गान्तोक, 11 नोभेम्बर । ’41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025′ आगामी 16 नोभेम्बर, 2025 देखि शुरू भइरहेको छ। यहॉंको पाल्जोर स्टेडियममा खेलाइने सिक्किमकै सबैभन्दा प्रतिष्ठित यस फुटबल टुर्नामेन्टमा यसपाली कुल 16 दलले भाग लिइरहेका छन्।
सिक्किम फुटबल एसोसिएशनका अध्यक्ष मेन्ला इथेन्पाले आज राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा आगामी 16 नोभेम्बरदेखि 29 नोभेम्बर, 2025 सम्म ’41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025′ आयोजना गरिने बताए। उनले टुर्नामेन्टमा कुल 16 फुटबल क्लबहरूले भाग लिइरहेको बताए, जसमा सिक्किमका पॉंच लगायत सातवटा आईएसएल र आई-लिग टिम सामेल छन्।
उनले लामो समयको अन्तरालपछि यसपाली देशकै एक प्रतिष्ठित फुटबल क्लब इस्ट बङ्गालले पनि भागइरहेको बताए। उनले 16 र 17 नोभेम्बरका दिन दुई-दुईवटा म्याच खेलाइने छन् भने 24, 25, 26 र 27 नोभेम्बरका म्याचहरू सॉंझ फ्लड लाइटमा खेलाइने बताए। टुर्नामेन्टको उद्घाटन राज्यका खेल मन्त्री राजु बस्नेतले गर्नेछन्।
एसएफएका महासचिव फुर्बा शेर्पाले राज्यपाल स्वर्ण कपमा स्थानीय फुटबल क्लबहरूलाई धेरैभन्दा धेरै अवसर दिनुपर्छ भन्ने मुख्यमन्त्रीको निर्देशन मुताबिक यसपाली सिक्किमका पॉंचवटा फुटबल क्लबहरूले यस टुर्नामेन्टमा भाग लिइरहेको बताए। सिक्किमका फुटबल क्लबहरूले आफ्नो दलमा चार जना विदेशी खेलाड़ी र दुई जना अन्य राज्यका खेलाड़ीहरूलाई सोमल गर्न सक्छन् भने पॉंच जना अनिवार्य रूपमा सिक्किमका खेलाड़ीहरू हुनुपर्नेछ भने। उनले सिक्किमका पॉंच जना खेलाड़ीहरू 90 मिनट मैदानमा हुनैपर्छ भनी बताए।
एसएफएकी कार्यकारी अध्यक्ष छुङछुङ भोटियाले यसपाली राज्यका फुटबल क्लबहरूलाई उच्च प्राथमिकता दिएको बताउॅंदै राज्यका खेलाडीहरूलाई राष्ट्रिय र अन्तरराष्ट्रिय फुटबल क्लबहरूमा खेल्ने अवसर मिलोस् भनेर एसएफएको उद्देश्य रहेको बताइन्।उनले राज्यवासीहरूलाई राज्यपाल स्वर्ण कप हेर्न आएर समर्थन गरिदिन अपील गरिन्।
यस अघि एसएफएका वरिष्ठ उपाध्यक्ष श्याम प्रधानले राज्यपाल स्वर्ण कपमा 10/15 वर्षको अन्तरालपछि फुटबल क्लबहरूको यतिको लाइन-अप भएको बताए। उनले आईएसएल र आई-लिग फुटबल क्लबहरूका साथै 28 वर्षपछि यसपाली प्रतिष्ठित इस्ट बङ्गालले पनि यस टुर्नामेन्टमा भाग लिइरहेको जानकारी गराए। उनले राज्यका फुटबलप्रेमी दर्शकहरूलाई हरेक म्याचमा आफ्नो उपस्थिति दिएर टुर्नामेन्टलाई सफल बनाइदिन आह्वान गरे।
Leave a comment


