By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
    October 7, 2026
    Latest News
    जनगणना २०२७: जनसङ्ख्या गणनाका लागि मुख्य प्रशिक्षकहरूको तालिम शुरु
    October 26, 2026
    प्रिस्का अधिकारी ‘जुनियरः द पोएट आइडल’ को फाइनलमा
    October 20, 2026
    दुष्यन्त कुमार गौतमले सिक्किमका २१औँ राज्यपालका रूपमा लिए शपथ
    October 20, 2026
    सिक्किमका नवनियुक्त राज्यपाल दुष्यन्त कुमार गौतम गान्तोक आइपुगे
    October 18, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एलपीजी आपूर्ति प्रणालीलाई बलियो र भरपर्दो वितरण प्रणाली बनाउन सुधार आवश्यक: भोजराज राई
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > एलपीजी आपूर्ति प्रणालीलाई बलियो र भरपर्दो वितरण प्रणाली बनाउन सुधार आवश्यक: भोजराज राई
Sikkim

एलपीजी आपूर्ति प्रणालीलाई बलियो र भरपर्दो वितरण प्रणाली बनाउन सुधार आवश्यक: भोजराज राई

SA Desk
Last updated: March 7, 2025 7:24 pm
SA Desk Published March 7, 2025
Share
SHARE

गान्तोक, 07 मार्च। राज्य खाद्य तथा नागरिक आपूर्ति विभागका मन्त्री भोजराज राईले बिहिवार राजधानीको टाशीलिङ सचिवालयमा राज्यका सबै 6 जिल्लाका खाद्य तथा नागरिक आपूर्ति विभाग, एलपीजी वितरकहरू र पेट्रोलियम पम्प डिलरहरूसॅंग आयोजित बैठकको अध्यक्षता गरे। बैठकमा खाद्य तथा नागरिक आपूर्ति विभागका सचिव-प्रभारी तेन्जिङ टी. काल्योन, एसटीसीएसका एमडी टार्जन सुब्बा, विधिक माप विज्ञान एकाई एवं उपभोक्ता संरक्षण प्रकोष्ठ र एसटीसीएसका वरिष्ठ अधिकारीहरू उपस्थित थिए।
उक्त बैठक गत 25 फरवरीका दिन एलपीजी, डिजल र पेट्रोलसँग सम्बन्धित विषयहरूलाई सम्बोधन गर्न आईओसीएल, एचपीसीएल र बीपीसीएलका तेल मार्केटिङ कम्पनीहरूसँग आयोजित समन्वय बैठकको निरन्तरता रहेको विज्ञप्तिमा उल्लेख छ।
बैठकमा मन्त्रीले राज्यको एलपीजी आपूर्ति प्रणालीलाई बलियो र भरपर्दो वितरण प्रणाली बनाउन सुधार आवश्यक रहेको बताए। यस सन्दर्भमा उनले सबै एलपीजी वितरकहरूलाई बिक्री गर्नुअघि ग्राहकहरूलाई एलपीजी सिलिन्डर रिफिलको तौल प्रदर्शन गर्न, तेल कम्पनीले सूचित गरेको दर मात्र लिन र सबै शुल्कहरूको लागि विस्तृत नगद मेमो जारी गर्न निर्देश दिए।
उनले अवैध आप्रवासीहरूका कारण एलपीजीको बढ्दो कालोबजार मागमा योगदान पुर्‍याइरहेको बताउॅंदै वितरकहरूलाई यस्तो अवैध बिक्री तुरुन्तै बन्द गर्न निर्देश दिए। कालोबजारीले अभावलाई बढाउँछ र वैध बासिन्दाहरूलाई आवश्यक आपूर्तिहरू पहुँच गर्न गाह्रो बनाउँछ भनी बताए। यसैगरी, उनले आगामी मनसुन मौसमलाई ध्यानमा राख्दै एलपीजी र पेट्रोलियमको पर्याप्त स्टक सुनिश्चित गर्न सरोकारवालाहरूलाई निर्देश दिए।
बैठकमा सबै एलपीजी वितरकहरूलाई सिङ्गल बटल कनेक्शनलाई डबल बटल कनेक्शनमा रूपान्तरणलाई सक्रिय रूपमा प्रवर्द्धन गर्न निर्देश दिइएको छ। ग्राहकहरूलाई दुईवटा सिलिन्डर उपलब्ध गराउनु पर्ने र यसले मनसुन अवधिमा सम्भावित आपूर्ति अवरोधहरूको प्रभावलाई कम गर्न मद्दत गर्ने बताइयो।
यसैगरी, राज्यका मुख्यमन्त्रीको विचार अनुरूप मन्त्री राईले सबै पेट्रोल पम्प डिलरहरूलाई पुरुष र महिला दुवैका लागि स्वच्छ शौचालय र ग्राहकहरूका लागि सफा पानीको व्यवस्था सुनिश्चित गर्न निर्देश दिए। उनले एलपीजी वितरक र पेट्रोल पम्प डिलरहरूले सरकारको निर्देशन पालना नगरेमा कारबाहीको कडा चेताउनी पनि दिएका छन्।

CM inaugurates upgraded Mangan Public Ground and allied facilities

राज्यपाल स्वर्ण कप २०२६ को उपाधि शिलङ लाजोङ एफसीलाई, सिक्किम आक्रमण ५-२ गोलले पराजित

‘गोल्डन पेगोडा म्याराथन 2025’ मा भाग लिन सिक्किमका धावकहरू पुगे अरुणाचल प्रदेश

युक्सोममा ६२ परिवार भाजपामा सामेल भएको दाबी

पोकलोक-कामराङका ४४५ आमालाई आमा सशक्तीकरण योजनाको चेक वितरण

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
BrandingLatest NewsNational

7th Sarathi Samman Diwas Celebrates Drivers’ Contributions

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 28, 2025
राज्यपालले काग्येद नृत्यको सिक्किमवासीलाई हार्दिक शुभकामना दिए
एसकेएम नारी शक्तिको नाम्ची जिल्लास्तरीय समन्वय बैठक सम्पन्न
कञ्चनजङ्घा पर्वतको आरोहणलाई लिएर सिक्किम सरकारको स्पष्टीकरण
CM Distributes Aama Sashaktikaran Aid to Rhenock Beneficiaries
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?