By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    राज्यपाल स्वर्ण कप २०२६: गोकुलम केरलालाई हराउँदै सिक्किम आक्रमण फाइनलमा
    October 14, 2026
    October 14, 2026
    October 14, 2026
    प्रधानमन्त्री मोदीको २५ वर्षे सार्वजनिक सेवा यात्राको सिक्किम मन्त्रिमण्डलले गऱ्यो प्रशंसा
    October 13, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
  • Politics
    PoliticsShow More
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
    भाजपा सिक्किमले ‘विकसित भारत संकल्प सभा’ मा भर्चुअल माध्यमद्वारा सहभागिता जनायो
    October 7, 2026
    माचोङ प्राथमिक स्वास्थ्य केन्द्रको चिकित्सक आवास मर्मतमा अनियमितताको आरोप, भाजपाको शीघ्र जाँचको माग
    October 6, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: इन्द्रकला सुब्बाको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > इन्द्रकला सुब्बाको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
NationalOpinionPoliticsSA Nepali

इन्द्रकला सुब्बाको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप

Suk Raj Aaron Rai
Last updated: August 29, 2026 1:23 pm
Suk Raj Aaron Rai Published August 29, 2026
Share
SHARE

गान्तोक, 28 अगस्त। दिल्लीमा काम गर्न गएकी सिक्किमकी इन्द्रकला सुब्बा बेपत्ता बनेपछि उनलाई उद्धार गरी सकुशल सिक्किम ल्याइएको छ। यता, सुब्बाको उद्धारलाई लिएर सत्तारूढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) र विपक्षी सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमबीच श्रेयको होडबाजी शुरु भएको छ। इन्द्रकला सुब्बालाई दिल्लीमा उद्धार गर्न सीएपीले महत्वपूर्ण भूमिका खेलेको, तर एसकेएम सरकारले आफ्नो राजनैतिक फायदाको लागि षड्यन्त्रपूर्वक श्रेय लिइरहेको सीएपीले आरोप लगाएको छ।

राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा सीएपी सोरेङ जिल्ला अध्यक्ष पेम दोर्जी शेर्पाले इन्द्रकला सुब्बा रुम्बुक, दरामदिनकी बासिन्दा रहेको र रोजगारीका लागि दिल्ली पुगेपछि बेपत्ता भएको जानकारी दिए। घटना सीएपीको जानकारीमा आएपछि दिल्लीमा रहेका पार्टीका राष्ट्रिय संयोजक पविन हाङ सुब्बाको सहयोगमा उनको खोजी शुरु गरिएको उनले बताए।उनका अनुसार, केही दिनको निरन्तर प्रयासपछि सुब्बालाई दिल्लीमै फेला पारिएको थियो। तर, यो विषय एसकेएम सरकारको जानकारीमा आएपछि सरकारले तत्काल सक्रियता देखाउँदै सुब्बासँग सम्पर्क गरी उनलाई सिक्किम फर्काएको उनले दाबी गरे।

पेमा दोर्जी शेर्पाले एसकेएमले राजनीतिक लाभ लिनकै लागि घटनालाई आफ्नो पक्षमा प्रयोग गर्न खोजेको आरोप लगाए। उनले भने, “एसकेएमले यो विषयबाट राजनीतिक फाइदा लिन खोजेपछि हामीलाई पनि यसबारे बोल्न बाध्य हुनुपर्यो।”

यसैगरी, सीएपी सोरेङ जिल्ला युवा अध्यक्ष आसबीर साम्पाङ राईले इन्द्रकला सुब्बा आफ्नै छिमेकी रहेको बताए। उनका अनुसार, सुब्बा २४ जुलाईदेखि दिल्लीमा बेपत्ता थिइन्। उनी बेपत्ता भएको १४ दिनपछि आफू रुम्बुकस्थित उनको घरमा पुगेर परिवारका सदस्यहरूसँग भेटेको उनले बताए।

परिवारको आर्थिक अवस्था कमजोर भएकाले दिल्ली पुगेर आफ्नै खर्चमा खोजी गर्न सक्ने अवस्था नरहेको उनले बताए। त्यसपछि सीएपीका राष्ट्रिय संयोजक पविन हाङ सुब्बामार्फत दिल्लीमा सुब्बाको खोजी कार्य अघि बढाइएको र केही दिनको प्रयासपछि उनलाई फेला पारिएको उनले दाबी गरे।

उनले सुब्बा फेला परेपछि एसकेएम पक्ष दिल्ली पुगेर उद्धारको श्रेय लिन खोजेको आरोप लगाए। मुख्यमन्त्रीले इन्द्रकला सुब्बालाई रोजगार उपलब्ध गराउने आश्वासन दिएको उल्लेख गर्दै उनले त्यस निर्णयको स्वागत गरे। तर, इन्द्रकला सुब्बाका घरमा दुई छोरी रहेको उल्लेख गर्दै उनले भने, “यदि मुख्यमन्त्री वास्तवमै उनको परिवारप्रति चिन्तित हुनुहुन्छ भने उनका दुई छोरीलाई पनि रोजगारीको व्यवस्था गरियोस्।”

सीएपीका प्रवक्ता एडु छिरिङ भोटियाले भने प्रत्येक विषयलाई राजनीतिकरण गर्नु उचित नभएको बताइन्। उनले मानवीय आधारमा आफूहरूले कुनै राजनीतिक लाभको अपेक्षा नगरी चुपचाप सहयोग गरेको दाबी गरिन्।

उनले भनिन्, “हामीले मानवीय आधारमा काम गरेका हौँ, राजनीतिक लाभ लिन होइन। मुख्यमन्त्रीले हरेक राम्रो कामको श्रेय लिन चाहनुहुन्छ भने गलत कामको जिम्मेवारी पनि लिनुपर्छ।”

अविरल वर्षापछि पश्चिम सिक्किमको रिम्बी गाउँमा ठूलो पैह्रो, धेरै परिवार विस्थापित

सिङ्गसोर पुल छेउ भएको वाहन दुर्घटनामा फुड इन्स्पेक्टरको निधन

सब-इन्स्पेक्टरको विवादास्पद परीक्षा परिणामलाई लिएर भाजपा सिक्किमले गऱ्यो आरटीआई

National Engineers’ Day Celebrated in Gangtok

सब इन्स्पेक्टर भर्तीमा भएको कथित राजनीतिक हस्तक्षेपको आरोपमा एसडीएफद्वारा पारदर्शिताको माग

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EnvironmentLatest NewsSikkim

French Ambassador aims to support conservation of State Animal of Sikkim

IPR Report IPR Report November 13, 2024
मुख्यमन्त्री 17औं ग्यालवा कर्मापा उगेन थिन्ले दोर्जीको 40औं जन्मदिन समारोहमा सहभागी बने
टिस्टा नदी आवासीय क्षेत्रतर्फ बढिरहेकाले बाढीको जोखिम बढ्दै: केन्द्रिय प्यानल
मन्त्री टीटी भोटिया ‘विङ्स इन्डिया’ २०२६ बने सहभागी
भाजपा सिक्किम महिला मोर्चा अध्यक्षले केन्द्रिय मन्त्री अन्नपूर्ण देवीसॅंग भेट गरिन्
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?