By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    जिल्लापालले 100 प्रतिशत खोप कभरेज हासिल गर्ने महत्त्वमा जोड़ दिए
    June 25, 2026
    भाजपा सिक्किम महिला मोर्चा अध्यक्षले केन्द्रिय मन्त्री अन्नपूर्ण देवीसॅंग भेट गरिन्
    June 25, 2026
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
  • Politics
    PoliticsShow More
    सीएपी विद्यार्थी परिषदले राज्यका विद्यार्थीहरूसँग सम्पर्क र संवाद बढाउने
    June 25, 2026
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किम-दार्जिलिङ एकीकरण सम्भव छैन: भाजपा सिक्किम
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > सिक्किम-दार्जिलिङ एकीकरण सम्भव छैन: भाजपा सिक्किम
Latest NewsPoliticsSikkim

सिक्किम-दार्जिलिङ एकीकरण सम्भव छैन: भाजपा सिक्किम

SA Desk
Last updated: March 6, 2025 3:07 pm
SA Desk Published March 6, 2025
Share
SHARE

गान्तोक, 06 मार्च। प्रदेश भारतीय जनता पार्टी (भाजपा) ले सिक्किम-दार्जिलिङ एकीकरण असम्भव रहेको बताएको छ। अर्कोतिर, सिक्किम-दार्जिलिङ एकीकरणको मुद्दा उठाएर सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका अध्यक्ष पवन चामलिङले आफ्नो खस्किॅंदै गइरहेको राजनीतिक धरातललाई बचाउने प्रयास गरेको प्रदेश भाजपाले ठहर गरेको छ।

पूर्व मुख्यमन्त्री तथा एसडीएफ अध्यक्ष चामलिङले गत 4 मार्च पार्टीको 33औं स्थापना दिवसमा केन्द्र सरकार चाह्यो भने एकै दिनमा सिक्किम-दार्जिलिङ एकीकरण हुनेछ भनेका थिए। चामलिङको उक्त बयानमा प्रतिक्रिया जनाउॅंदै प्रदेश भाजपा प्रवक्ता पासाङ शेर्पाले उक्त कुरा भनेका हुन्।

राजधानीस्थित प्रदेश भाजपाको सिटी अफिसमा आज आयोजित एक पत्रकार सम्मेलनमा प्रवक्ता शेर्पाले एसडीएफ अध्यक्षको उक्त बयानलाई अपरिपक्व ठहर गर्दै भत्सर्ना जनाए। राजनीति गर्न चाहनेहरूले आफ्नो अस्तित्व बचाइराख्न यस्तो बयान दिइरहेको उनले आरोप पनि लगाए। उनले सिक्किम-दार्जिलिङ एकीकरण हुन्छ भन्नु दिनलाई रात भन्नु रहेको र ‘मुंगेरी लाल के हसिन सपने’ बताए।

यस अतिरिक्त, प्रवक्ता शेर्पाले हिजो सिलगढ़ीमा मुख्यमन्त्री प्रेमसिंह तामाङले शिलान्यास गरेको ‘सिक्किम हेल्थ केयर सेन्टर एण्ड गेस्ट हाउस बिल्डिङ’ मा स्टे लगाइएको मुद्दा पनि उठाए। उनले भवन निर्माणको निम्ति शिलान्यास भएको 4-5 घण्टा नबित्दै सिलगढी नगर निगमका मेयरले स्टे लगाइदिएको जानकारी गराए। मुख्यमन्त्रीले शिलान्यास गरेको परियोजनालाई एक मेयरले कसरी रोक लगाइदिए भन्दै उनले सिक्किमको छविमा धक्का पुग्ने काम भएको बताए। उनले निर्माण कार्यमाथि किन रोक लगाइयो, यस विषयमा सम्बन्धित विभागका अधिकारीहरूमाथि जॉंचको माग गरे।

यसैगरी, उनले सिक्किम उर्जा लिमिटेडको पुनर्निनिर्माण र ग्रीनको कम्पनीलाई बिक्री गरिएको मुद्दा उठाउॅंदै सिक्किम सरकारलाई कठघरामा उभ्याए। उनले सम्बन्धित निकायहरूबाट उचित प्रक्रिया अनुसार अनुमति र सरोकारवालाहरूलाई विश्वासमा नलिई उक्त परियोजना फेरि शुरू गर्ने निर्णय लिइएको आरोप लगाए। उनले उक्त विद्युत परियोजनाबाट सिक्किम सरकारले 35 सय करोड़ रूपियॉं पाउनु पर्ने थियो, तर सरकारले ऋण लागेको कुरा गरेर बिक्री गर्ने निर्णय किन लियो भनी प्रश्न गरे।
सामसन तामाङ प्रकरणमाथि बोल्दै उनले सिक्किम उच्च न्यायालयका वर्तमान न्यायाधीशको अध्यक्षतामा आयोग गठन गरेर जॉंच गरिनु पर्ने अडान पुन: दोहोऱ्याए। प्रवक्ता शेर्पाले जनसाधारणमाथि अत्यधिक करको भारी बोकाएर राज्य सरकारले यातना दिइरहेको पनि आरोप लगाए। उनले बिजुलीको बिल, मोटर वाहन, ग्राउण्ड रेन्ट, ल्याण्ड ट्याक्स, फरेस्ट ट्याक्स, साहसिक पर्यटकमाथि अत्यधिक कर लगाएको दाबी गरेका छन्।

Institute for Transforming Sikkim holds coordination meeting for Pakyong District to Strengthen Evidence-Based Policymaking

नाम्चीमा राज्यस्तरीय भलिबल प्रतियोगिता 2025 शुरू

सिङलिङ स्पोर्टि्ङ क्लब र गान्तोक हिमालयन एससीबीच वरिष्ठ महिला फुटबल लिगको उपाधिका लागि भिडन्त हुने

सिक्किममा जनगणना 2027 अभियानको शुभारम्भ

राज्यपालले दिए प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InvestmentLatest NewsOpinionPolitics

सीएपी अध्यक्षले पार्टी नेतृत्वहरूसॅंग प्रथम चरणको रणनीतिक नेतृत्व बैठक पूरा गरे

Aaron Rai Aaron Rai July 7, 2025
एसडीएफ अध्यक्षले पार्टीको नीति र विचारधारालाई जनतामाझ पुर्‍याउन आह्वान गरे
New State Information Commissioner of Sikkim sworn in
उच्च-उचाइका हिमनदी तालहरूको अध्ययन अभियान समाप्त
Training on Digital Census 2027 begins at DAC Gangtok
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?