नाम्ची, 04 मार्च। सिक्किम कलाकार भरोसा सम्मेलनको समापन समारोहमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित भए। जानकारी गराइन्छ, नाम्चीमा 2019 मा अस्तित्व आएको समाजिक संस्था भोइसले 2024 देखि सिक्किमका कलाकारहरूलाई समेटेर सिक्किमका कलाकारहरूको निम्ति सम्मेलन गरेको थियो। उक्त कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित मुख्यमन्त्री तामाङले सिक्किम कलाकार भरोसा सम्मेलन हरे साल 4 मार्चमा आयोजना गरिने घोषणा गरेका थिए।
मुख्यमन्त्री तामाङले आज सिक्किमका विभिन्न विदामा रहेका कलाकारहरूको हितमा विभिन्न घोषणाहरू गरेका छन्। उनले अब प्रत्येक साल सिक्किम कलाकार भरोसा सम्मेलन मनाइने घोषणा गरेका छन्। उनले कलाकारिताको क्षेत्रमा राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा योगदान पुऱ्याउने कलाकारहरूलाई सरकारी नोकरीमा आरक्षण दिइने पनि घोषणाग गरेका छन्। यसैगरी, मुख्यमन्त्रीले स्थापित संगीत र कलाकारिता क्षेत्रमा काम गर्ने प्रत्येक संस्थानलाई 5 लाख नगद प्रदान गरिने घोषणा गरेका छन्। यस अतिरिक्त, मुख्यमन्त्रीले कला, धरोहर एवं विकास बोर्डको अध्यक्ष छनौट गरि कलाकारहरूले राखेका विभिन्न मागहरू सम्बोधन गरिने घोषणा गरेका छन्।
उनले छुटेका कलाकारहरू सबैलाई हरेक साल सम्मान गरिने बताएका छन्। आज लगभग 140 कलाकारहरूलाई उनीहरूको योगदानको कदर गर्दै सम्मान गरिएको छ।
आफ्नो सम्बोधनमा मुख्यमन्त्री तामाङले एसकेएम फेसबुकमा मात्र कराउने होइन, तर दुर्गम गाउॅं ठाउँमा पुगेर गरीब जनतालाई सहयोग गर्ने पार्टी हो भनी बताए। उनले फेसबुकमा कराउने नेतालाई जनता समक्ष जाने सुझाउ दिएका छन्। कुत्ते भुके हजार हात्ती चले बजार भनाई राख्दै मुख्यमन्त्रीले आफू निरन्तर जनताको काम गर्ने गरिरहने बताए। एसकेएमलाई सरकार र नेताहरूको काम देखेर 2034 मा पनि जनताले साथ दिने दाबी गर्दै आफूहरूको लक्ष्य 29 होइन 2034 रहेको मुख्यमन्त्री तामाङले बताए।
एसकेएम सरकारमा आएपछि मुख्यमन्त्रीको अधीनस्थ कोषहरूको सदुपयोग भएको बताउँदै पूर्व सरकारमा यी कोषहरूको दुरुपयोग गरिएको र हिसाब किताब नराखेको उनले आरोप लगाएका छन्। मुख्यमन्त्री तामाङले कलाकारको भरोसा एसकेएम सरकार र सरकारको भरोसा कलाकार भनी सांकेतिक सन्देश दिएका छन्।