गान्तोक, 19 सेप्टेम्बर। सिटिजन एक्शन पार्टी (सीएपी) सिक्किमको एसीईसी सशक्तिकरण सम्मेलन आज मल्लीडॉंड़ामा सम्पन्न भयो। एकता, सशक्तिकरण र संगठनात्मक शक्तिको लागि आह्वानका साथ सम्पन्न सम्मेलनमा पार्टी अध्यक्ष गणेश कुमार राई मुख्य अतिथि थिए।
सीएपीद्वारा आज जारी प्रेस विज्ञप्ति अनुसार, सम्मेलनमा 32 वटै निर्वाचन क्षेत्रका एसीईसी अध्यक्षहरूका साथै पार्टी कार्यकर्ता, सदस्य र समर्थकहरूको सक्रिय सहभागिताका थियो। यो सामूहिक उपस्थितिले सिक्किमको प्रत्येक निर्वाचन क्षेत्रमा संगठनलाई सुदृढ पार्ने पार्टीको प्रतिबद्धता र तल्लो तहको नेतृत्वको जोलाई प्रतिबिम्बित गर्दछ।
अर्कातिर, पश्चिम सिक्किमको कुमुक खोला बस्ती निवासी अमित लिम्बू सीएपीमा सामेल भएको बताइएको छ। एपी गोयल शिमला विश्वविद्यालयबाट कम्प्युटर एप्लिकेसनमा स्नातक गरेका लिम्बू एक समर्पित सामाजिक कार्यकर्ता र धेरै खेलहरूमा राष्ट्रिय स्तरका खेलाडी रहेको सीएपीले एक अन्य प्रेस विज्ञप्तिमा उल्लेख छ।
उनले ब्यादोङ प्राथमिक पाठशाला, गेजिङ र फुदोङ उच्चतर माध्यमिक विद्यालय, मङ्गनमा चार वर्षसम्म शिक्षकको रूपमा सेवा पुऱ्याएपछि सार्वजनिक सेवामा आफूलाई समर्पित गर्न महान पेशाबाट राजीनामा दिएको बताइएको छ।

Leave a comment