज्यलाई परिभाषित गर्ने मर्यादा, सम्मान र सद्भावको मूल्यमान्यतामाथि दाग हो भनेको छ। एसकेएमले बाल आयोग, कानून प्रवर्तन एजेन्सीहरू र सबै सम्बन्धित अधिकारीहरूलाई यो मुद्दालाई तत्काल, पारदर्शिता र संवेदनशीलताका साथ सम्बोधन सुनिश्चित गर्न आग्रह गरेको छ।
एसकेएमले अनुसन्धान गहनरूपमा हुनुपर्छ र मुद्दा छिटो सम्पन्न गरिनुपर्छ, ताकि न्यायमा ढिलाइ नहोस् र न्यायबाट वंचित पनि हुनु नपरोस् भनेको छ। हाम्रो राज्यमा यस्ता कार्यहरू कहिल्यै सहन गरिने छैन भन्ने स्पष्ट सन्देश दिन आरोपी विरुद्ध कडा कानुनी कारबाही गरिनुपर्ने एसकेएमले आज विज्ञप्तिमा बताएको छ।
भाजपा सिक्किमले पनि घटनाको तीव्र निन्दा गर्दै असामाजिक तत्वहरूको यस्तो क्रूर र अमानवीय घटनाले मानव मर्यादा र मौलिक अधिकारको घोर उल्लङ्घन गरेको बताएको छ। एक युवा विद्यार्थीलाई जातीय गालीगलौज र शारीरिक यातना दिएर निशाना बनाउनु पूर्णतया अस्वीकार्य छ र यसले हाम्रो समाजको अन्तरात्मालाई हल्लाएको भाजपाले बताएको छ। यस पीडादायी समयमा पीडित र उनको परिवारप्रति ऐक्यबद्धता व्यक्त गर्दै प्रदेश भाजपाले दोषीहरूलाई कडाभन्दा कडा सजाय सुनिश्चित गर्न माग गरेको छ।
एसडीएफ पार्टीले पनि उक्त घटनाप्रति आफ्नो गहिरो आक्रोश र निन्दा व्यक्त गर्दै घटनालाई समानता र मर्यादाको संवैधानिक मूल्यमान्यतामाथि प्रत्यक्ष आक्रमण बताएको छ। केही क्षेत्रबाट राजनीतिक दबाउ दिएर यो समाचारको प्रसारलाई दबाउन प्रयास भइरहेको थाहा लागेको आरोप लगाउॅंदै एसडीएफले चिन्ता प्रकट गरेको छ। एसडीएफले आरोपी विरुद्ध तत्काल र कडा कानुनी कारबाही, पीडित र उनको परिवारलाई पूर्ण सुरक्षा र सहयोग, निष्पक्ष, पारदर्शी र समयबद्ध जॉंचको माग गरेको छ।
सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले पनि उक्त घृणित र अस्वीकार्य कार्यको कडा शब्दमा निन्दा गरेको छ। सीएपीले यस घटनालाई केवल एक व्यक्तिमाथिको आक्रमण नभई सिक्किममा समानता, सामाजिक न्याय र सद्भावको सिद्धान्तमाथिको प्रत्यक्ष आक्रमण ठहर गरेको छ। सीएपीले आरोपी विरुद्ध कडा कानुनी कारबाही, पीडित परिवारलाई सुरक्षा र समर्थन, गहन जॉंच र शैक्षिक संस्थानहरूमा जाति आधारित भेदभावबारे जागरूकता र संवेदीकरण कार्यक्रमको माग गरेको छ।

सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल

सिक्किम अन्तरराष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन सिनेमामा अवसर र चुनौतीहरूमाथि प्यानल चर्चा

Trishakti Corps Marks International Yoga Day Across North Bengal and Sikkim

एसडीएफद्वारा एसबीएस भर्ती अनियमितताको कडा निन्दा, कारबाहीको माग

बीएनएस, बीएनएसएस र बीएसएको कार्यान्वयनको मूल्याङ्कन गर्न उच्चस्तरीय बैठक सम्पन्न

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Art & LiteratureSikkim

Border Area Youth Exchange Programme Inaugurated in Gangtok

SA Desk SA Desk February 27, 2025
सिक्किममा कानुनको दुरुपयोग बढ्दो रहेको गणेश कुमार राईको आरोप
एसडीएफ र सीएपीका वरिष्ठ नेतृत्वहरू एसकेएममा सामेल, मुख्यमन्त्रीले जनाए स्वागत
मुख्यमन्त्रीले नवनियुक्त पुलिस अधीक्षकहरूलाई हार्दिक बधाई दिए
पर्यटनमन्त्री भोटियाले सिङ्शोर पुलमा ग्लास-डेक स्काइवाक निर्माणको निरीक्षण गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?