By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    प्रतिबन्धित लागूऔषधसहित एक व्यक्ति पक्राउ
    June 27, 2025
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    लागूऔषध दुरुपयोग रोकथामका लागि सरकार, समुदाय र व्यक्तिहरूको सहकार्यात्मक प्रयास महत्वपूर्ण: मुख्यमन्त्री
    June 26, 2025
    भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो
    June 25, 2025
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो
    June 25, 2025
    Samvidhaan Hatya Diwas, Sikkim Marks 50 Years Since Emergency
    June 25, 2025
    पवन चामलिङका आरोपहरू जनता र कानूनको अदालतमा टिक्न सक्दैन: जेकब खालिङ
    June 24, 2025
    कोमल चामलिङले सिक्किमको राजनीतिमा खुल्ला रूपमा अघि आएको घोषणा गरिन् — पार्टी त्याग्ने नेताहरूमाथि लगाइन् सिद्धान्तमा अडिग बस्न नसकेको आरोप
    June 22, 2025
    एसकेएम पार्टीको चानमारीमा वार्डस्तरीय कमिटी गठित
    June 21, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किमका 12 छुटेका समुदायहरूको जनजाति मान्यता मामिलालाई लिएर दिल्लीमा दोस्रो बैठक सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > सिक्किमका 12 छुटेका समुदायहरूको जनजाति मान्यता मामिलालाई लिएर दिल्लीमा दोस्रो बैठक सम्पन्न
Sikkim

सिक्किमका 12 छुटेका समुदायहरूको जनजाति मान्यता मामिलालाई लिएर दिल्लीमा दोस्रो बैठक सम्पन्न

SA Desk
Last updated: February 11, 2025 8:50 am
SA Desk Published February 11, 2025
Share
SHARE

गान्तोक, 10 फरवरी। सिक्किमका 12 छुटेका समुदायहरूलाई अनुसूचित जनजातिको सूचीमा समावेश गर्न शुरू गरिएको पहलको क्रममा आज नयाँ दिल्लीको सिक्किम हाउसमा सिक्किम राज्य उच्च-स्तरीय समिति (एसएसएचएलसी) को दोस्रो बैठक सम्पन्न भयो। मुख्यमन्त्री प्रेमसिंह तामाङको अध्यक्षतामा बसेको बैठकमा क्याबिनेट मन्त्रीहरू, राज्यसभा र लोकसभा सांसदहरू, विधायकगण र सल्लाहकारहरू, एसएसएचएलसीका अध्यक्ष प्रो. बीवी शर्मा र उपाध्यक्ष प्रो. महेन्द्र पी. लामा, ईआईईसीओएस+1 का अध्यक्ष, विभिन्न सामुदायिक संस्थाका प्रतिनिधिहरू आदि उपस्थित थिए।
मुख्यमन्त्री तामाङले आफ्नो आधिकारिक फेसबुक पेजमा उक्त जानकारी गराएका छन्। उनले आज नयाँ दिल्लीको सिक्किम हाउसमा भएको एसएसएचएलसीको दोस्रो बैठकमा भाग लिएको बताउॅंदै यो महत्त्वपूर्ण बैठक भारतको संविधान अन्तर्गत अनुसूचित जनजाति सूचीमा सिक्किमका 12 छुटेका समुदायहरूलाई समावेश गर्ने सरकारको साझा दृढ संकल्पको साक्षी रहेको बताएका छन्।
मुख्यमन्त्रीले भनेका छन्, ‘यी समुदायहरूको आकांक्षाले सधैं मेरो ह्रदयमा विशेष स्थान राखेको छ। तिनीहरूको मान्यता संवैधानिक अधिकारको विषय हो र तिनीहरूको अद्वितीय सांस्कृतिक पहिचान, सम्पदा र परम्परागत अभ्यासहरूको संरक्षणको लागि पनि आवश्यक छ।’ उनले प्रत्येक समुदायका प्रतिनिधिहरूले प्रस्तुत गरेका विभिन्न स्थिति, संघर्ष र गुनासोहरूको गहिरो बुझाइबाट अवगत बन्ने अवसर प्राप्त भएको बताएका छन्।
मुख्यमन्त्रीले एसएसएचएलसी, समुदायका प्रतिनिधिहरू र विज्ञहरूको अटुट प्रयासहरूको सराहना गर्दै सबैले नै मान्यताको लागि एक व्यापक र राम्रोसँग प्रमाणित दस्तावेज तयार गर्न सावधानीपूर्वक काम गरिरहेको बताएका छन्। उनले सबै सरोकारवालाहरूलाई यो गति कायम राख्न, भारत सरकारले उठाएका महत्वपूर्ण प्रश्नहरूलाई सम्बोधन गर्न र यी समुदायहरूको सांस्कृतिक समृद्धि र ऐतिहासिक महत्त्वलाई व्यापक रूपमा दस्तावेजीकरण गर्न आग्रह गरेका छन्। मुख्यमन्त्रीले समर्पण र दृढताका साथ हामी चुनौतीहरू पार गर्न सक्छौं र यो लामो समयदेखिको आकांक्षा पूरा गर्न सक्छौं भनी विश्वास व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले यस उद्देश्यप्रति आफ्नो व्यक्तिगत प्रतिबद्धताको व्यक्त गर्दै हरेक चरणमा सिक्किम सरकारको अटल समर्थनको वाचा गरेका छन्। उनले एक ऐतिहासिक उपलब्धि हासिल गर्न हाम्रो प्रयासलाई एकजुट गरौं, जसले 12 छुटेका समुदायहरूको जीवनलाई सकारात्मक रूपमा रूपान्तरण गर्नेछ भनी बताएका छन्। मुख्यमन्त्रीले बैठकमा उपस्थित सबै सरोकारवालाहरूलाई उनीहरूको लगनशील काम र प्रतिबद्धताको लागि हार्दिक आभार प्रकट गरेका छन्।

You Might Also Like

मुख्यमन्त्री तामाङले आज केन्द्रिय कृषि मन्त्री चौहान र लोकसभा अध्यक्ष बिरलासॅंग भेट गरे

CM discusses land acquisition and development of roads and highways

7th Convocation Ceremony of NIT Sikkim

SYSS Welcomes Census Notification as Step Toward Limboo-Tamang Seat Reservation

Tree Library at Khechuperi Senior Secondary School

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest NewsreligionUs TodayWorld

पोप फ्रान्सिसको निधनमा सिक्किम सरकारद्वारा तीन दिवसीय राजकीय शोकको घोषणा

Aaron Rai Aaron Rai April 22, 2025
एसकेएमले सत्ताको उन्मादमा चुर भएर सरकार चलाइरहेको सीएपीको आरोप
Tree Library at Khechuperi Senior Secondary School
विधायक दासले विश्व प्रेस स्वतन्त्रता दिवसको बधाई एवं शुभकामना दिए
सिक्किम गलत राजनीतिक प्रवृत्तिको शिकार बनेको छ: गणेश राई
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?