
गान्तोक, 18 अक्टोबर। सिक्किमका नवनियुक्त राज्यपाल दुष्यन्त कुमार गौतम १९ अक्टोबर, २०२६ मा गान्तोक आइपुगेका छन्। उनको आगमनका क्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ, सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापा, मन्त्रिपरिषद्का सदस्यहरू, विधायकहरू, गान्तोक नगर निगमकी मेयर तथा पार्षदहरू, मुख्य सचिव, पुलिस महानिर्देशक तथा वरिष्ठ सरकारी अधिकारीहरूले स्वागत गरे।राजधानीको बर्तुकस्थित हेलिप्याडमा आगमन भएपछि सिक्किम सशस्त्र पुलिसले नवनियुक्त राज्यपाललाई सलामी अर्पण गर्यो।भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले १२ अक्टोबर, २०२६ मा दुष्यन्त कुमार गौतमलाई सिक्किमको २१औँ राज्यपालका रूपमा नियुक्त गरेकी थिइन्। उनले ओमप्रकाश माथुरको स्थान लिनेछन्। नवनियुक्त राज्यपालले भोलि सिक्किमका राज्यपालका रूपमा शपथ लिने कार्यक्रम रहेको छ।


