By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    मोदी सरकारको 11 वर्षका उपलब्धिहरू मनाउन प्रभावकारी कार्यक्रम आयोजन गर्ने तयारी
    June 4, 2025
    भाजपा सिक्किमका नेतृत्ववर्गले धार्मिक स्थलहरूमा पूजा-प्रार्थना गरेर गुरु पूर्णिमा पालन गरे
    July 10, 2025
    Latest News
    ‘दोस्रो आमा सम्मान दिवस’ रम्फूमा मनाइने, दुईवटा नयाँ पुरस्कार घोषणा
    August 4, 2026
    राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा 16 वटा नवनिर्मित एसजीएवाई घरको उद्घाटन
    August 3, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    युक्सममा २१ देखि २८ अगस्तसम्म भव्य रूपमा पाङ ल्हाब्सोल पर्व मनाइने
    August 3, 2026
  • Politics
    PoliticsShow More
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सांसद सुब्बाले उपराष्ट्रपतिलाई भेटेर सिक्किमका लम्बित मुद्दाहरूबारे अवगत गराए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > सांसद सुब्बाले उपराष्ट्रपतिलाई भेटेर सिक्किमका लम्बित मुद्दाहरूबारे अवगत गराए
NationalOpinionPolitician

सांसद सुब्बाले उपराष्ट्रपतिलाई भेटेर सिक्किमका लम्बित मुद्दाहरूबारे अवगत गराए

Suk Raj Aaron Rai
Last updated: May 18, 2026 2:03 am
Suk Raj Aaron Rai Published May 17, 2026
Share
SHARE


गान्तोक, 17 मई। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले राजधानीको लोक भवनमा उपराष्ट्रपति सीपी राधाकृष्णनलाई भेटेर राज्यको ५१औं राज्य स्थापना दिवस समारोहमा मुख्य अतिथिको रूपमा उपस्थितिका लागि हार्दिक कृतज्ञता व्यक्त गरे। यस अवसरमा सांसद सुब्बाले उपराष्ट्रपतिलाई सिक्किम सम्बन्धित विभिन्न मागहरू लिएर एउटा ज्ञापन पत्र पनि पेश गरे।
सांसद कार्यालयद्वारा आज जारी प्रेस विज्ञप्ति अनुसार, सांसद डा. इन्द्रहाङ सुब्बाले उपराष्ट्रपति सीपी राधाकृष्णनलाई उपस्थितिको लागि हार्दिक आभार व्यक्त गरे। उनले उपराष्ट्रपतिको भ्रमणले सिक्किमका जनतालाई गहिरो रूपमा प्रोत्साहित गरेको तथा राष्ट्रको लोकतान्त्रिक र संवैधानिक ढाँचाभित्र राज्यको महत्त्वलाई प्रतिबिम्बित गरेको उल्लेख गरेका छन्।
उनले विगत पाँच दशकमा सिक्किमले हासिल गरेको उल्लेखनीय प्रगतिमाथि प्रकाश पार्दै आफ्नो समृद्ध पारिस्थितिक सम्पदा, रणनीतिक महत्व, सांस्कृतिक विविधता र शिक्षित युवा जनसंख्या मार्फत विकसित भारत २०४७ को दृष्टिकोणमा अर्थपूर्ण योगदान पुर्‍याउने सिक्किमको प्रतिबद्धता दोहोऱ्याए। राज्यसभाका अध्यक्ष समेत रहेका उपराष्ट्रपति समक्ष उनले सिक्किमका जनताका लम्बित आकांक्षा र सरोकारहरू पनि राखेका थिए।
यस क्रममा सांसद सुब्बाले १२ छुटेका समुदायहरूलाई अनुसूचित जनजातिको सूचीमा समावेश गर्ने, सिक्किम विधानसभामा लिम्बू र तामाङ अनुसूचित जनजातिका लागि सिट आरक्षण गर्ने र परम पावन १७औं कर्मापाको सिक्किम भ्रमण जस्ता महत्त्वपूर्ण मुद्दाहरूमाथि प्रकाश पारे। उनले यी केवल राजनीतिक मामिला होइनन्, तर राज्यका जनताको पहिचान, भावना, ऐतिहासिक न्याय र संवैधानिक आकांक्षासँग गहिरो रूपमा जोडिएका मुद्दाहरू रहेको अवगत गराए।
उनले धारा ३७१एफ मार्फत ग्यारेन्टी गरिएको विशेष संवैधानिक सुरक्षा र १९७३ को ऐतिहासिक ८ मई सम्झौताको भावना अन्तर्गत सिक्किमको विशिष्ट पहिचान, जनसांख्यिकीय सन्तुलन, परम्परा र सांस्कृतिक सम्पदाको संरक्षणको महत्त्वलाई पनि दोहोर्‍याए। उनले सिक्किमका जनताका यी लामो समयदेखिका आकांक्षाहरू पूरा गर्न उपराष्ट्रपतिको कार्यालयबाट सबै सम्भव सहयोग र सद्भाव प्रदान गर्न विनम्रतापूर्वक अनुरोध गरे।

उत्तर सिक्किममा पर्यटकहरूको वाहन झऱ्यो टिस्टा नदीमा, दुई जना उद्धार, 9 जना बेपत्ता, व्यापक खोज एवं उद्धार कार्य जारी

तारे भिरमा एउटी युवतीको शव भेटियो, संदिग्ध आरोपी पक्राउ, जॉंच जारी

मुख्यमन्त्रीले पद्म श्री प्रापक नरेन गुरुङलाई दिए हार्दिक बधाई

मुख्यमन्त्री तामाङले गयामा महाबोधि मन्दिरमा पूजा-अर्चना गरे

कर्म टेम्पो इथेन्पा राष्ट्रिय शिक्षक पुरस्कारले सम्मानित, मुख्यमन्त्रीले दिए बधाई

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
DestinationsInvestmentNationalOpinion

Workshop on Frontier State Development for North Eastern States

Suk Raj Aaron Rai Suk Raj Aaron Rai January 16, 2026
एसडीएफद्वारा कञ्चनजङ्घा पर्वतको आरोहणको कडा निन्दा
असम राइफल्स शिलङद्वारा ब्रदरवुड एफसी सिक्किम पराजित
मुख्यमन्त्रीले कलाकार सुनिल थापाको निधनमा दु:ख व्यक्त गरे
केन्द्रिय राज्यमन्त्री मोहोलले राज्यपालसॅंग शिष्टाचार भेट गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?