नयाँ दिल्ली, 21 अक्टाेबर। प्रोजेक्ट लाइफ समूहकी एक समर्पित सदस्या, कालेबुङकी सरस्वती राईले वेदान्त दिल्ली हाफ म्याराथनमा आफ्नो 45-49 उमेर समूहको महिला वर्गमा पहिलो स्थान र समग्र खुल्ला महिला वर्गमा दोस्रो स्थान हासिल गरिन्। उनले 21.1 किलोमिटर दौड 1 घण्टा 28 मिनट 28 सेकेण्डमा पूरा गरिन्, जुन उनको असाधारण सहनशीलता र शीपको प्रमाण हो। विशेष गरी 40 वर्षभन्दा बढीको उमेरमा एथलीटका लागि यो विशेष उपलब्धि रहेको छ। एक कुशल गृहिणी र दुई सन्तानकी आमाको रूपमा सरस्वतीको कठोर प्रशिक्षण तालिकासँग पारिवारिक जिम्मेवारीहरू सन्तुलनमा राख्ने क्षमता प्रेरणादायी छ। उनका पति भारतीय सेनामा सेवा गर्छन् र उनको उत्कृष्टताको निरन्तर खोजीले उनलाई टीसीएस वर्ल्ड 10 किलोमिटर बेङगलुरु, टाटा स्टील कोलकाता 25 किलोमिटर र टाटा मुम्बई फुल म्याराथनसहित धेरै प्रतिष्ठित दौडहरूमा प्रभुत्व जमाउन सफल बनेकी छन्। 1 घण्टा 30 मिनटमुनिको हाफ म्याराथन दौडमा सरस्वतीको उपलब्धि अझ महत्त्वपूर्ण छ। किनकि विश्वभरका 5 प्रतिशतभन्दा कम एमेच्योर धावकहरूले यस्तो गति हासिल गर्छन्। आईएएएफ-प्रमाणित वेदान्त दिल्ली हाफ म्याराथनमा उनको यस सफलताले उनको समर्पण र लगनशीलताका साथ अनगिन्ती अरूलाई प्रेरित गर्दछ। उनको यस सफलताले भारतको शीर्ष लामो दूरीको धावकहरूमध्ये एकको रूपमा उनको स्थितिलाई थप बलियो बनाएका छन् भन्ने जानकारी प्रोजेक्ट लाइफको संचालक बिक्रम थापाले दिएका छन्।
