गान्तोक, १७ नोभेम्बर। पाकिम जिल्लाको पाचे निवासी ९ वर्षीय प्रतिभाशाली फुटबल खेलाडी इशान मंगरले पञ्जाबस्थित मिनर्भा एकेडेमीमा १० वर्षका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन्।
सिक्किम फुटबल संघ (एसएफए) ले आज दिएको गरेको जानकारीअनुसार, इशानले जोरथाङमा मिनर्भा एकेडेमी, पञ्जाबद्वारा आयोजित फुटबल छनोट प्रतियोगितामा भाग लिएका थिए। उक्त छनोट प्रक्रिया एसएफएको सहयोगमा गरिएको थियो। छनोटमा सफल भएपछि उनले एकेडेमीमा १० वर्षे पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएका हुन्।
यस उपलब्धिपछि इशान आफ्ना परिवारका सदस्यहरूसहित १६ नोभेम्बर, २०२६ मा फुटबल हाउस पुगेर एसएफएका पदाधिकारीहरूसॅंग भेट गरे। इशानको यस उपलब्धिलाई गर्व र स्मरणीय सफलता बताउँदै एसएफएले उनलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ।
एसएफएले उनको समर्पण, खेलप्रतिको लगाव र प्रतिभाले यो सफलता सम्भव भएको उल्लेख गर्दै आगामी दिनमा अझ मेहनतका साथ अघि बढ्न प्रेरित गरेको छ। साथै, राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा सिक्किमको नाम उज्ज्वल बनाउने दिशामा उनले थप सफलता हासिल गर्ने विश्वास व्यक्त गर्दै उज्ज्वल भविष्यको कामना पनि गरेको छ।
Leave a comment


