By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    एसकेएमलाई आम नगरपालिका चुनाउ 2026 मा पार्टी उम्मेदवारहरूले भारी मतले जित्ने विश्वास
    March 23, 2026
    सिक्किमका कलाकारहरूको प्रवर्द्धन र उत्थानमा सिक्किम अकादेमीले सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने आश्वासन
    March 21, 2026
    सहकारिता मन्त्रालयका निर्देशक कपिल मीना दुई दिवसीय सिक्किम भ्रमणमा
    March 19, 2026
    राजधानीमा आजदेखि ‘सिक्किम अन्तरराष्ट्रिय फिल्म महोत्सव 2026’ शुरू भएको छ।
    March 19, 2026
  • Politics
    PoliticsShow More
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
    सीएपी अध्यक्षले गरे सम्पूर्ण महिलाहरूलाई अन्यायका विरुद्ध एकजुट भई अगाडि बढ्न आह्वान
    February 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किम आम नगरपालिका चुनाउ २०२६ घोषणा, 24 अप्रेलमा मतदान, 25 अप्रेलमा मतगणना
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > सिक्किम आम नगरपालिका चुनाउ २०२६ घोषणा, 24 अप्रेलमा मतदान, 25 अप्रेलमा मतगणना
Latest NewsNationalPolitician

सिक्किम आम नगरपालिका चुनाउ २०२६ घोषणा, 24 अप्रेलमा मतदान, 25 अप्रेलमा मतगणना

Aaron Rai
Last updated: March 23, 2026 4:10 pm
Aaron Rai Published March 23, 2026
Share
SHARE

गान्तोक, 23 मार्च। सिक्किम राज्य चुनाउ आयोगले सिक्किम आम नगरपालिका चुनाउ २०२६ घोषणा गरेको छ। आयोगले राज्यका 9 वटा शहरी स्थानीय निकायहरूमा आगामी 24 अप्रेलका दिन मतदान र 25 अप्रेल, 2026 का दिन मतगणना हुने जानकारी गराएको छ। आयोगले चुनाउ घोषणा गरेसॅंगै आदर्श आचार संहिता पनि लागू भएको छ।
राजधानीको मिडल सिच्छेस्थित आयोगको कार्यालयमा आज आयोजित एक पत्रकार सम्मेलनमा मुख्य चुनाउ आयुक्त केसी लेप्चाले सिक्किम आम नगरपालिका चुनाउ २०२६ घोषणा गरेका हुन्। मुख्य चुनाउ आयुक्तले बताए अनुसार, नामाङ्कन बुझाउने अन्तिम मिति 30 मार्च, नामाङ्कन जॉंच 1 अप्रेल र नामाङ्कन फिर्ता लिने अन्तिम मिति 4 अप्रेल हो। 24 अप्रेलका दिन बिहान 8 बजीदेखि सॉंझ 5 बजीसम्म मतदान हुनेछ। 25 अप्रेल बिहान 8 बजीदेखि मतगणना शुरू हुनेछ।
सिक्किम आम नगरपालिका चुनाउमा कुल मतदाताहरूको संख्या 93 हजार 697 जना रहेका छन्, जसमा पुरुष मतदाताहरूको संख्या 47 हजार 170 र महिला मतदाताहरूको संख्या 46 हजार 527 रहेका छन्। सबै 9 वटा शहरी स्थानीय निकायका 63 वार्डमा मतदान हुनेछ, जसका लागि 121 मतदान केन्द्र स्थापित गरिएका छन्। मुख्य चुनाउ आयुक्त लेप्चाले अघिल्लो आम नगरपालिका चुनाउको तुलनामा यस पटक 23 प्रतिशत वार्ड, 36 प्रतिशत मतदान केन्द्र र दुईवटा जिल्ला वृद्धि भएको जानकारी गराए। यसरी नै मतदाताहरू संख्या 14.5 प्रतिशत वृद्धि भएको छ।
गान्तोक नगर निगमका 21 वार्डका लागि 69 मतदान केन्द्र, नाम्ची नगर परिषदका 7 वार्डका लागि 9 मतदान केन्द्र, सिङताम नगर पञ्चायतका 5 वार्डका लागि 6 मतदान केन्द्र, नयॉं बजार जोरथाङ नगर पञ्चायतका 5 वार्डका लागि 6 मतदान केन्द्र, गेजिङ नगर पञ्चायतका 5 वार्डका लागि 5 मतदान केन्द्र, मङ्गन नगर पञ्चायतका 5 वार्डका लागि 5 मतदान कन्द्र र रम्फू नगर पञ्चायतका 5 वार्डका लागि 7 मतदान केन्द्र स्थापित गरिएका छन्। यसरी नै दुईवटा नयॉं शहरी स्थानीय निकाय पाकिम नगर पञ्चायतका 5 वार्डका लागि 9 मतदान केन्द्र र सोरेङ नगर पञ्चायतका 5 वार्डका लागि 5 मतदान केन्द्र स्थापित गरिएका छन्।
मुख्य चुनाउ आयुक्त लेप्चाले आम नगरपालिका चुनाउ २०२६ का लागि आयोग पूर्ण रूपमा तयार रहेको बताए। उनले आयोग स्वतन्त्र, निष्पक्ष अनि शान्तिपूर्ण चुनाउ आयोजन गराउन प्रतिबद्ध रहेको बताए। उनले चुनाउ घोषणा भएसॅंग आदर्श आचार संहिता लागू भएको छ भन्दै आचार संहिता उल्लंघन गर्नेहरू विरुद्ध कानुन बमोजिम कडा कारबाही गरिने बताए।

You Might Also Like

राज्यपालले सिक्किमवासीहरूलाई नवरात्रिको हार्दिक शुभकामना दिए

केन्द्रिय गृहमन्त्री अमित शाहको सिक्किम भ्रमणलाई लिएर रिनाकमा समन्वय बैठक सम्पन्न

CM attends State-Level Pre-Christmas Celebration at Jorethang

प्रधानमन्त्री मोदीले सिक्किमलाई सहयोग गर्ने केन्द्रको प्रतिबद्धतालाई दोहोऱ्याए

राज्यपालले मङ्गन जिल्ला प्रशासनिक केन्द्रमा आयोजित एक उच्चस्तरीय समीक्षा बैठकमा भाग लिए

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
HealthInvestmentLifestyleNeighbourhood Watch

सोरेङ जिल्ला पुलिसको लागुऔषध विरुद्ध अभियान जारी, तीन जना पक्राउ

Aaron Rai Aaron Rai December 3, 2025
सिक्किम आम नगरपालिका चुनाउ २०२६ घोषणा, 24 अप्रेलमा मतदान, 25 अप्रेलमा मतगणना
Governor’s Gold Cup: Chennaiyin FC Shocks Church Boys United to reach semis
CM Addresses 2025 Batch of Probationary Officers, Calls Them “Heart and Future” of Sikkim’s Administration
मुख्यमन्त्री प्रेमसिंह तामाङले रिनाक निर्वाचन क्षेत्रमा चलिरहेको तीन दिवसीय जनता भेट कार्यक्रमको आज दोस्रो दिन 1200 भन्दा धेरै जनतासॅंग अन्तरक्रिया गरे।
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?