सिक्किमका राज्यसभा सांसद डीटी लेप्चा आज पेट्रोलियम तथा प्राकृतिक ग्यास सम्बन्धी स्थायी समितिको बैठकमा सहभागी बने। उक्त बैठक राष्ट्रिय राजधानी दिल्लीको संसदस्थित पुस्तकालय भवनमा बसेको थियो।
बैठकमा समितिका सदस्यहरू र विभिन्न तेल सार्वजनिक क्षेत्रका उपक्रमहरूका सीएमडीहरू सहभागी थिए। बैठक पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयको अनुदान माग सम्बन्धी छलफलमा केन्द्रित थियो।
राज्यसभा सांसद लेप्चाले यस क्षेत्रसँग सम्बन्धित सार्वजनिक हितका प्रमुख मुद्दाहरू उठाउँदै छलफलमा सक्रिय रूपमा भाग लिए। उनको सहभागिताले पेट्रोलियम र प्राकृतिक ग्यास क्षेत्रका चिन्ताहरूलाई सम्बोधन गर्ने तथा जनताको कल्याण अनुरुप नीतिहरू सुनिश्चित गर्ने उनको प्रतिबद्धतालाई दर्साउॅंछ भनी विज्ञप्तिमा उल्लेख छ।